jkmv-english-1784299234.jpg
Tuesday, 21 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

सिस्नु किन खाने ? कसरी पकाउने ?

नेपालका हरेक भेगमा सजिलै पाईने प्रजाति हो सिस्नु । पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हँदैन। अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ ।  कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ । आज हामी सिस्नु खाँदा के  फाइदा र  कसरी पकाउने भन्ने  तरिकाको बारेमा उल्लेख गर्छौँ ।

मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन विद्यमान छ । सिस्नु खुवाउन थालेपछि चाँडो निको हुने हामीले देखेका भोगेका पनि छौँ । सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ ।

सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ ।

सिस्नुबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अन्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

सिस्नु खुवाएको बंगुरको तौल नखुवाएकोभन्दा धेरै भएको र मासुसमेत स्वस्थ रहेको पाइएको छ ।
सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिमाण र दूधमा चिल्लो पदार्थको मात्रासमेत उल्लेख्य वृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ ।

सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास छ । विभिन्न आयुर्वेदिक जडीबुटीसम्बन्धी पुस्तकअनुसार सिस्नुमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले गर्भवती महिला तथा बालबालिकालाई राम्रो गर्छ ।

सिस्नु पकाउन तरिका
पात वा मुना कलेक्सन गरेर सफा गर्ने । पातको मात्राअनुसार सिस्नु पानीमा उमाल्दै पकाउने । सिस्नु पकाउँदा फिट्केले फिट्दै उमाल्दै पकाउने । मुना वा सिस्नु राम्रोसँग नपाकेसम्म निरन्तर फिटिराख्दा राम्रो हुन्छ । सो घोल अलि बाक्लो सुपजस्तो भएपछि त्यसलाई सेवन गर्न सकिन्छ ।

सिस्नुको मुना र फूललाई तरकारीको रूपमा पकाउन सकिन्छ । यसलाई आफूलाई मनपरेको अन्य तरकारीसँग मिसाएर खान सकिन्छ ।

सिस्नुको पिठो अहिले बजारमा सजिलै पाउन सकिन्छ । त्यस्तै, पिठो दाल पकाउँदा मिसाएर पनि सेवन गर्न सकिन्छ ।
वनपाखामा पाइने भएकाले पात र मुना खाँदा सरसफाइमा भने ध्यान दिनुपर्छ । यसलाई आगोको धुवाँ लगाएर किरा फट्यांग्रा हटाउने चलन पनि छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...