Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

करातेमा बज्रबाराही डोजो प्रथम।

1640433998885-1640434015.jpg

थाहा नगरपालिकाको आयोजना तथा नेपाल गोजुरियो कराँते दोसंघ शाखा दोजो थाहाको व्यवस्थापनमा थाहा नगरमा पहिलो पटक नगर स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ । पुस ९ गते पालुङ बहुमुखि क्याम्पसको प्राङ्गणमा भएको प्रतियोगितामा ६५ जना खेलाडिहरुले सहभागिता जनाएका थिए । प्रथम पटक भएको कराँते प्रतियोगितामा प्रतियोगिता अवलोकन गर्न आउने खेलप्रमीहरुले क्याम्पसको प्राङ्गण भरिएको थियो । नेपाल गोजुरियो कराँते दोसंघका केन्द्रिय प्रतिनिधिहरु तथा नेपाल सितेरियो कराँतेका प्रशिक्षकहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा नेपाल गोजुरियो कराँते दोसंघ काकेन्द्रीय उपाध्यक्ष तथा नेपाल रेफ्रि संयोजक पेम्बा तामाङको संयोजकतवका रेफ्रिहरुले निर्णायकको भूमिका निर्वाह गरेको थियो । लामो समय पछि कराँते प्रतियोगिता भएकोमा खोलाडिहरुले खुसी व्यक्त गरेका थिए । खेलाडिहरुले आफूहरुले दैनिक दुख गरि अभ्यास गरेतापनि यस्तो किसिमको प्रतियोगिताहरु आयोजना नहुने होभने आफूहरुको हौसलामा कमि हुने र आफूहरु अगाडि बढ्न नसक्ने भन्दै प्रतियोगिता आयोजना गरिदिएकोमा नगरपालिकालाई धन्यवाद तथा बेला बेलामा यस्तो प्रतियोगिताहरु सञ्चालनमा ल्याईदिरहन नगरलाई आग्रह समेत गरेका छन् । प्रतियोगितामा महिला तर्फ शाखा दोजो थाहाका सुस्मिता दोङ उत्कृष्ट खेलाडि घोषित हुनुभयो भने पुरुष तर्फ बज्रबाराहिका राजन मगर उत्कृष्ट खेलाडि घोषित भएका छन् । ६५ जना खेलाडिहरुले भिन्नाभिन्नै तौल समूहमा प्रतिस्पर्धा गर्दा टिम च्याम्पियन बज्रबाराहि दोजो र द्धितिय थाहा दोजो भएको छ । 
राष्ट्रको लागि खmेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि बढ्नका लागि खेलाडि र नगरपालिका विच आपसि सञ्चार प्रभावकारी रुपमा हुनुपर्ने बताउँदै आगामि दिनहरुमा पनि खेलाडिहरुको हौसलामा कमि हुन नदिने थाहा नगरका प्रमूख लवशेर विष्टले उक्त प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोहमा प्रतिबद्धता व्यक्त गर्नूभयो । आफूलाई व्यक्तिगत रुपमा पनि कराँते खेल मन पर्ने र कराँते खेलमा नेपालको सम्भावना बलियो रहेको बताउनुहुँदै थाहाका खेलाडिहरुलाई थप अगाडि बढाउनका लागि आफू लागि पर्ने समेत कार्यक्रममा बोल्दै विष्टले बताउनु भयो । समापन तथा पुरस्कार वितरण कार्यक्रममा थाहा नगर खेलकुद विकास समिति संयोजक राजेश केसी, थाहा नगर सामाजिक विकास समिति संयोजक किरणमान बल, थाहा नगरका राजनैतिक सल्लाहकार विष्ण विष्ट आदर्श, राजनैतिक दलका प्रतिनिधिहरु, स्थानिय संघसंस्थका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो 

थाहाएक्सप्रेस बाट ।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...