Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

एशिया कप क्रिकेटमा वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल पानी रोकिएपछि शुरु भएको छ।

rain-1693834143.jpg

एशिया कप क्रिकेटमा वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल पानी रोकिएपछि फेरि शुरु भएको छ। 

खेल रोकिँदा २७ रन बनाएर क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरी र ११ रन बनाएका सोमपाल कामीले फेरि ब्याटिङ शुरु गरेका छन्। 

३७ ओभर ५ बलमा ६ विकेट गुमाएर नेपालले १७८ रन बनाएका बेला पानी परेपछि खेल रोकिएको थियो।

खेल रोकिएको ४५ मिनेटपछि पुनः सुरु भएको हो। ४५ मिनेट ढिला भएपनि ओभर भने घटाइएको छैन।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ६५ रनको साझेदारी गरे। 

भारतविरुद्ध नेपालका लागि अहिलेसम्म शेखले सर्वाधिक ५८ रन बनाए। ९७ बल खेलेका उनले ८ चौका प्रहार गरे। भुर्तेलले २५ बल खेल्दै ३ चौकाको मद्दतमा ३८ रन जोडे। 

गुल्सन झा २३ रन बनाएर आउट भए। भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए। 

भारतका लागि रविन्द्र जडेजाले ३, मोहम्मद सिराजले २ र शार्दुल ठाकुरले १ विकेट लिएका छन्।

वर्षाका कारण खेल अघि बढ्न सकेन भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। यसअघि पाकिस्तानसँग पराजित भएका कारण नेपाल अंकविहीन छ। पाकिस्तानसँग अंक बाँडेको भारतले १ अंक जोडेको छ। 

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png