himalen-2083-1778725505.jpg
Monday, 29 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

ओखरवजारमा मनाइयो नेपाल संवत् ११४३(तस्बिर सहित)

312631206_150519940333093-1666782202.jpg

नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । 'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् भएको संस्कृतविदहरुको भनाइ छ। विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । त्यस्तै विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौंमा अझै छ । यसै अवसरमा थाहा नगरपालिका भित्र पनि नेपाल संवत् ११४३ विविध कार्यक्रम तथा शुभकामना आदानप्रदान गरि मनाइयको छ।ल्यायाम्ह पुच:मकवानपुरको मुख्य आयोजना तथा झम्केश्वरी महादेव पार्वता गूठीको व्यवस्थापन र पालुङ सांस्कृतिक सम्पदा संरक्षण समिति ,पालुङ युवा समाज,गोपाली गाउँ भिन्तुना समितिको आयोजना तथा झिगु टेण्ट हाउस र थाहा नगरपालिका वडा न १ को सहयोगमा थाहा १ ओखरवजारमा नेपाल संवत् ११४३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा मोटरसाइकल र्याली गरि मनाइयको छ।थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न मोटरसाइकल र्याली ओखरवजार बाट इन्द्रायणी चौर हुँदै पालुङ सहर,पाण्डुकेश्वर महादेव मन्दिर,पाल्व ,फुलपाती चौर,भुङ्दाल,डाडागाउ,गोपाली गाउँ ,शिखरकोट ,थानावजार हुँदै ओखरवजारमा आइपुगी शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो। भिन्तुना कार्यक्रमका संयोजक धर्मलाल प्रधानको सभाध्यक्ष मा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भरत गोपाली,ल्यायम्ह पुच:मकवानपुर शाखा अध्यक्ष मोहनमान श्रेष्ठ ,झम्केश्वर महादेव पार्वता गूठी समितिका अध्यक्ष जुजुभाइ प्रधान,झम्केश्वर बाजा समुहका अध्यक्ष विश्वमान श्रेष्ठ ,इन्द्रायणी भगवती गुठी समितिको अध्यक्ष जंगली राजकुमार प्रधान,पालुङ युवा समाजका अध्यक्ष विजयविक्रम श्रेष्ठ ,गोपाली भिन्तुना समितिको संयोजक विकेश गोपाली ,गुरुहरु मङ्गलमान प्रधान,सानुकाजी प्रधान,राजकुमार प्रधान,कृष्ण प्रधान,रामलाल प्रधान ,लगायत नेवारी संस्कृति संरक्षणमा योगदान दिनेहरुको उपस्तिथि रहेको थियो। नेपाल संवतको शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी गोपाली ले नेवारी समुदायको संस्कृति र परम्परा जोगाउने अभियान स्वरुप देशकै संस्कृति जोगाउदै बिश्वमा नेपाली भनेर चिनाउन लायक बनायको भनाइ राख्दै नयाँ पुस्ता ले सस्कृती संरक्षणमा ध्यान दिन आग्रह गर्दै संस्कृति संरक्षणमा थाहा नगरपालिकाको भुमिका अतुलनीय हुने बाचा गर्नुभयो साथै वहाँले संस्कृति परम्परा जोगाउन ,आफ्नो व्यक्तिगत र संस्थागत रुपमा सधैं साथ साथ हातेमालो गर्दै अगाडि बढ्ने बताउदै नयाँ बर्षको शुभकामना दिए। कार्यक्रममा शुभकामना आदानप्रदानका साथै नेवारी धिमे बाजा,नेवारी गित र नाच र नेवारी संस्कृति झल्कने झाकी प्रदर्शन गरियको थियो।    नयाँ बर्षको अवसर पारेर पालुङ युवा समाजको सहकार्यमा सदाझै यश बर्ष पनि पालुङको लाम्पाटीमा राष्ट्रिय झण्डात्तोलन गरियको समाजका अध्यक्ष विजय विक्रम श्रेष्ठले बताय। म्हः (आत्म) पूजा आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

312907584_119026306158995-1666782204.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg