Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन

prades-1690869113.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा रहेका करारका कर्मचारीको भविष्य सुनिश्चितताका लागि सामाजिक सुरक्षा कार्यक्रम यही साउनदेखि नै लागू गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समीक्षा बैठकमा उनले स्थायी कर्मचारीको पेन्सन तथा उपदान हुने तर करार कर्मचारीको जागिर छोड्दा वा अशक्त हुँदा हातमा केही नहुने भएकोले यो कार्यक्रम अनिवार्य लागू गर्न लागिएको बताए ।

उनले भने, “जागिर छुट्दा, अशक्त हुँदा आर्थिकरूपले सहयोग पाउनका लागि यो कोषको महत्त्व छ । त्यसैले यही साउनदेखि लागू हुने गरी काम गर्नुहोस् ।” 

उनले बागमती प्रदेश सुशासन केन्द्रलाई तालिम दिने क्रममा उपलब्धिको पनि लेखाजोखा राख्न सुझाव दिए। राज्यकोषबाट खर्चिएको रकम उपलब्धिमा परिणत हुनैपर्ने बताउँदै उहाँले तालिमपछिको उपलब्धि हेर्न पनि विशेष जोड दिए । खर्च फर्छ्योट गर्नका लागि तालिमको आयोजना नगर्न उनले आग्रह गरे ।

त्यसैगरी प्रदेश नीति तथा योजना आयोगलाई पनि मुख्यमन्त्री जम्मकट्टेलले मन्त्री एवं सचिवहरूको टेबलमा अटाउने खालको प्रभावकारी योजना पेस गर्न निर्देशन दिए ।

बजेट बन्दा संयोगले आयोगको योजना पर्ने बाहेक योजनाको ठेलीमा कसैको आँखा नजाने तितो यथार्थ रहेको भन्दै यसलाई सुधार गर्न प्रभावकारी योजना टेबलमा राख्न मिल्ने बनाउन उनले सुझाव दिए । यसका साथै प्रदेशको सूचना बैंक चुस्तदुरुस्त राख्न उनले कर्मचारीलाई निर्देशन दिए । 

बागमती प्रदेशका मुख्यमसचिव घनश्याम उपाध्यायले गत आर्थिक वर्षको उपलब्धि राम्रो भए पनि अब उत्कृष्ट काम गर्नुपर्ने बताए । उनले आफूहरूको उपस्थिति प्रदेशको विकासले देखाउने भन्दै सबै कर्मचारीलाई देखिने र प्रभावकारी काम गर्न सुझाव दिए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले पूँजीगत खर्च कम देखिएकाले सुधार ल्याउँदै प्रभावकारी बजेट र कार्यान्वयन शैली अपनाउनुपर्ने बताए । उनले विनियोजित बजेटले योजना पूर्णरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । समीक्षा बैठकमा प्रदेश सुशासन केन्द्र र प्रदेश किताबखानाले प्रगति विवरणसहितको कार्यत्र प्रस्तुत गरेको थिए । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...