Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

कृषि पर्यटन र पुर्वाधारको योजनावद्ध विकास समृद्ध थाहा नगरको आधारः
-:लवशेर बिष्ट

२०२८ सालमा थाहा नगरपालिका ३ घर्तिखोलामा जन्मनु भएका लवशेर विष्ट थाहा नगरपालिकाको पहिलो निर्वाचित मेयर बन्न सफल हुनुभएको छ । २०४९ सालमा ‘थाहा आन्दोलन’का प्रणेता दिवंगत रुपचन्द्र विष्टको जनमुखी राजनिति र थाहा दर्शन अभियानबाट संयुक्त जनमोर्चा नेपालको विभिन्न जिम्मेवारी बहन गर्दै हाल एनेकपा माओवादी जिल्ला सदस्य ।  स्वर्गीय रुपचन्द्र बिष्टको प्रभावबाट राजनितीमा लाग्नु भएका विष्ट अहिलेको अवस्थासम्म आईपुग्नुको श्रेय स्वर्गीय पिता बासुदेव बिष्टलाई दिनु हुन्छ । शान्त, सालिन र मिलनसार व्यक्तित्वको परिचय स्थापितगर्न सफल विष्टले यस अघि निर्माण व्यबसायी संघ सचिव, निर्वाचित राष्टिूय महादिवेसन प्रतिनिधि, मकवानपुर उद्योग बाणिज्य संघ कार्यसमितिमा सदस्यहुंदै उपाध्यक्ष गरि तिन कार्यकाल सफल जिम्मेवारी बहन गरिसक्नु भएको छ । मकवानपुर जिल्लाको बिभिन्न क्षेत्रमा सक्रिय बिष्ट हेटौंडामा पनि त्यत्तिकै लोकप्रिय हुनुहुन्छ । समृद्ध थाहानगरको परिकल्पना आफ्नो प्रमूख लक्ष्य मान्ने विष्टले थाहापाटी र जनमुखी साप्ताहिक सँग गर्नु भएको कुराकानी । 


    – थाहा नगरपालिकाको प्रथम मेयर, थाहानगरलाई कसरी हाँक्दै हुनुहुन्छ ?
हामीले प्रथम पटक बजेट विनियोजीत गरी हरेक वडाहरुमा भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य, पर्यटन, लक्षित तर्फको बजेट सबै कार्यान्वयनको चरणमा रहेको हुँदा वडाका वडा अध्यक्ष, तथा सदस्यज्यूहरु र नगापालिकाको कर्मचारी सहित उक्त बजेटलाई हिजोको भन्दा पारदर्शी जनसहभागिता मुलक, ढंगले अधिकतम उपलब्धि हांसिल हुने ढंगले कार्यक्रम सम्पन्न गर्न दत्तचित्तको साथ सबै निकायहरु (वडा देखि नगरपालिकासम्म) रात दिन नभनि खटिरहेको अवस्था छ । 

    –थाहानगरको पहिलो निर्वाचित मेयर हुनुभयो निर्वाचन अघि जनतासामु गरेका प्रतिवद्धता कति पूरा गर्नु भयो ?
  निर्वाचित भएका बखत गरिएका बाचाहरु मैले अघि माथीकै प्रश्नमा भनिसकें तीनै योजनाहरु कार्यान्वयन हुने चरणमा रहेको जानकारी गराउन चाहन्छु र  गरिएका प्रतिवद्घताहरु एकै बर्षमा पुरा हुने पक्कै होइनन् । हामीले पाँच बर्ष आफ्नो कार्यकाल भित्र गरिएका प्रतिवद्घताहरु पुरागर्ने कुराको हुने विश्वास लिाउन चाहान्छु ।

    –समृद्ध थाहा नगरकालागि तपाईको कार्यकालको सम्झनलायक बनाउनके के सोच्नु भएको छ ?
  थाहा नगपालिका भर्खरै बनेको नयाँ नगरपालिका भएको हुँदा सबै क्षेत्रहरु जस्तै कृषि, पर्यटन, भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रमा थुप्रै समस्याहरु रहेको कुरा सर्बविधितै छ । यीनै क्षेत्रहरुमा गरिएका जुनसुकै काम पनि नयाँ र सम्झन लायक हुने कुरा रहने हुँदा मेरो कार्यकालमा मलाई लाग्छ थुप्रै सम्झन लायक कार्यहरु सम्पन्न हुने छन । जस्तै कोल्ड स्टोर निर्माणको निमित्त थाहा नगरपालिकामा रहेका स्थानिय सरकार, स्थानिय सहकारीहरु, च्वाइस नेपालको र केन्द्रिय सरकारको संयुक्त लगानिमा यसै बर्ष निर्माण कार्य सुरु हुँदै गरेको कुरा जानकारी गराउँदछु । चित्लाङमा भ्यू टावर निर्माणको लागि पर्यटन विभागलाई गरिएको प्रस्तावमा पर्यटन विभागले यसै महिनाको अन्तसम्ममा डिजाइन स्टमेट गरि दिने कुरा जानकारी गराउँदछु यसै गरी पर्यटन गुरु योजनाका लागि नगरपालिका र पर्यटन वोर्डको संयुक्त लगानीमा पर्यटन गुरु योजना तयार गर्ने गरि पर्यटन वोर्डको सहयोग प्राप्त भएको छ ।  दामनमा रहेको भ्यू टावरको स्तर उन्नतीको लागि पर्यटन विभागलाई प्रस्ताब गरिएकोमा सकारात्मक रहेको छ ।  चित्लाङमा पर्यटन सूचना केन्द्र, बज्रवाराहीमा थाहा संग्राहलय र सिमभञ्ज्याङमा निर्माणाधिन पर्यटन सूचना केन्द्र १८ करोड लगानिमा ५ बर्ष भित्र सम्पन्न हुने गरि सहरी विकास मन्त्रालयवाट बजेट विनियोजित भएको कुरा जानकारी गराउँदछु । पूर्वाधार तर्फ नपालिकामा १२ वटा वडा रहेका छन् र हरेक वडाको एउटा मुख्य सडकलाई छानी ५ कीलोमिटर डि पि आर तयार गर्नका लागि आबश्यक बजेट छुट्याइ काम अगाडि बढी सकेको छ । सबै वडाहरुमा मोटरवाटो, खानेपानी, खेल मैदान निर्माण गर्न सम्झौता भई काम दु्रत गतिमा अगाडी बढी रहेको छ थाहा नगरपालिमा रहेका खोलाहरुमा आवश्यक्ता अनुसार बस्ती जोड्ने झोलुङ्गे पुल, पक्कि मोटररेवल पुलहरु निर्माणका लागि  कार्य पालिकाको निर्णय गरि सम्वन्धित मन्त्रालय तथा बिभागहरुमा बजेट माग गर्न पहल भैरहेको छ । साथै इन्द्रायणी चौर खेल मैदानका लागि ड्रोइङ्ग, डिजाइन गरेर नगर बिकास कोषमा १ करोडको प्रस्ताब पेश गरिसकिएको छ । थाहा नगरपालिकामा खानेपानी वितरणका लागि डिभिजन खानेपानी कार्यालय हेटौंडावाट वडा नम्बर २ मा बृहत खानेपानी योजना लाग््ू भई काम शुरु भैरहेको छ । शिक्षा तर्फ नगर शिक्षा समिति भर्खरै गठन भएको छ र नगरमा शिक्षास्तर उन्नतीको निम्ति संघ संगठनहरु, शिक्षाविदहरु समाजका सरोकारवाला निकायहरुसँग बसी तत्कालै शिक्षाको गुणस्तर विकासको निमित्त योजना बनाई अगाडी बढ्ने कुरा जानकारी गराउँदछु र तत्काल हुँदै गरेको कक्षा ८ को परिक्षा यसै नगरले सम्पन्न गर्ने पनि जानकारी राउन चाहान्छु ।  स्वास्थ तर्फ सबै स्वास्थ्य संस्थाहरु स्थानिय निकायको जिम्मेवारीमा आएको हुँदा स्वास्थ्यसंस्थाहरु हस्तान्तरण प्रकृया सम्पन्न भइ सबै वडाहरुमा वडा अध्यक्षहरुको अध्यक्षतामा समितिहरु गठन भइ सेवा कार्य चुस्त दुरुस्त गर्न सम्वन्धित समितिका अध्यक्ष लगायत समितिहरु खटिरहेको सर्व विदितै छ । नगरमा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा बिकास गर्नकोलागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरिएकोमा स्वास्थ्य मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि एक टोली खटाउने निर्णय भैसकेको छ,साथै थाहा नगरपालिका वडा नम्बर ७ देउखेलमा शहरी क्लिनिक मन्त्रालयवाट निर्णय भई संचालनमा आउने प्रक्रियामा रहेको छ । हाल संचालनमा रहेको आँखाको जाँच शेवा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रत्यक महिनाको एक दिन ओपिडि सेवा संचालन भैरहेकोमा सामुदायिक आँखा अस्पताल हेटौंडा र तिल गंगा आँखा अस्पताललाई दैनिक सेवा सञ्चालनका लागि पहल गर्दा आँखा अस्पताल नै सञ्चालन गर्ने निर्णय भए वमोजिम आँखा अस्पताल सञ्चालनको निम्ति आवश्यक जग्गा खोजि गरि आँखा अस्पताल सञ्चालन यसै बर्षवाट गरिने जानकारी गराउँदछु ।

