Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

किसानहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण

323005794_146046866436222-1672902994.jpg

 यादव चौलागाई १८ पौष/हात्तिसुडेँ बकैयाका दुग्ध कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण गरिएको छ । बाग्मती प्रदेश दुग्ध विकास बोर्डले स्थलगत रुपमा बकैया गाँउपालिकाको हात्तीसुडेँमा कार्यक्रम आयोजना गरेर थुनोलो रोग सम्वन्धी अभिमुखिकरण गरेको हो । दूग्ध उत्पादक कृषकहरु सहित सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाइ भैसिँमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई पशुको मृत्यु समेत हुने गरेको बताइएको थियो । दुग्ध विकास बोर्डका निर्देशक डाक्टर सजिना ज्ञवालीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता पालिका उपाध्यक्ष भक्तबहादुर खत्रिले गर्नुभएको थियो । यस अवसरमा बोल्दै प्रमुख अतिथी खत्रिले किसान मैत्रि पालिका बकैयामा दुग्ध उत्पादकत्व बढाउन थुनेलो सम्वन्धि कार्यक्रम राख्नुले किसान खुसी भएको बताउनुहुदैँ यस्ता कृयाकलाप बढाउन समेत आग्रह गर्नुभएको थियो । विशेष अतिथी हात्तिसुडेँ दुग्ध उत्पादक सहकारी सस्थाँको अध्यक्ष तोयानाथ दाहालले किसालहरुले कतिपय रोग थाहा नपाउदा पनि बाध्य भएर विभिन्न दुख पाउनु परेको बताउनु हुर्दै बोर्डले प्राविधिक सहयोग गरेमा पनि किसान लाभान्वित हुने भनाइ थियो । प्रदेश दुग्ध विकास वोर्डका अधिकृत डाक्टर उमेश थापाले सञ्चालन सहित सहजिकरण गर्नुभएको कार्यक्रममा बकैया गाँउपालीका आर्थीक शाखा तथा कृषी अधिकृत अशोक कुमार सिंह, दुग्ध विकास बोर्ड का प्राविधीक मोहनकुमार यादव लगायतको सहभागीता थियो । र्बोडले थुनेलो नियन्त्रणका टिट डिप कप, टिटडिप केमिकल किसानहरुलाई हस्तान्तरण गरेको थियो । भने पालिकालाई र स्थानिय हात्तिसुडेँ दुग्ध उत्पादक सहकारी सस्थाँलाई टि एटी रिएजेन्ट र प्यान्डल वितरण गरेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...