pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

गरीखाने बर्गलाई उत्पादन सङ जोड्नु छ:-नगर प्रमुख आदर्श ।

IMG_20220612_122559_934-1655046272.jpg

खेती,किसानी र कृषि कर्म गर्न लाज मान्ने तर बेरोजगार छु भनेर चिन्ता लिने शैक्षिक बेरोजगारहरु अहिलेको मुख्य समस्या रहेको र यस्लाइ ब्यबस्थापन कसरी गर्ने?भन्नेमा नगरपालिका चिन्तित रहेको नगर प्रमुख बिष्णु बिष्ट आदर्शले बताउनुभयको छ।जेठ २९ आइतबार थाहा नगरको १२ न वडा जगडाडामा थाहा नगर पशुसेवा शाखा र लघु उद्यम बिकास शाखाले आयोजना गरेको सात दिने दुग्ध उत्पादन तथा दुग्ध पदार्थबाट बन्ने परिकार बनाउने तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख बिष्टले सोकुरा बताउनु भएको हो।नगर प्रमुख बिष्टले नगरपालिकाको आधार नै कृषि ,पर्यटन भएकोले यस्ता खाले कृषि ,पशु उद्यम व्यावसाय संचालन गर्न युवाहरूलाई प्रोत्साहन गर्न प्राथमिकताका साथ विभिन्न अनुदान तथा तालिमको ब्यबस्था गरेको बताउदै जगडाडाका दुग्ध कृषकहरुले दुग्ध पदार्थ बाट उत्पादित बस्तुलाइ ब्यबस्थित बजारीकरण गर्न तत्कालको आबश्यकता रहेको बताउदै यसको लागि नगरले यथोचित तवरले सम्बोधन गर्ने बताउदै थाहाका सबै कामगरिखाने बर्गलाइ उत्पादन सङ जोड्दै रोजगारीको श्रीजना गर्नुनै नगरको लक्ष रहेको बताउनुभयो।
तेसै गरि समापन समारोहमा आफ्नो मन्तव्य राख्दै थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले जगडाडाका किसानलाई भैंसी अनुदानमा दिई एस क्षेत्रलाई भैंसी पालन पकेट क्षेत्र घोषणा गर्दा आफुले यत्तिको प्रगतिको आश नगरेको बताउदै आज आएर राम्रो काम गरियछ भन्ने आभास भएको भन्दै ,नगरलाई अब यहाँका दुग्ध किसानले उत्पादन गरेकी बस्तु बजारीकरण गर्न चिन्ता बढेको बताउदै ,सिकेको सिपलाइ कार्यान्वयनमा जोड दिन आग्रह गर्दै सहभागीहरु लाई शुभकामना दिनुभयो।
तेसै गरि वडा न ११ का निवर्तमान वडा अध्यक्ष किरणमान बलले यस्ता तालिमपछि किसानको भबिस्य बदलिने भन्दै,दुधजन्य परिकारको बजार अन्तर्राष्ट्रिय स्तर सम्म भएकोले जगडाडा लाई  पनि,मिठाइँ ब्यबसायबाटै चिनाउन सकिने हुदा ब्याबसायिकरण नहुदा तालिमको औचित्य नहुने बताउदै जगडाडा को मिठाइँ भनेर चर्चित बनाउने अभिभारा यहिको किसानको काधमा रहेको बताउदै होमस्टे समेत चलाउन सकिने बताउनुभयो।
तालिममा सहभागीता जनायका सहभागीहरुले उद्योग खोल्न नगरपालिकाले सहयोग गर्नुपर्ने ,दुध संकलन सहज बनाउन सडक स्तरोन्नति तथा संकलन गर्न चिस्यान केन्द्र र बजारको उचित ब्यबस्था पुरा भए ब्यबसाय गर्न प्रतिबद्ध रहेको बतायका थिय।
समारोहमा थाहा नगर पशुसेवा प्रमुख राघवेन्द्र मिश्र ,कृषि शाखा प्रमुख सन्जय तिवारी ,प्रशिक्षक जयराम गिरी,वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तान,लघु उद्यम थाहा नगरकी सहजकर्ता दिक्षा पाण्डे ,थाहा नगर जेष्ठ नागरिक संजालका उपाध्यक्ष प्रेम बहादुर आलेमगर,डाडिघाट वर्ण शंकर बाख्रा प्रजनन फर्मका पङ्गल तामाङ्ग,लगायतकाले तालिममा सहभागी हरुलाइ शुभकामना दियका थिय।
सयपत्री कृषि तथा पशुपक्षि कृषक समुहका अध्यक्ष क्षेत्र बहादुर आलेमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।थाहा नगरको पशु बिकास शाखा र लघु उद्यम बिकास शाखाको आर्थिक सहयोगमा ७ दिन सम्म चलेको मिठाइँ बनाउने तालिममा ३२ जना दुग्ध किसानको सहभागिता रहेको थियो भने तालिममा सहभागीहरुले पनिर,खुवा,लालमोहन,बर्फी,पेडा,रवडी,कुल्फी,रसवरी,दहि,परिकार बनाउन सिकेका छन।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220612_112213_654-1655046321.jpg
Screenshot_20220612-20480-1655046321.png
IMG_20220612_120734_551-1655046366.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg