pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

एसियाली खेल महाकुम्भ : १९औं एसियाडको भब्य सुभारम्भ

380678641_334241305738607-1695521409.jpg

 

blog

 

 

हाङझाउ, असोज ६ गते । एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को भब्य उद्घाटनसहित सुभारम्भ भएको छ ।

चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शनिबार भब्य समारोहबिच चिनिया राष्ट्रपति सि जिन पिङले औपचारिक रुपमा उद्घाटन उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्डÚ, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यबाहक अध्यक्ष, विभिन्न देशका राष्ट्रप्रमुखको समेत उपस्थिति रहेको थियो ।

एसियाडको औपचारिक उद्घाटन शनिबार गरिएपनि फुटबल, क्रिकेट र भलिबलका खेलहरु चारदिन अघिनै सुरु भईसकेका छन् । 

उद्घाटन समारोहको सुरुमा …वाटर इन अटुमन ग्लोÚ नामक ओपनिङ प्रदर्शन गरिएको थियो । त्यसपछि एसियाडमा सहभागी ४५ वटै देशका खेलाडी र अफिसियलले मार्चपास गरेका थिए । उद्घाटन अवसरमा सहभागि खेलाडी र जजकोतर्फबाट एक एक जनाले सपथ समेत लिएका थिए ।

उद्घाटन समारोहममा एसियाडका लागि तय गरिएको अफिसियल गीत …द लभ वि सेयरÚ को प्रस्तुती पनि दिईएको थियो । उद्घाटन अवसरमा कलाकारले चिनिया सस्कृृति झल्कने रोचक प्रस्तुती समेत पस्किएका थिए । 

उद्घाटन समारोहअघि शनिबार नै  टेबलटेनिस र सेलिङका केही खेल सम्पन्न भएका छन् । एसियाडको उद्घाटन स्थल बिग लोटस स्टेडियम कमलको फूलजस्तै चिटिक्क परेको देखिन्छ । एसियाडको औपचारिक समापन पनि यही स्टेडियममा हुनेछ ।

 

कोरोना भाईस कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्षपछि आयोजना गरिएको यस एसियाडमार्फत चीनले आफू कति सुरक्षित छु भन्ने सन्देश समेत दिएको छ । कोभिड-१९ को महामारी चीनबाटै सुरु भएको थियो । 

१९औं एसियाडको नारा …हार्ट टु हार्टÚ अर्थात मुटु देखि मुटुसम्म भन्ने रहेको छ । उद्घाटन समारोहलाई भब्य र शब्य बनाउन चीनले हजारौं स्वयंसेवक खटाएको थियो । एसियाडका  लागि हाङझाउ शहर समेत बेहुली जस्तै चिटिक्क सजाईएको छ ।एसियाड आयोजना गरिएको यस सहर अलीबाबाका संस्थापक ज्याक माँ को जन्म थलो समेत हो । प्रविधिको शहर मानिने हाङझाउलाई पहाड र तालको शहरको रुपमा पनि चिनिन्छ ।

चीनले तेस्रो पछक एीसयाड आयोजना गरेको हो आयोजनाको दृष्टिले यस एीसयाड अहिलेसम्मकै ठूलो एसियाली खेलकुद प्रतियोगिता हो । खेलाडी सहभागिताको हिसावले यसलाई हालसम्मकै ठूलो एसियाडको रुपमा दिईएको छ ।

 

४० खेल समावेश यस एसियाडमा १२ हजार ४१७ खेलाडीको सहभागिता रहेको छ । चीनले यसअघि सन् १९९० र २०१० मा एसियाड आयोजना गरेको थियो । १६ दिन चल्ने एसियाडका लागि ५४ खेल स्थल तय गरिएको छ । 

बीरबहादुर र निमाले बोक्कुभयो नेपालको झण्डा

यसैबीच उद्घाटन सत्रमो मार्चपासमा नेपालको झण्डा बीरबहादुर महरा र उशुकी निमा घर्तीमगरले बोक्नुभएको छ । एसियाडमा एक-एक महिला र पुरुष खेलाडीले मार्सपासमा झण्डा बोक्न पाउने नियम अनुसार नेपालबाट दुई खेलाडीले मौका पाउनुभएको हो ।

 

यस एसियाडमा नेपालबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहेको छ । जसमा महिलामा एक सय २७ र पुरुषमा एक सय २६ खेलाडी सहभागी हुनुहुन्छ । यो सहभागिता संख्या एीसयाडमा अहिलेसम्मकै ठूलो हो ।

 

नेपालले पहिलो पटक महिला फुटबल, महिला भलिबल, महिला ह्यान्डबल, महिला कबड्डी, पुरुष रग्बी, इस्पोर्ट्स र डान्स स्पोर्ट्समा प्रतिस्पर्धा गरेको छ ।

 

पुरुष भलिबलमा नेपाल यसअघिनै समूह चरणबाट बाहिरिएको छ । नेपालले यसपटक तेक्वान्दो, बक्सिङ र करातेसहित ब्रेकिङ डान्स, इस्पोर्ट्स जस्ता खेलबाट पदकको अआशा गरेको छ । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg