himalen-2083-1778725505.jpg
Monday, 29 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

कुलेखानीमा मनाईयो, ल्होछार सास्कृतिक कार्यक्रम भाषा, धर्म, सस्कृति जगेर्ना गर्ने गरि सम्बोधन हुने कार्यक्रमहरु ल्याउछौ - अध्यक्ष पुडासैनी

326035330_479983171013292-1676182689.jpg
 माघ, हेटौडा (ईन्द्रसरोबर) - कुलेखानीमा ल्होछार बिशेष बृहत सास्कृतिक सम्पन्न भएको छ । ईन्द्रसरोबर गाउँपालिका २ कुलेखानी स्थित टोड्के चौरमा कुलेखानी तामाङ समाजको आयोजनामा शनिबार तेस्रो ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम तथा शान्ति पुजा भव्यताका साथ सम्पन्न भएको हो । स्थानीय पर्यटन प्रबर्द्धनको लागि सास्कृतिक पर्ब ल्होछारलाई आ-आफ्नो घर आगनमा मनाउने उदेश्यले तय भएको कार्यक्रम समाजको अध्यक्ष बिरेन गोले तामाङको सभाध्यक्षतामा कार्यक्रममा ईन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष देबकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पालिका अध्यक्ष पुडासैनीले भाषा, धर्म, सस्कृति जगेर्ना गर्ने गरि पालिकाबाट सम्बोधन हुने कार्यक्रमहरु थप ल्याउने बताउनु भयो। समुदायलाई आयआर्जनको लागि तामाङ होम स्टेको योजना, पहिचान, भाषा, धर्म, सस्कृतिको संरक्षण लागि संग्रालय बनाउने लगायत विभिन्न कार्यक्रम ल्याउने समेत बताउनु भयो। समाजले अहिलेसम्म गरेका सामाजिक कार्य सह्रानीय रहेकोले पालिकाको पूर्ण सहयोग रहने उहाले भन्नुभयो । अब सबैको मागलाई सम्बोधन हुने गरि २ नम्बर वडामा मात्र नभई ५ वटै वडालाई सम्बोधन हुने गरी कार्यक्रम बढाउन आग्रह गर्नुभयो । ईन्द्रसरोबर गाउँपालिकाको मुख्य प्रायोजन तथा सिजी ब्रुअरी नेपालको सह-प्रायोजनमा भएको समाजको यो तेस्रो ल्होछार सम्बन्धिको सास्कृतिक कार्यक्रम हो । कार्यक्रमलाई सफल बनाउन तामाङ्ग समुदायमा ख्याती प्राप्त कलाकारहरु गायक तथा संगीतकार सन्जिब वाइबा, गायिका निर्मला घिसिङ, प्रकाश तितुङ, अशोक तामाङ, रबिन्द्र लामा र तबु वाईबा लगायतको सांगीतिक प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । त्यस्तै पालिकाको ५ वटै वडाबाट नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, सोहि कार्यक्रममा सुचना, समाचार सम्प्रेषण गर्दै आएका तामसालिङ खबर डटकमका पत्रकार दिलबहादुर लामा र स्थानीय पत्रकार आशबहादुर लामालाई सम्मान पत्र मार्फत सम्मान गरिएको थियो । कार्यक्रममा ईन्द्रसरोबर गाउँपालिकाको उपाध्यक्ष उमाकुमारी लामा, निबर्तामान गाउँपालिका अध्यक्ष जीवन लामा, ३ नम्बर वडा अध्यक्ष प्रताप बोम्जन, ५ नम्बर वडा अध्यक्ष दुधराज तितुङ्ग, १ नम्बर वडा अध्यक्ष सुभास थापा मगर, नेपाल तामाङ्ग घेदुङ ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष बिर्जुपदम लामा, ताम्बा बिज्ञ केशर रुम्बा, कार्यपालिका सदस्य सम्झना परिया, ईन्द्रसरोबर गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष रत्नबहादुर थापा मगर, २ को वडा सदस्य बुद्धिराम लामा लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रम अबधिभर मौलिक खानाका परिकार सहित अन्य खानाको स्टल, तामाङ मौलिक भेषभुषा स्टल संगै झाँक्री (बोन्पो), डम्फुरेको झाकी समेत रहेको थियो । माघ महिना भरिनै हुने यस्ता ल्होछार सास्कृतिक कार्यक्रमले गाउँ ठाउमा आम तामाङ समुदायमा जागरण ल्याउने समाजले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg