pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

विचार / अन्तरवार्ता

एमाले राप्रपा गठबन्धनको चुरो
भवानी बराल

Bhabani-12-1650348166.jpg


एमाले र राप्रपा नेपाल गठबन्धनको विभिन्न बयानहरु आउन सक्छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीसहित पाँच दलीय सत्तारुढ गठबन्धन भएकोले सामान्यतया गठबन्धन भएको साधारण अर्थमा पनि लिन सकिन्छ । तर, यो गठबन्धनको अन्तरवस्तु भने नेपालको समसामयिक राजनीतिलाई अन्यत्र मोड्ने महत्वपूर्ण नाजायज प्रयास हो भन्ने नै लाग्छ । तलका बयानमार्फत् यसको चिरफार गर्ने कोशिस गरिने छ ।


पहिलो बयान  :


सरल बयानअनुसार एमाले राप्रपाको गठबन्धन आउँदो स्थानीय निर्वाचनमा दुबै पार्टीले आफ्नो अस्तित्व जोगाउनको लागि गरेको हो । सत्तारुढ दलको गठबन्धन बन्ने भएपछि एमाले सोत्तर हुने सम्भावना बढ्दै थियो । एमाले अध्यक्ष केपी ओलीले एमाले एक्लै एक क्विन्टलको ढक बाँकी दल किलो, सेर भने पनि वा एकातिर भैंसी (एमाले) अर्कातर्फ बाख्राको हुल गठबन्धन दल जे भने पनि एमाले नेतृत्व भित्रभित्रै आतंकित हुँदै गएको अवस्था हो । उता भर्खरै पुनर्गठित राप्रपा नेपालको त देशभर कतै एक सदस्यसम्म जित्ने आधार थिएन÷छैन । यस्तोमा कतै चिट्ठा परिहाल्छ कि भनेर गठबन्धनमा राप्रपा नेपाल एमालेकै चिह्न लिएर लड्न तयार भयो । एमाले ‘टालीटुली बाटुली कति राम्री पुतली’ गर्ने ध्याउन्नमा छ । त्यसको उन्नत पात्र राप्रपा नेपाल बाहेक हुन सक्ने सतहमा कोही थिएन । यसरी यो गठबन्धनको पहिलो बयान तुरिन्छ ।

दोस्रो बयान :


कमल थापा राप्रपाको जनाधार लिङ्देन नेतृत्वको राप्रपा पार्टीको अगाडि एक छेउमा पनि आउँदैन । तर पनि ओलीले थापालाई नै किन रोजे ? लिङ्देन राप्रपालाई किन रोजेनन् ? यो अर्को बयान हो । लिङ्देनलाई छोडेर थापा जस्तो कमजोर पात्रलाई रोज्नु पर्ने आवश्यकता के हो ? यो दोस्रो तर महत्वपूर्ण प्रश्न हो । यसमा ओलीसँग सम्बन्धित प्राविधिक प्रश्न र सैद्धान्तिक मिलेमतो जोडिएको छ । अघिल्लो प्राविधिक प्रश्न मिलेको भए पनि ओलीले लिङ्देनलाई रोज्न पनि सक्तथे । भलै सैद्धान्तिक कुरालाई थाँती राखेर भए पनि । तर, प्राविधिक कुरा मिलेन । दमक नगरपालिका ओलीको निर्वाचन क्षेत्र हो । यहाँ लिङ्देन राप्रपाका राम थापा एमालेको गठबन्धनमा मेयरमा उठ्ने केही राउण्ड कुरा भयो । तर, ओलीले यो कुरा मानेनन् । उनको निर्वाचन क्षेत्रमा आफ्नै पार्टीको हुँदा सजिलो त हुने नै भयो । तर, राप्रपाले मेयरबाहेक गठबन्धन नहुने संकेत ग¥यो । ओलीको लागि अहिले कि उपमेयर गीता अधिकारी (लोकल विद्या भण्डारी) लाई मेयरको टिकट नदिए अर्को भाँडभैलो त्यहाँ हुन्थ्यो । सैद्धान्तिक कुरा थापाको राप्रपा (थाप्रपा) सँग मिल्ने, ओली निर्वाचन क्षेत्रमा लिङ्देन हावी भएको यो रस्साकस्सीमा ओलीले सिद्धान्त रोजे । सिद्धान्त रोज्दा आफ्नो पार्टी पङ्ति यथास्थानमा हुने, सिद्धान्त पनि बच्ने उपायस्वरुप यो गठबन्धनको चयन भयो । कमल थापाले हिन्दू राष्ट्र रोजेको तर राजतन्त्र नखोजेको उद्घोष हालै गरेकोले एमालेमा रहेका ‘हिन्दू कम्युनिष्ट’हरुलाई गठबन्धन अप्ठ्यारो हुने कुरा पनि भएन । उता थापाले राजतन्त्र नखोजेको अर्थमा एमालेमा भुलचुक रहेका सिधासाधा कम्युनिष्टहरुलाई एमाले राजतन्त्रवादी नभएको भ्रम दिन पनि त्यत्तिकै सजिलो हुने नै भयो । हिन्दूत्वमा कट्टर, राजतन्त्रमा विवादास्पद विचार राख्ने राप्रपा नेपाल र हिन्दूत्वमा बहँदै गएको र वर्तमान परिवर्तनको विपक्षमा रहेको एमालेसँग यसैकारण गठबन्धन भयो । 
राजनीतिका पारखीहरुले यो गठबन्धनलाई हिन्दूवादीको दुई धारको रुपमा पनि व्याख्या गरेका छन् । एउटा धार राजासहितको हिन्दू राष्ट्र मान्ने लिङ्देनको धार र राजारहितको हिन्दू राष्ट्र मान्ने थापाको धार राजनीतिक बजारमा ल्याएका हुन् । पछिल्लो धार बनाउन भारतीय हिन्दूवादी राजनीतिक संगठनको भरथेग छ । पछिल्लो समयमा ओली हिन्दूकृत मान्यतामा लागि परेको अर्थमा पनि यो तर्कको पछि दम देखिन्छ । यसरी ओली–थापा गठबन्धनले साकार रुप लियो ।


तेस्रो बयान :


नेपालको कम्युनिस्ट आन्दोलनको एउटा धारको विघटन गराउने ओरालो झर्ने सजिलो भ¥याङको रुपमा यो गठबन्धनको संकेत हो । विश्व कम्युनिष्ट आन्दोलन यसरी नै विस्तारै विस्तारै विघटन गरिएको थियो । सोभियत संघको विघटन ख्रुश्चेभबाट सुरु गरिएर गोर्वाचोभमा आएर सम्पन्न गरियो । 
नेपालकै कम्युनिस्ट आन्दोलन पनि यस्तै तरिकाले विघटन गर्ने बारम्बार कोशिस गरिएको थियो । डा. केशरजंग रायामाझीले पनि एक्कासी कम्युनिष्ट पार्टी विघटन गरेनन् । सत्र सालको राजा महेन्द्रको ‘कू’ लाई समर्थन गरे पनि कम्युनिष्ट पार्टीको एक घटकको नेतृत्व गरिरहे । जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा वकालत गरेर भ्रम दिए । जब जनमत संग्रहमा पञ्चायतले जित्यो, रायामाझीले उनको नेतृत्वको पार्टी नै विघटन गरे । र, राजसभाको सभापतिसम्म बने । ओलीको यो यात्रा पनि त्यतै दिशातर्फ केन्द्रित छ । उनी बयल गाडे सिद्धान्तमार्फत् थापा मार्ग हुँदै एमालेको विघटन गर्न उद्धत भएका हुन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीको त उनी गर्भे विरोधी हुँदै हुन् । यी सबै परिवर्तन खारेज गर्न सामन्त कुमार गोयलकै निर्देशनमा ओलीले दुई दुई पटक संसद विघटन गरेर सुरुवात गरेका थिए तर, असफल भए । फेरि पनि ओली परम्परागत यथास्थितिवादी दक्षिणपन्थी प्रतिगामी तत्वहरुसँग साँठगाँठ गरेर परिवर्तनको किल्ला भत्काउन चाहन्छन् । यसका निम्ति उनले पशुपतिमा सुनको झलारी चढाउँदै, राम जन्मभूमिको ठोरी जगाउँदै, हलेसीमा भेटीघाटी र पाती चढाइसकेका छन् ।
 
  


 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg