himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

काउली खेति गर्ने विधि र तरिका

काउली क्रूसिफेरी परिवारमा पर्ने एउटा तरकारी बाली हो । यसको प्रमूख वानस्पतीक जात ब्रासीका ओलेरेसीया बोट्राईटीजलाई खेती योग्य मानिएकोछ । हावापानीः काउलीको बनस्पतिक बृद्धि हनु ७.२ डि.से. देखि २३.८ डि.से. सम्म हुन्छ तर पनि उचित तापक्रम १५.५देखि १८.३ डि.से. मानिएको छ ।

काउलीको जात हेरी कसैलाई फुल फुल्नू भन्दा अगाडी ७—८ डि.से.को तापक्रमको आवश्यकता पर्दछ भने हरूजातको लागि चिसो तापक्रमको आवश्यकता पर्देन । काउलीको अगौटे जातहरूलाई ज्यादा चिसो भयो भने काउलीको फुल ज्यादै सानो फुल हुन्छ भने कुनै जातलाई ज्यादा गर्मी भएमा काउलीको फुल खुकूलो हुनूको साथै पातै पात भएको हनु सक्दछ ।

पोषण र तापक्रम मिलेमा काउलीको खेती बेमौसममा पनि गर्न सकिन्छ । अगौटे जातलाई वनस्पतिक विकासहनु बढि तापक्रम चाहिन्छ ९२० २६ डि.से..) र विकास भैसकेपछि त्यसमा फल लाग्न सुरु हुन्छ । यस्तो किसीमको काउलीलाई जाडो समयमा रोप्दा वनस्पतिक विकास हनु नपाई पहिले नै न्युन तापक्रमले गर्दा गुच्चा जत्रो मात्र फुल लाग्ने गर्दछ । छाटो समयमै काउली तयार हुने हुदाँ अगौटे काउलीलाई ३ महिने काउली पनि भनिन्छ । त्यस्तै मध्य मौसमी जातलाई ९१५२० डि.से.) र स्नोवल जस्तो जातलाई ९ १०१५ डि.से..) तापक्रमको आवस्यकता पर्दछ ।

कम तापक्रम चाहिने मध्य मौसमी जातहरूलाई गर्र्मी मौसममा लगाइयो भने पातै पात मात्र लाग्ने र तापक्रम घटेपछि फुल आउँछ । पछौटे जात भने जाडो मौसममा विकास भै केहि तापक्रम वढेपछि फुल लाग्ने भएकोले यो ढिलो लगाए पनि गर्मी याममा तयारी गर्न सकिन्छ ।

माटोः मल भएको मलिलो दोमट किसिमको माटो राम्रो मानिन्छ । पानीको निकास राम्रो सँग हुने र पानी राम्रो सँग अड्याउन सक्ने किसिमको माटो काउली खेतीका लागि राम्रो हुन्छ । माटोको अम्लीयपना भने ५.५ सम्म हुनु पर्दछ । बर्षाको मौसममा काउलीमा मूख्यत ओइलाउने, जराफेद तथा गाठो कुहीने, फूल कुहीने आदिले निकै सताउँदछ । अतः बेर्ना सार्नु अगाडी माटोलाई राम्रोसँग खनजोत गर्नु पर्दछ । यदि हलुका बलौटे किसिमको माटोमा यसको खेती गर्ने हो भने प्रशस्त मात्रामा कम्पोष्ट वा गोबर मलको प्रयोग गर्नु पर्दछ ।

 

माटोको तयारीः काउली खेती गर्ने जग्गामा पानी निकासाको व्यवस्था धेरै राम्रो बनाउनु पर्दछ । धेरै चिसो र हिलो जग्गामा यसको खेती राम्रो हुदैनँ । माटोलाई ३ ४ पटक राम्रो संग खनी माटो बुरबुराउदो बनाउनु पर्दछ । पानीको निकासको लागि जमीन समथर छैन भने जमीन समथर बनाउनु पर्दछ ।

खेती गर्ने समयः बेमौसमी खेती भन्नाले मौसम भन्दा अधि वा पछी भन्ने बुझिन्छ । काउलीको जात अनुसार बेर्ना सार्ने समय फरक हुन्छ । उदाहरणको लागि काठमाण्डौ र पाचँखाल एउटै हावापानी पाईने क्षेत्र भएता पनि पाचँखालमा उत्पादन हुने समयमा काठमाण्डौमा भने ।  E-Book  shrawan Format.indd

बीउदरः प्रति रोपनी बीउ कति लाग्दछ भन्ने कुरा बीउको आकार प्रकार उमार शक्ति लगाउने समय, बीउको जात, आदीमा भर पर्दछ तापनि साधारणतया काउलीको हाईव्रिड जातहरू ८ देखि १० ग्राम प्रति रोपनी सम्म प्रयोग गरिन्छ । जति जती बर्षा भयो त्यति बीउ बढि प्रयोग गरेको पाईन्छ ।

 

नर्सरी ब्याड: व्याड राख्ने जग्गालाई कम्तीमा ३÷४ पटक सम्म खनजोत गरी राम्रो जग्गा, खुकुलो, मल भएको, पानी नजम्ने, घाम लाग्ने, दोमट खालको माटो छानी माटोको उपचार फर्मालीन, मालाथियन, बेभिष्टिन जस्ता औषधिले गरी व्याडको तयारी गर्नु पर्दछ । व्याडको चौडाई १ मीटर र व्याडको उचाई १५ से.मी. उठेको बनाउनु पर्दछ । लम्बाई भने आफ्नो आवश्यकता अनुसार बनाउन सकिन्छ । दुइटा व्याडको बीचमा ३० –४० सेमी चौडा कुलेसो बनाउनु पर्दछ ।

 

उपचार भएको बीउलाई तयार पारिएको नर्सरी व्याडमा सानो छेस्काले वा चुच्चो कुट्टोले १० से.मी.को. फरकमा २–३ से.मी गहिरा धर्साहरू कोरी हरेक धर्सामा एकनाससंग बीउ पर्ने गरी खसाल्नु पर्दछ । बीउलाई पातलो गरी खसाल्न ४–५ भाग सुख्खा माटो, बालुवा वा धुलो कम्पोष्ट मल मिसाएर छर्न सकिन्छ । बीउ छरी सके पछि फुको माटोले छोपी हल्का सिंचाई दिनु पर्दछ । मौसम अनुसार तुषारो, चर्को घाम र बर्षाबाट कलिला विरुवाहरूलाई बचाउन प्लाष्टिकको टनेल अथवा परालको छानो बनाउन राम्रो हुन्छ ।

प्लाष्टिकको टनेल प्रयोग गर्दा दिउसो हटाउने र राती छोप्ने काम गर्नु पर्दछ । समय समयमा झारपात हटाउनु पर्दछ । रोग कीरा लागेको छ छैन हेरी रहनु पर्दछ । बेर्नाहरूलाई दोस्रो व्याडमा सारेर बेर्ना जर्खराउने कार्य गर्नु राम्रो हुन्छ । एक रोपनी जग्गाका लागि बेर्ना तयार गर्न २.५ बर्ग मीटर ड्याभ आवश्यकता पर्दछ भने यसरी तयार गरेको बेर्ना २०–२५ दिनमा खेतबारीमा सार्न सकिन्छ । हाल बेर्ना उर्मानको लागि प्लाष्टिक टे« र कोकोपिट पनि बजारमा उपलब्ध छन् यसको प्रयोगले काम सजिलो हुनका साथै छिटो पनि हुने गर्दछ र राम्रो बेर्ना सजिलै तयार गर्न सकिन्छ ।

बेर्ना सार्ने तरिका: काउलीको जात अनुसार समय फरक हून्छ । अगौटे जातका काउलीका बेर्ना ३÷४ पाते भए पछि सार्न उपर्युक्त हुन्छ भने पछौटे जातका काउलीका बेर्नाहरू ५–६ पाते भए पछि सार्न लायक हुन्छन् । जग्गा खनजोत गरेपछि अन्तिममा ड्या बनाउनु पर्दछ । अगौटे जातका लागि ४५ से.मी.– ४५ से.मी. फरक पर्ने (२४६४ बेर्ना ) र मध्य मौसमी जातका लागि ४५से.मी.– ६० से.मी.को फरक पर्ने (१८५१ बेर्ना ) र पछौटे जातका लागि ६० से.मी.– ६० से.मी.को फरक पर्ने (१३७७ बेर्ना ) गरेर ड्याभ दुरी बनाउनु पर्दछ । साधारणतया १ रोपनी जमीनमा १८५१ बोट काउली अटाउँदछ । प्राय बैसाख देखि भदौ सम्म रोपिने बेमौसमी काउलीको जात अगौटे र मध्यखालको हुने भएकोले एक मीटरको चौडाईको ड्याबमा ५० से.मी. फरकमा २ लहरमा रोपिन्छ । यसरी लगाउँदा अगौटे जात २००० बेर्र्ना लाग्ने गर्दछ ।

 

सिंचाइः काउलीलाई सिंचाई गर्दा धेरै कुरामा विचार पु¥याउनु पर्दछ । रोप्ने वित्तीकै सुख्खा छ भने हल्का पानी दिनु पर्दछ । गर्मी समयमा ७ दिन देखि १० दिनको फरकमा पानी दिनु पर्दछ । बर्षाको समयमा भने सिंचाईको सट्टामा पानीको ड्याभ कुलेसोमा पानी नजम्ने गरी केहि भिरालो बनाई दिनु पर्दछ । गोबरमल र हाईव्रिड काउली खेतीलाई साधारणतया अन्य जातहरूलाई भन्दा मलखाद बढिनै दिनु पर्दछ । कति मलखाद दिने भन्ने कुरा माटोको मलिलोपना, जात र याममा भर पर्दछ । २००० केजी गोबरमल र प्राभ पर्दछ । विरुवा रोप्ने खाल्टो खाल्टोमा मल दिन सके बेस हुन्छ । रासायनीक मलखाद साधारणतया प्रति रोपनी रासायनीक मलखाद कहीले कहिले कति कति दिने भन्ने कुरा तलको तालिकामा उल्लेख गरिएको छ ।

गोडमेलः बेर्ना सारेको १५२० दिन पछि पहिलो र ४० दिन पछि राम्रो संग दोस्रो पटक गोडमेल गरी उकेरा दिनु पर्दछ । प्रत्येक विरुवामा यसै समयमा ४ – ५ ग्रामका दरले युरीयाले टप गर्नु पर्दछ ।

 

बाली लिनेः जात अनुसार काउलीको बाली लिने समय पनि फरक फरक हुन्छ । बेलाबेलामा मलखाद, भिटामिन, रोगनासक औषधि तथा प्राविधिकले भने अनुसार लगाईएको बेमौसमी काउली विरुवा रोपेको ४५ दिन देखि १५० दिनमा काट्न तयार हुन्छन (ट्रपिकल–४५ दिने, सिल्भर कप–४० दिने, सिल्भरकप–६० दिने, काठमाण्डाँै लोकल १५० दिने आदी ) । जात अनुसार फुलको आकार पनि सानो ठुलो हुने भएकाले उपर्युक्त अवस्था हेरी टिप्नु पर्दछ । काउलीको सेतो भाग अर्थात वरिपरी कलिलो पातले कोपीलाई बेर्नु छाडेपछि गुणस्तर नविग्रीदै काट्नपु र्दछ र नजिकको संकलन केन्द्र वा सोझै होलसेलमा लागि बेच्नु पर्दछ ।

उत्पादनः उत्पादन के कति हुन्छ भन्ने कुरा माटोको उर्वरा शक्ति , उत्पादनशिल जातको छनोट, प्रविधिको प्रयोग , रोग किराको समस्या , बजारको समस्या, त्यस ठाउको हावापानी आदीमा भर पर्दछ तापनी साधारणतया हाईव्रिड जातहरूको उत्पादन ६०० देखि ९०० के.जी. प्रति रोपनी सम्म हुन्छ । स्नोक्राउन÷रेमी ८०० देखि १२०० केजि सम्म र लोकल जातहरूमा ज्यापु १५०० देखि १८०० केजि काठमाण्डाँै लोकल १५०० देखि २००० केजि सम्म प्रति रोपनि उत्पादन भएको पाइन्छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg