pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

को हुन?बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेल

salik_l0P0vqshmi-1673272799.jpg

२०३० साल भदौमा धादिङको साविक किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मेका शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । उनी यसअघि डोरमणि पौडेलको नेतृत्वमा गठित प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका जम्कट्टेल २०५२ सालमा ललितपुरको आइरन उद्योगमा काम गर्दै गर्दा मजदुर आन्दोलनमा सहभागी भए । सोही बखत उनी माओवादी केन्द्रमा जोडिन पुगे । औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै उनी केन्द्रीय कोषाध्यक्षसमेत भए । गजुरीको आदर्श माध्यमिक विद्यालयबाट एसएलसी अध्ययन गरेका उनले बी.ए., बी.एल.सम्मको अध्ययन गरेका छन् । उनी २०५२ सालमा माओवादी जनयुद्धमा होमिएका थिए । त्यस यता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए । मजदुर संगठनको नेतृत्वमा आएपछि उनी राजनीतिक उचाइमा पुगेका थिए । उनी २०६३ मा पुनःस्थापित संसद्को अन्तरिम विधायक भएका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका उनी २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने पराजित हुन पुगे । उनी २०७३ मा माओवादी केन्द्रको धादिङ जिल्ला अध्यक्ष भए । देश संघीयतामा गएपछि पहिलो पटक २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङ–१ (२) बाट उनी प्रदेश सांसद बनेका थिए । उनी २०७४ सालमा पहिलो पटक प्रदेशको मन्त्री बने । ३ वर्ष मन्त्री बनेका जम्कट्टेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि २०७७ पुस १० गते मन्त्री पदबाट राजीनामा दिएका थिए । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काउने फैसला गरेपछि उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेतामा चयन भए । एमाले विभाजनपछि बनेको राजनीतिक समीकरणमा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा प्रदेशको मुख्यमन्त्रीका दाबेदारको रुपमा उनी प्रस्तुत भए पनि गठबन्धनमा भागबण्डा हुँदा मुख्यमन्त्री पद एकीकृत समाजवादीले लियो । एकीकृत समाजवादीबाट राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बन्दा जम्कट्टेलले १४ महिना प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाए । उनले एक वर्ष २ महिनादेखि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हाले । उनी २०७९ मंसिर ४ मा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भएका थिए । जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं धादिङ जिल्ला इन्चार्ज हुन् । रातोपाटी बाट,

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg