Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

गाउँभरि दुहुना भैंसी, मासिक २ लाख आम्दानी

कुमार नेगी
थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसानहरु भैंसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैंसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले ४ प्रतिशत सहजुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैंसी किनेका छन् । २५ घरधुरी रहेको गाउँमा ज्येष्ठ नागरिकहरुले नेतृत्व गरेका बाहेक सबैले करिब रु. डेढ लाख बराबरका दुहुनु भैंसी किनेर व्यवसायिक रुपमा दूध विक्री गर्न थालेका छन् ।

पहिले भैंसीको दूध खान बजार पुग्नु पर्ने अवस्था रहेकोमा अहिले घरघरै दुहुनु भैंसी भएपछि कृषकहरुलाई दहीमहीको समेत दुःख छैन । गाउँका २० वटा भैंसीबाट दैनिक करिब १०० लिटर दूध विक्री हुन थालेको स्थानीय सयपत्री कृषि तथा पशुपालन समूहका अध्यक्ष क्षेत्र बहादुरआलेमगरले बताउनु भयो । मगरका अनुसार दूध खरिद गर्न स्थानीय व्यापारी अटोगाडी लिएर घरघरमै पुग्छन् । भैंसीको दूध प्रतिलिटर रु. ६० देखि रु. ७० सम्म विक्री हुने गरेको कृषकहरुको भनाइ रहेको छ । दूध विक्रीबाट गाउँमा मासिकरुपमा करिब रु. २ लाख भित्रिने गरेको कृषक कृष्णबहादुर आलेमगरले बताउनुभयो ।  

तरकारी खेती, फलफूल खेती, बाख्रापालन, कुखुरापालन, मौरीपालन लगायत जुनसुकै कृषिकर्म अपनाए पनि व्यवसायिक रुपमा गर्ने गरेका जगडाँडाका कृषकहरुको मेहनत देखेर थाहा नगरपालिकाले सो गाउँमा व्यवसायिक भैंसी पालनका लागि १० लाख रुपिया विनियोजन गरेको थियो । कृषकहरुको लगानी र कृषि विकास बैंकको ऋणसहित करिब ३० लाख रुपियाको दुहुनु भैंसी गाउँमा भित्रिएको स्थानीय समाजसेवी एवम् कृषक प्रेमबहादुर आलेमगरले बताउनु भयो ।

कृषकहरुले छिमेकी धादिङ जिल्लाको धार्के क्षेत्रबाट आफैले छानी छानी भैंसी किनेर ल्याएका हुन् । नयाँ व्यवसायको रुपमा कृषकहरु भैंसीपालनतर्फ आकर्षित भएपछि अब उनीहरुलाई व्यवसायिक तालिमको आवश्यकता रहेको थाहा नगरपालिका पशु सेवा शाखाका प्रमुख रुपेशकुमार मिश्रले बताउनु भयो । उहाँले एक÷एक जना गोठालोसहित सबै भैंसीहरुको पशुविमा गरिएको पनि जानकारी दिनुभयो । भैंसीहरुको पशुविमा नगरपालिकाले नै गरिदिएको हो ।

नगरपालिका कार्यालयको सहजीकरण र सहयोगमा कृषकहरुको गोठगोठमा दुहुनु भैंसी भित्रिएपछि अहिले स्थानीय कृषकहरुको दिनचर्या फेरिएको छ । उत्पादित दूध सहजरुपमा विक्री हुन थालेपछि बजारको समस्या नरहेको र भैंसीको स्याहारमै दिन वित्ने गरेको कृषकहरु बताउँछन् ।

चालु आर्थिक वर्षको शुरुमै जगडाँडालाई भैंसीको पकेट क्षेत्र बनाउन सफल भएकोमा अब कृषकहरुलाई भैंसीपालन व्यवसायमा कसरी ‘भ्यालु एड’ गर्न सकिन्छ भनेर सोचिरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । आगामी वर्ष पशु सेवा शाखार्मात् थप तालिम, गोठ सुधार तथा पौष्टिक आहार व्यवस्थापनका कार्यक्रमहरु संचालन गरिने उहाँले बताउनु भयो ।  अहिले दुई फेस लाइनबाट विद्युतीकरण भएको गाउँमा तीन फेस लाइनबाट विद्युत पु¥याउन सके आगामी दिनमा गाउँमै दूग्ध चिस्यान केन्द्र स्थापना गर्ने तयारी रहेको पशु सेवा शाखाले जनाएको छ ।  कार्यालयले कृषकहरुलाई भैंसीका लागि दाना तयार पार्न प्रयोग गरिने औजार(च्यापकटर)  पनि उपलब्ध गराउने योजना बनाएको छ । प्रजनन्को लागि नगरपालिकाकै सहयोगमा कृत्रिम गर्भाधान गराइने कार्यालयले जनाएको छ ।

दुहुनु भैंसीबाट ५–६ महिना पछि विस्तारै दूध कम हुन थाल्ने र छोड्ने भएकोले बाँकी समयमा आयआर्जनको व्यवस्था गर्न कृषकहरुले भैंसीसँगै बाख्रा पालन व्यवसायलाई पनि अघि बढाउने भएका छन् । कृषकहरुले गठन गरेको सयपत्री कृषि तथा पशुपालन समूहले बुधबार उन्नत बोयर जातको व्याडको बोका समेत खरिद गरेको छ । ‘भैंसीको दूध नहुने समयमा खसी–बोका विक्री गरेर आम्दानी लिने योजना छ’ समूहका अध्यक्ष मगरले भन्नुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg