Wednesday, 04 Dec, 2024
krishi-suchana-1732709378.png

खेल

चित्लाङका कराँते खेलाडीहरु सात स्वर्ण सहित जिल्ला च्याम्पियन

FB_IMG_1732369388395-1732371148.jpg

मकवानपुर जिल्ला कराँते महासंघको आयोजनामा हेटौंडामा भएको जिल्ला स्तरीय कराँते च्याम्पियनसिप  प्रतियोगितामा थाहा नगरपालिका चित्लाङका खेलाडिहरुले ७ स्वर्ण पदक सहित प्रतियोगितामा टिम च्याम्पियन हुँदै उपाधी उचालेको छ।
थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानले दिएको जानकारी अनुसार थाहाका खेलाडिहरुले सात स्वर्ण,तीन  रजत र एक कास्य पदक सहित जिल्ला प्रथम हुन सफल भएको हो।
प्रतियोगितामा चित्लाङका खेलाडिहरु भुमिका बलामीले महिला काँता तर्फ स्वर्ण पदक हात पारिन भने पुरुष तर्फ इनेश बलामीले एक कास्य पदक प्राप्त गरे तेसैगरी फाइट तर्फ भुमिका बलामीले कास्य,इनेश बलामी स्वर्ण,करुण गमाल स्वर्ण,अर्जुन गमाल स्वर्ण,सलिम गमाल स्वर्ण,राज ब्लोन स्वर्ण,निरज योन्जन स्वर्ण,प्राप्त गर्दा सुशील रुम्बा,सौरभ जिम्बा र संगिता मोक्तानले रजत पदक प्राप्त गरे ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी मिना कृष्ण महर्जनले पुरस्कार प्रदान गरेका थिए।
जिल्ला कराँते महासंघको आयोजनामा भएको प्रतियोगितामा  पेमा लामाको अध्यक्षता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडी थाहाकै करुण गमाल हुन सफल भएका थिए ।
प्रतियोगितामा बिजयी खेलाडी तथा प्रशिक्षक द्वय रोशन बलामी र सम्राट बलामीलाइ नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानले बधाई तथा शुभकामना दिएका थिए।

FB_IMG_1732369385379-1732371148.jpg
khanepani-1727872240.gif
degu-1728178833.jpg

world-link-1690434568.jpg
अपर मादी खोला आयोजना निर्माणका लागि ६ वटा बैंक र अन्नपूर्ण पावर कम्पनीबीच लगानी सम्झौता
1733236707850-1733236824.jpg

कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी–० खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका...

थाहामा मनाइयो ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
FB_IMG_1733228977663-1733228990.jpg

डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइने गरिन्छ । यसलाई अन्तर्राष्ट्रिय...

कीर्तिपुरमा एमाले बन्यो तेस्रो,
FB_IMG_1733121882303-1733155957.jpg

यसअघि कांग्रेसले जितेको ठाउँमा आफू विजयी हुने लक्ष्यका साथ कीर्तिपुरमा खडा भएको नेकपा एमालेले तेस्रो स्थानमा...

चित्लाङ थानकोट सडक स्तरोन्नतिको लागि सांसद सहितको टोलि अर्थ मन्त्रालयमा
FB_IMG_1733144960663-1733144985.jpg

काठमाडाैंबाट हेटाैडा पुग्ने प्रमुख सहायक मार्ग गणेशमानसिंह मार्ग (थानकोट-चन्द्रागिरि-चित्लाङ सडक)को...

उपनिर्वाचन बाट उत्साहित माओवादी, निराशामा कांग्रेस, एमाले र रास्वपा
FB_IMG_1733121882303-1733144289.jpg

मतपरिणामबाट माओवादी केन्द्रबाहेक अरु दलहरू सन्तुष्ट छैनन् । माओवादीले  सम्मानजनक मत लिएर आएको छ । ४४ स्थानमा...

हेटौंडामा दलितलाई मन्दिर प्रवेशमा रोक लगाउनेलाई कारवाहीको माग
img_1733061947534_1-1733062122.jpg

सुरेन यात्री/ थाहा नगर मकवानपुर जिल्लाको हेटौंडा ८ कमाने स्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको...

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापन,नगर भित्र विभिन्न योगदान दिएकालाई सम्मान
FB_IMG_1732983573712-1732983827.jpg

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको आज औपचारिक समापन गरिएको छ। पालुङ जेसीजको सभाहलमा १५ मंसिर शनिबार एक...

जेसीज कपको उपाधी थाहा नगरपालिका लाई
FB_IMG_1732978665878-1732978678.jpg

पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको जेसीज कप मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि...

नेपाल हृदयरोग प्रतिष्ठान थाहा इकाईको दोस्रो साधारणसभा सम्पन्न
FB_IMG_1732977159672-1732977599.jpg

नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर इकाईको दोस्रो वार्षिक साधारणसभा शिखरकोटको बिकास घरमा सम्पन्न भएको...