    –स्थानिय सरकार प्रमूखको हैसियतबाट भनिदिनुस न सुन्दर र समृद्ध थाहानगर बनाउन के गर्ने सोचमा हुनुहन्छ ?
  सुन्दर समृद्घ थाहा नगर बनाउनका लागि पहिलो नम्बरमा चित्लाङ चन्द्रागिरि सडकको निर्माण सम्पन्न हुनु पर्दछ अनि मात्र थाहा नगरपालिकाको बिकासको ढोकाहरु खुल्दछन् । हाल भैरहेको शिक्षामा सुधार, सहज सडकको पहुँच, खानेपानिको व्यवस्था, पर्यटन पूर्वाधारको निर्माण, स्वास्थ्य संस्थाको विकास तथा सुधार हाल भैरहेको कृषि प्रविधिमा आधुनिकि करण, उद्योग धन्दा कलकारखाना खोल्ने निजि क्षेत्रका उद्योगी व्यवसायीहरुको लागि सहयोगी भुमिका निर्वाह गर्ने । योजनावद्घ व्यवस्थित सहर बस्तिको निर्माण गर्ने यीनै कुराहरुको बिकास गर्न सके थाहा नगर समृद्घ बनाउन सकिन्छ । म त्यसको लागि दत्तचित्त भएर लागिरहेको छु । 

     –नगर हाँक्नतपाई सँग जोसीलो टिम छ अधिकांस वडाअध्यक्षहरु युवा हुनुहुन्छ , तर नगरको  विकास योजना परिणाममुखी बनेनन् भन्ने गुनासो छ त ? के ले किन रोक्यो होला ?
  हो पक्कै पनि, म सँग रहेको जनप्रतिनिधिहरुको टिम युवा हुनुहुन्छ, जोसिलो हुनुहुन्छ, इमान्दार हुनुहुन्छ, योजनाहरु परिणाम मुखि नभएको भन्ने गुनासाहरुको सम्बोधन हुन पक्कै पनि समय लाग्छ, अहिले विनियोजित भएका योजनाहरु सम्पन्न गर्नका निमित्त, जनताका दैनिक समस्याहरुको सम्वोधनका निमित्त वडा अध्यक्ष तथा सदस्यज्यूहरु हिजोको भन्दा आज वृहत जनसहभागिता पारदर्शिता गराउनका लागि दिन रात नभनी खटि रहनु भएको छ र योजनाहरुको परिणाम आउनको लागि पक्कै पनि समय लाग्छ र समय कुर्नुहोस अहिलेका योजनाहरुले परिणामुखि नतिजा दिने छन् । 

