udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

जीवनशैली

खैजडी भजन संरक्षणमा जुट्दै थाहा ४ किटेनीका महिला

CamScanner-०४-०३-1680542578.jpg

थाहा खैजडी भजन समुहले थाहा ४ किटेनीका महिला हरुलाइ गत फागुन २ गते देखि निरन्तर दिइरहेको खैजडी भजन तथा बाद्यबाधन प्रशिक्षणको चैत २० गते तालिमको समापन गरेका छन।
लोप हुँदै गैरहेको धार्मिक कार्यमा गाइरहने खैजडी भजनलाई नयाँ पुस्ताका युवा हरुले चासो दिन छाडेपछि खैजेडी भजन समुहले महिला हरुलाइ खैजडी बजाउन र भजन लय हालेर गाउन सिकाएका हुन।
थाहा खैजडी भजन समुहका सुकदेव रायमाझी ,भिमसेन खत्री,कृष्ण बहादुर अधिकारी ,चन्द्र बहादुर कार्की,मधु केसी,बासुदेव खत्री र अक्कल बहादुर केसीको टिमले बिगत ४५ दिन देखि किटेनीका २५ जना महिला हरुलाइ खैजडी भजनको प्रशिक्षण दिदै आइरहेको थियो।
थाहा खैजडी भजन महिला समूह नामै दियर महिलाहरुले बिगत ४५ दिनदेखी निरन्तर भजनको अभ्यास गरिरहेका थिय।
किटेनीको घलेडाडामा अवस्थित किरातेश्वर महादेव मन्दिरको पाटिमा निरन्तर अभ्यासमा जुटिरहेका महिला हरुको अथक परिश्रमपछि चैत २० गते एक औपचारिक कार्यक्रमको आयोजना गरि भजन प्रशिक्षणको समापन गरियको छ।
थाहा खैजडी भजन समुहका अध्यक्ष भिमसेन खत्रीको  सभापतित्वमा सम्पन्न समापन समारोहका प्रमुख अतिथी समेत रहेका थाहा नगरपालिकाका उपरमुख भरत गोपालीले महिला हरुको भजन प्रस्तुतिमा आफै खैजडी बजाउदै नाच्दै भने " महिला दिदी बहिनिको धर्म सस्कृती जगेर्नाको यो कार्यले  थाहा नगरले  नयाँ पहिचान पाएको बताए।
उपप्रमुख गोपालीले थाहा नगरपालिका भन्ने बित्तिकै ऋषेश्वर महादेव ,गोरखनाथ,चित्लाङ,दामन भनेर चिनिन्थ्यो अब अर्को चिनारी महिला खैजडी भजन तेस्तै चिनारी बनेर थपिएको बताए उनले महिलाहरुको यश कार्यको जति प्रसंसा गरेपनी नपुग्ने बताउदै धर्म संस्कृति संरक्षणमा थाहानगर सदैव हातेमालो गरेर अगाडि बढ्ने र नगरपालिका बाट र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गरिरहने बताउनुभयो।
समापन समारोहमा थाहा नगर वडा न ४ का अध्यक्ष नारायण लामा,३ का हिरेन्द्र रायमाझी ,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,उद्योग वाणिज्य संघ थाहा नगरका महासचिव सुरेन्द्रमान प्रधान,नेपाली कांग्रेस नगर उपसभापति नवराज कार्की ,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा,नेकपा एमाले४न वडा कमिटी अध्यक्ष रामराजा केसी,किरातेश्वर जेष्ठ नागरिक मिलनकेन्द्रका निरन्जन अधिकारी,सिताराम दिवासेवा केन्द्रका अध्यक्ष ईश्वर कार्की ,फरकसोचका संयोजक यादव रायमाझी, पुर्व जनप्रतिनिधि राजेश केसी, लगायतका उपस्थिति रहेको थियो।
समापन समारोहकै अवसर पारेर प्रशिक्षणमा सहभागी महिला हरुलाइ प्रमाणपत्र समेत प्रदान गरियको थियो भने प्रशिक्षक हरुलाइ सम्मानपत्र द्वारा सम्मानित गरियको थियो ।
महिला भजन समुहलाई दामन बालुवा प्रसोधन केन्द्र किटेनीले २२ थान साडी,रघुराम केसीले गुन्यु चोली ,नेपाली कांग्रेस ४ न वडा कमिटीले खैजडी राख्ने झोला,र थाहा नगर ४ न वडा कार्यालयले प्रमाणपत्र तथा व्यानर सहयोग गरेको थियो।


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...