pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

किन चाहियो स्ववियु ? रेजिना गोपाली,वि. वि .एस .चोथो वर्ष (पालुङ् क्याम्पस)

FB_IMG_1677648371125-1677649122.jpg

स्वतन्त्र विद्यार्थी युनियन सबै विद्यार्थीको मतद्वारा चुनिने एउटा वैधानिक संस्था हो । देश, काल र समय अनुसार स्ववियुको स्थापना तथा नामकरण फरकफरक ढंगले गरिए पनि संसारका चर्चित तथा राम्रा विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी सगठनहरु निमार्ण गरेका छन । । युनियनले विद्यार्थीका लागि सल्लाह, सुझाब, विद्यार्थीमैत्री, सूचना आदानप्रदान र विद्यार्थीको दैनिक जीवनमा आइपर्ने समस्यामा सहयोग गर्ने गर्दछ ।

          ‘सार्वजनिक शिक्षामा हकाधिकार पाउनु सम्पुर्ण मानव जीवनको नैसार्गिक अधिकार हो

          पञ्चायती व्यवस्थामा उपत्यकाका हाईस्कुलमा विद्यार्थी युनियनको अभ्यास २०१९ सालअगाडिदेखि नै हुँदै आएको पाइन्छ । त्रिभुवन विश्वविद्यालयमा भने २०२० साल स्ववियु स्थापना भयो । २० भदौ ०२० मा त्रिविमा विद्यार्थी युनियनको पहिलो निर्वाचन सम्पन्न भयो । त्यसपछि विद्यार्थी युनियनको नाम परिवर्तन गरी स्वतन्त्र विद्यार्थी युनियन राखियो । अझै पनि मुलुकको शैक्षिक क्षेत्रको नेतृत्व त्रिविले नै गरिरहेको अवस्था छ । देशभर त्रिविकै बैसठ्ठी आंगिक तथा  एक हजार चालिस सम्बन्धन प्राप्त क्याम्पस हरु रहेका छन भने अन्य विश्व विद्यालयहरुपनीले पनि विश्व विद्यालय शिक्षा प्रदान गर्दै आइरहेका छन । तर पनि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीमा त्रिविमानै विद्यार्थी सख्याको हिसावले बढी छन् । त्रिवि नियमावलीमा स्ववियु निर्वाचन दुईदुई वर्षमा गर्ने प्रावधान राखिएको भएता पनि  त्रिविले २०७३ मा आंशिक रूपमा स्ववियु निर्वाचन सम्पन्न गरे पश्चात यसै आवको चैत्रमा गर्ने निर्णय गरेको छ ।

स्ववियु निर्वाचन कार्यतालिका हेरफेर हुनुमा त्रिवि मात्रै दोषी छैन, विद्यार्थी संगठनहरू पनि उत्तिकै दोषी छन् । २०६५ पछि स्ववियु निर्वाचन प्रणालीको एजेन्डाले स्ववियुको गतिशीलतामाथि प्रश्न उठ्यो । ०७३ मा सम्पन्न स्ववियु निर्वाचन पनि त्रिविको २८ वर्षे उमेर हदलाई विद्यार्थी संगठनले विवादको विषय बनाउँदा अधिकांश क्याम्पसमा निर्वाचन हुनै सकेन ।

          स्ववियुको विश्वव्यापी अभ्यासलाई नियाल्दा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले अतिरिक्त क्षमता विकासमा ध्यान दिने, विद्यार्थीका दैनिक जीवनमा आइपर्ने समस्यालाई प्रशासनसँग सहजीकरण गर्ने, सूचना आदानप्रदान गर्ने, शैक्षिक गुणस्तरमा ध्यान दिने, आलोचनात्मक चेतनाको निर्माण, नेतृत्वको विकास, जिम्मेवारी बहन, राजनीतिक चेतना निर्माण, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल, समाजका ज्वलन्त सामाजिक आर्थिक मुद्दामा बहस तथा सामाजप्रति उत्तरदायी जनशक्ति निर्माणका साथै शैक्षिक भर्मणका कार्यक्रम मार्फत प्रयोगात्मक तथा व्यवहारीक ज्ञानमा अभिबृदी आदि गर्ने उद्देश्यले स्ववियुको अभ्यास वा प्रयोग भइरहेको पाइन्छ । स्ववियु विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको एक संस्था हो । यो संस्थाको जन्म देश, काल र समयअनुसार फरकफरक ढंगले भए पनि उद्देश्य भने एउटै रहेको पाइन्छ तर के हाम्रा स्ववियु उल्लिखित मुद्दामा गम्भीर छन् भन्ने प्रश्न भने सदैव खडकिएको विषय हो ।

          स्ववियु विद्यार्थीको साझा थलो हो, जसले विद्यार्थी र प्रशासनबीच समन्वयको भूमिका खेल्छ । त्यसका लागि स्ववियुको नियमित निर्वाचन मार्फत जीवन्त स्ववियु बनाउने प्रक्रियामा सम्बन्धित पक्षले सोच्न आवश्यक छ । नयाँ नेतृत्व विकाससँगै शैक्षिक सुधार गरी विद्यार्थीको अतिरिक्ति क्षमता विकास एवं क्याम्पस प्रशासनलाई पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन स्ववियु निर्वाचन अपरिहार्य छ तर के हाम्रा स्ववियु उल्लिखित मुद्दामा गम्भीर छन् भन्ने प्रश्न भने सदैव खडकिएको विषय हो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...