    –आयोजाना निर्धारित समयमा सम्मपन्न भई  त्यसको अनुभूत जनताले महशुस गर्न पाउने ग्यारेन्टी के छ र ?
  अहिले हामीले विनियोजन गरेका योजनाहरु ७० प्रतिशत जति सम्झौता भइसकेर कार्य आरम्भ भैरहेको र केही योजनाहरु सम्पन्न हुनेक्रममा रहेको छ र नगरपालिका सम्वन्धित कर्मचारी तथा हरेक वडामा रहेको वडाका जनप्रतिनिधि ज्यूहरु सम्पन्न गर्नका लागि सक्रियताका साथ लागिरहनु भएको हुँदा योजना समयमै सम्पन्न हुनेमा ढुक्क रहन नगरबासिलाई अनुरोध गर्दछु  र नगरबासिहरुको पनि योजना सम्पन्न गर्नका लागि दायित्व हुने हुँदा हरेक नागरिकले जनप्रतिनिधिलाई सहयोग पु¥याई अगाडी बढेमा समय भन्दा अगावै जनसहभागिता मूलक पारदर्शि गुणस्तरीय योजना सम्पन्न हुने कुरामा दुई मत रहन्न ।

    –बजेट र कार्यक्रम जनतामुखी नभएको भन्ने गुनासा पनि आयो नि ? साच्चै त्यस्तै भएको हो त ?
  बजेट जनता मुखि नभएको भन्ने गुनासा धेरै सुनियो हामीले बजेट विनियोजन गर्दा जनताकै तल्लो तहवाट आवश्यक्ताको आधारमा योजनाहरु बनाउनेकाम ग¥यौं र उक्त योजनाहरुलाई कार्यपालिका वोर्डवाट पास गरि कार्यान्वयनका लागि अगाडी बणईएको हो । स–साना योजनाहरु पनि परेका छन् त्यसो हुँदा योजनाहरु जनमुखी  भएनन् भन्ने आरोप लाग्छ भने व्यग्लै कुरा रह्यो तर हामीले बनाएका योजनाहरु एउटा कुनै पनि जनताको आवश्यक्ता भन्दा बाहिर नरहेको कुरा म दावाका साथ भन्न सक्छुकि  ती योजनाहरु जनाताका आवश्यक्ताको आधारमा वनेका हुन् । त्यसैले सबै योजनाहरु जनमुखी नै छन ।

    –थाहानगरलाई चिनाउन तपाईका प्राथमिकता के के छन् ?
  थाहा नगरको मुख्य नारा कृषि पर्यटन र पुर्वाधार, थाहा नगरको मूल आधार भएको हुँदा मैले माथीनै उल्लेख गरि सकें नगरको चिनारीको लागि कृषि, पर्यटन र पूर्वाधार बिकास गरि मुख्य रुपमा थाहा नगरपालिकालाई चिनाउन सकिन्छ ।
    –तपाईको कार्यकालमा थाहानगरमा के के सकारात्मक परिवर्तन जनताले हेर्न र देख्न पाउने छन ?
  मेरो कार्यकालमा शिक्षामा सुधार, पर्यटन पूर्वाधारको विकास, सडक सञ्जालको स्तरीकरण र बिस्तार, स्वास्थ्य संस्थाहरुको बिकास, विस्तार र सुधार, कृषिमा आधुनिकिकरण पशुपालनको विकास, रोजगारीको अवसर सिर्जना हुने, र अहिले भैरहेको थाहा नगरपालिका भन्दा सकारात्मक परिवर्तन केही बर्ष भित्र मैले नभन्दानै थाहा पाउने गरि परिवर्तनमने अनुभूत सबै नगरवासीमा हुने छ । 

