Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बज्रबाराहीको आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

FB_IMG_1774423178764-1774423495.jpg

थाहा नगरपालिका वडा नम्बर ६, सरस्वती बजारस्थित सुकबहादुर बलामीको टेलर पसलमा  साल चैत ८ गते राति भएको आगलागी पिडित लाई आर्थिक सहयोग गरिएको छ। उक्त आगलागीबाट बलामीको पसल पूर्ण रूपमा क्षतिग्रस्त भई उहाँको परिवारमा ठूलो आर्थिक नोक्सानी भएपछि स्थानीय र बजार व्यवस्थापन समितीले सहयोग गरेको हो। सुकबहादुर बलामीको स्वास्थ्य अवस्था समेत कमजोर रहेकाले परिवार झनै समस्यामा परेको स्थानीयले जनाएका छन्।
यस विषम परिस्थितिमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले बज्रबाराही बजार व्यवस्थापन समितिको पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो। संकलित रकम रु. ६२,३६५ (बैसठ्ठी हजार तीन सय पैँसठ्ठी रुपैयाँ) पीडित सुकबहादुर बलामीलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ।
मानवीय सहयोगका लागि विभिन्न क्षेत्रबाट जुट्नुभएका सहयोगी दाजुभाइ तथा दिदीबहिनीप्रति समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा समेत यस्ता विपद्का समयमा एकआपसमा सहयोग गर्ने भावनालाई निरन्तरता दिन आग्रह गरिएको छ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...