dandajariwana-1728132545.jpg
Monday, 11 Nov, 2024
Thaha-nagarpalika-1728306703.jpg

खेल

एसियन गेम क्रीकेटमा नेपाल क्वाटर फाइनलमा प्रवेश

FB_IMG_1696137498891-1696137510.jpg

माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।

नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भयो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

माल्दिभ्सलाई अलआउट गर्न नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए ।

टी-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिने अभिनाश पहिलो नेपाली बलरसमेत बनेका छन् । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए ।

माल्दिभ्सविरुद्ध सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेल एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए ।

पहिलो खेलमा मंगोलियाविरुद्ध सबैभन्दा छिटो शतक पूरा गर्ने रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान गरे ।

यस्तै कुशल भुर्तेल र गुलशन झाले समान ३५/३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए । अरु ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए । नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एक/एक विकेट लिए ।

khanepani-1727872240.gif
degu-1728178833.jpg

world-link-1690434568.jpg
संघियताको संस्थागत बिकास गर्नु माओवादीको दायित्व :-अध्यक्ष प्रचण्ड
FB_IMG_1731253293502-1731253304.jpg

मकवानपुर २५, कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

माओवादी केन्द्र थाहाले आफ्ना नेता कार्यकर्तालाई राजनैतिक,बैचारिक प्रशिक्षण दियो।
FB_IMG_1731248947424-1731252285.jpg

नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटीको आयोजनामा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ...

थाहा-कैलाश वडा स्तरीय भलिवलको उपाधी थाहा २ लाई
FB_IMG_1731249441751-1731250830.jpg

थाहा नगरपालिकाको डाँडाबासमा जारी थाहा र कैलाशको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी खेलकुद बिकास समिति...

थाहा नगर वाइसीएलको दोस्रो अधिवेशनले केशव सुनार अध्यक्ष चुन्यो।
1731245803206-1731245822.jpg

नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको अध्यक्ष पदमा केशब सुनार चयन भएका छन्...

स्थिर सरकारको लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय व्यवस्थाको लागि अभियान चलाउछौं:- प्रचण्ड
FB_IMG_1731171365917-1731171391.jpg

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा प्रत्यक्ष...

थाहाका फोटो पत्रकार गणेश बिष्टलाई ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’
FB_IMG_1731169570100-1731170537.jpg

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् । समूहको आज...

आयोजक ए र थाहा २ वडा स्तरीय भलिबलको फाइनलमा
FB_IMG_1731162350956-1731162397.jpg

थाहा नगरपालिकाको डाँडाबासमा जारी थाहा र कैलाशको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक सल्ले...

प्रचण्ड आज थाहा आउदैं, ईन्द्रायणी चौरमा सम्बोधन गर्ने
FB_IMG_1731119324458-1731119334.jpg

मकवानपुर, २४ कात्तिक । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

थाहा र कैलाश वडा स्तरीय भलिबल:- कुन कुन टिम पुगे क्वाटरफाइनल?
FB_IMG_1731074948866-1731074988.jpg

थाहा नगरपालिकाको डाँडाबासमा जारी थाहा र कैलाशको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा...