Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

गरीखाने बर्गलाई उत्पादन सङ जोड्नु छ:-नगर प्रमुख आदर्श ।

IMG_20220612_122559_934-1655046272.jpg

खेती,किसानी र कृषि कर्म गर्न लाज मान्ने तर बेरोजगार छु भनेर चिन्ता लिने शैक्षिक बेरोजगारहरु अहिलेको मुख्य समस्या रहेको र यस्लाइ ब्यबस्थापन कसरी गर्ने?भन्नेमा नगरपालिका चिन्तित रहेको नगर प्रमुख बिष्णु बिष्ट आदर्शले बताउनुभयको छ।जेठ २९ आइतबार थाहा नगरको १२ न वडा जगडाडामा थाहा नगर पशुसेवा शाखा र लघु उद्यम बिकास शाखाले आयोजना गरेको सात दिने दुग्ध उत्पादन तथा दुग्ध पदार्थबाट बन्ने परिकार बनाउने तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख बिष्टले सोकुरा बताउनु भएको हो।नगर प्रमुख बिष्टले नगरपालिकाको आधार नै कृषि ,पर्यटन भएकोले यस्ता खाले कृषि ,पशु उद्यम व्यावसाय संचालन गर्न युवाहरूलाई प्रोत्साहन गर्न प्राथमिकताका साथ विभिन्न अनुदान तथा तालिमको ब्यबस्था गरेको बताउदै जगडाडाका दुग्ध कृषकहरुले दुग्ध पदार्थ बाट उत्पादित बस्तुलाइ ब्यबस्थित बजारीकरण गर्न तत्कालको आबश्यकता रहेको बताउदै यसको लागि नगरले यथोचित तवरले सम्बोधन गर्ने बताउदै थाहाका सबै कामगरिखाने बर्गलाइ उत्पादन सङ जोड्दै रोजगारीको श्रीजना गर्नुनै नगरको लक्ष रहेको बताउनुभयो।
तेसै गरि समापन समारोहमा आफ्नो मन्तव्य राख्दै थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले जगडाडाका किसानलाई भैंसी अनुदानमा दिई एस क्षेत्रलाई भैंसी पालन पकेट क्षेत्र घोषणा गर्दा आफुले यत्तिको प्रगतिको आश नगरेको बताउदै आज आएर राम्रो काम गरियछ भन्ने आभास भएको भन्दै ,नगरलाई अब यहाँका दुग्ध किसानले उत्पादन गरेकी बस्तु बजारीकरण गर्न चिन्ता बढेको बताउदै ,सिकेको सिपलाइ कार्यान्वयनमा जोड दिन आग्रह गर्दै सहभागीहरु लाई शुभकामना दिनुभयो।
तेसै गरि वडा न ११ का निवर्तमान वडा अध्यक्ष किरणमान बलले यस्ता तालिमपछि किसानको भबिस्य बदलिने भन्दै,दुधजन्य परिकारको बजार अन्तर्राष्ट्रिय स्तर सम्म भएकोले जगडाडा लाई  पनि,मिठाइँ ब्यबसायबाटै चिनाउन सकिने हुदा ब्याबसायिकरण नहुदा तालिमको औचित्य नहुने बताउदै जगडाडा को मिठाइँ भनेर चर्चित बनाउने अभिभारा यहिको किसानको काधमा रहेको बताउदै होमस्टे समेत चलाउन सकिने बताउनुभयो।
तालिममा सहभागीता जनायका सहभागीहरुले उद्योग खोल्न नगरपालिकाले सहयोग गर्नुपर्ने ,दुध संकलन सहज बनाउन सडक स्तरोन्नति तथा संकलन गर्न चिस्यान केन्द्र र बजारको उचित ब्यबस्था पुरा भए ब्यबसाय गर्न प्रतिबद्ध रहेको बतायका थिय।
समारोहमा थाहा नगर पशुसेवा प्रमुख राघवेन्द्र मिश्र ,कृषि शाखा प्रमुख सन्जय तिवारी ,प्रशिक्षक जयराम गिरी,वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तान,लघु उद्यम थाहा नगरकी सहजकर्ता दिक्षा पाण्डे ,थाहा नगर जेष्ठ नागरिक संजालका उपाध्यक्ष प्रेम बहादुर आलेमगर,डाडिघाट वर्ण शंकर बाख्रा प्रजनन फर्मका पङ्गल तामाङ्ग,लगायतकाले तालिममा सहभागी हरुलाइ शुभकामना दियका थिय।
सयपत्री कृषि तथा पशुपक्षि कृषक समुहका अध्यक्ष क्षेत्र बहादुर आलेमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।थाहा नगरको पशु बिकास शाखा र लघु उद्यम बिकास शाखाको आर्थिक सहयोगमा ७ दिन सम्म चलेको मिठाइँ बनाउने तालिममा ३२ जना दुग्ध किसानको सहभागिता रहेको थियो भने तालिममा सहभागीहरुले पनिर,खुवा,लालमोहन,बर्फी,पेडा,रवडी,कुल्फी,रसवरी,दहि,परिकार बनाउन सिकेका छन।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220612_112213_654-1655046321.jpg
Screenshot_20220612-20480-1655046321.png
IMG_20220612_120734_551-1655046366.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...