    –तपाईले नगर बनाउने योजना कुरा त गर्नु भयो तर गुरु योजना बिना नगर समृद्घ कसरी हुन्छ ?
  हो, पक्कै पनि योजना बिना समृद्घी सम्भव छैन, अहिले हामीले नगर गुरु योजनाका निम्ति केही रकम छुट्याएका छौं उक्त कार्यको लागि टोल, बस्ती गाउँ वडा तहको छलफल पछी नगर स्तरीय सबै क्षेत्रका बिषय विज्ञ,  राजनितिक दल, समाज सेवी र थाहा नगरपालिकावाट बाहिर अस्थायी बसोवास गरिरहेका थाहा नगरबासीहरु सबैलाई चरणवद्घ रुपमा छलफल गरि थाहा नगरको योजनाहरुको बिषयमा प्राथमिकता तोकी गुरु योजना बनाउने कार्यक्रम रहेको छ । 

    –यो कहिलेवाट सुरु हूनछ त ? ढिला भएन? 
  यस बर्षको बजेट विनियोजित भैसकेको हुनाले आगामी बजेट विनियोजित गर्नका लागि गुरु योजना आवश्यक्ता पर्छ त्यसो हुँदा ढिला भइसकेको चाहीं छैन, चाँडै बनाउन पाएको भए अझै उत्तम हुन्थ्यो । अहिले हामी योजनाहरुको कार्यान्वयनको चरणमा छौं । भुकम्प पछिको पूनःनिर्माण कार्यको पनि पौष मसान्त सम्म अन्तिम म्याद रहेको र वडाहरुमा ब्यापक कामको चपेटा      रहेको कारण हो र अर्को कुरा संघियताको संस्थागत बिकासको लागि ऐतिहाँसिक प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनले पनि केही ढिलाई हुन गएकोले यो महीनाको अन्ततिरवाट पर्यटन गुरु योजना, नगर गुरु योजनाको थालनी शुरु गर्छौं । 

  –उपभोक्त समिति तथा योजनाहरु सम्पन्न गर्दा नगरपालिकामा सहज काम नभएको भन्ने जनगुनासो सुनिन्थ्यो अहिले यो समस्या छ की छैन ?
  –मैले पनि विगत निर्वाचन भन्दा अगाडी ती कुराहरु तपाईंहरु जसरी नै सुनेको थिए, तर हामी निर्वाचित भएर गइसकेपछि योजनाहरुको काम सुरुवात देखि सम्पन्न भएसम्म हाम्रा वडा अध्यक्ष वडा सदस्य र सम्वन्धित प्राविधिकज्यूहरुको निगरानीमा जनसहभागिता मूलक ढंगले पारदर्शिरुपमा कार्य सम्पन्न हुने हुँदा कामको गुणस्तर, कामको परिणाम, सबै राम्रो हुने भएकोले यस्तो खालको समस्या वडा तह तथा नगरपालिकामा आएको छैन र आउँदैन पनि र अर्को कुरा सेवाग्राहीहरुको सुविधाको लागि हाम्रो नयाँ  कार्यकारी अधिकृत आइसकेपछि नगरपालिकामा कर्मचारिहरुको निर्णय अनुसार यहाँहरुलाई जानकारी नै होला ९ बजे देखि कार्यालय संचालन    भैरहेको छ । यसले कर्मचारीहरु थाहा नगरपालिकाको उन्नती र बिकासको लागि कति समर्पित छन् भन्ने कुरा प्रमाणित पनि भईसकेको छ । 
    –अन्त्यमा
  मलाई यस मिडियाले अन्तरवार्ताको माध्यमवाट थाहा नगरपालिका र नागरिकको बिकास र उन्नतीको निमित्त म भित्र रहेका आकांक्षा र चाहाना जनताको बिचमा राख्ने मौका दिनु भएकोमा तपाई मिडियाको टिमलाई आभार व्यक्त गर्न चाहन्छु । 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png