Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

एमाले राप्रपा गठबन्धनको चुरो
भवानी बराल

Bhabani-12-1650348166.jpg


एमाले र राप्रपा नेपाल गठबन्धनको विभिन्न बयानहरु आउन सक्छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीसहित पाँच दलीय सत्तारुढ गठबन्धन भएकोले सामान्यतया गठबन्धन भएको साधारण अर्थमा पनि लिन सकिन्छ । तर, यो गठबन्धनको अन्तरवस्तु भने नेपालको समसामयिक राजनीतिलाई अन्यत्र मोड्ने महत्वपूर्ण नाजायज प्रयास हो भन्ने नै लाग्छ । तलका बयानमार्फत् यसको चिरफार गर्ने कोशिस गरिने छ ।


पहिलो बयान  :


सरल बयानअनुसार एमाले राप्रपाको गठबन्धन आउँदो स्थानीय निर्वाचनमा दुबै पार्टीले आफ्नो अस्तित्व जोगाउनको लागि गरेको हो । सत्तारुढ दलको गठबन्धन बन्ने भएपछि एमाले सोत्तर हुने सम्भावना बढ्दै थियो । एमाले अध्यक्ष केपी ओलीले एमाले एक्लै एक क्विन्टलको ढक बाँकी दल किलो, सेर भने पनि वा एकातिर भैंसी (एमाले) अर्कातर्फ बाख्राको हुल गठबन्धन दल जे भने पनि एमाले नेतृत्व भित्रभित्रै आतंकित हुँदै गएको अवस्था हो । उता भर्खरै पुनर्गठित राप्रपा नेपालको त देशभर कतै एक सदस्यसम्म जित्ने आधार थिएन÷छैन । यस्तोमा कतै चिट्ठा परिहाल्छ कि भनेर गठबन्धनमा राप्रपा नेपाल एमालेकै चिह्न लिएर लड्न तयार भयो । एमाले ‘टालीटुली बाटुली कति राम्री पुतली’ गर्ने ध्याउन्नमा छ । त्यसको उन्नत पात्र राप्रपा नेपाल बाहेक हुन सक्ने सतहमा कोही थिएन । यसरी यो गठबन्धनको पहिलो बयान तुरिन्छ ।

दोस्रो बयान :


कमल थापा राप्रपाको जनाधार लिङ्देन नेतृत्वको राप्रपा पार्टीको अगाडि एक छेउमा पनि आउँदैन । तर पनि ओलीले थापालाई नै किन रोजे ? लिङ्देन राप्रपालाई किन रोजेनन् ? यो अर्को बयान हो । लिङ्देनलाई छोडेर थापा जस्तो कमजोर पात्रलाई रोज्नु पर्ने आवश्यकता के हो ? यो दोस्रो तर महत्वपूर्ण प्रश्न हो । यसमा ओलीसँग सम्बन्धित प्राविधिक प्रश्न र सैद्धान्तिक मिलेमतो जोडिएको छ । अघिल्लो प्राविधिक प्रश्न मिलेको भए पनि ओलीले लिङ्देनलाई रोज्न पनि सक्तथे । भलै सैद्धान्तिक कुरालाई थाँती राखेर भए पनि । तर, प्राविधिक कुरा मिलेन । दमक नगरपालिका ओलीको निर्वाचन क्षेत्र हो । यहाँ लिङ्देन राप्रपाका राम थापा एमालेको गठबन्धनमा मेयरमा उठ्ने केही राउण्ड कुरा भयो । तर, ओलीले यो कुरा मानेनन् । उनको निर्वाचन क्षेत्रमा आफ्नै पार्टीको हुँदा सजिलो त हुने नै भयो । तर, राप्रपाले मेयरबाहेक गठबन्धन नहुने संकेत ग¥यो । ओलीको लागि अहिले कि उपमेयर गीता अधिकारी (लोकल विद्या भण्डारी) लाई मेयरको टिकट नदिए अर्को भाँडभैलो त्यहाँ हुन्थ्यो । सैद्धान्तिक कुरा थापाको राप्रपा (थाप्रपा) सँग मिल्ने, ओली निर्वाचन क्षेत्रमा लिङ्देन हावी भएको यो रस्साकस्सीमा ओलीले सिद्धान्त रोजे । सिद्धान्त रोज्दा आफ्नो पार्टी पङ्ति यथास्थानमा हुने, सिद्धान्त पनि बच्ने उपायस्वरुप यो गठबन्धनको चयन भयो । कमल थापाले हिन्दू राष्ट्र रोजेको तर राजतन्त्र नखोजेको उद्घोष हालै गरेकोले एमालेमा रहेका ‘हिन्दू कम्युनिष्ट’हरुलाई गठबन्धन अप्ठ्यारो हुने कुरा पनि भएन । उता थापाले राजतन्त्र नखोजेको अर्थमा एमालेमा भुलचुक रहेका सिधासाधा कम्युनिष्टहरुलाई एमाले राजतन्त्रवादी नभएको भ्रम दिन पनि त्यत्तिकै सजिलो हुने नै भयो । हिन्दूत्वमा कट्टर, राजतन्त्रमा विवादास्पद विचार राख्ने राप्रपा नेपाल र हिन्दूत्वमा बहँदै गएको र वर्तमान परिवर्तनको विपक्षमा रहेको एमालेसँग यसैकारण गठबन्धन भयो । 
राजनीतिका पारखीहरुले यो गठबन्धनलाई हिन्दूवादीको दुई धारको रुपमा पनि व्याख्या गरेका छन् । एउटा धार राजासहितको हिन्दू राष्ट्र मान्ने लिङ्देनको धार र राजारहितको हिन्दू राष्ट्र मान्ने थापाको धार राजनीतिक बजारमा ल्याएका हुन् । पछिल्लो धार बनाउन भारतीय हिन्दूवादी राजनीतिक संगठनको भरथेग छ । पछिल्लो समयमा ओली हिन्दूकृत मान्यतामा लागि परेको अर्थमा पनि यो तर्कको पछि दम देखिन्छ । यसरी ओली–थापा गठबन्धनले साकार रुप लियो ।


तेस्रो बयान :


नेपालको कम्युनिस्ट आन्दोलनको एउटा धारको विघटन गराउने ओरालो झर्ने सजिलो भ¥याङको रुपमा यो गठबन्धनको संकेत हो । विश्व कम्युनिष्ट आन्दोलन यसरी नै विस्तारै विस्तारै विघटन गरिएको थियो । सोभियत संघको विघटन ख्रुश्चेभबाट सुरु गरिएर गोर्वाचोभमा आएर सम्पन्न गरियो । 
नेपालकै कम्युनिस्ट आन्दोलन पनि यस्तै तरिकाले विघटन गर्ने बारम्बार कोशिस गरिएको थियो । डा. केशरजंग रायामाझीले पनि एक्कासी कम्युनिष्ट पार्टी विघटन गरेनन् । सत्र सालको राजा महेन्द्रको ‘कू’ लाई समर्थन गरे पनि कम्युनिष्ट पार्टीको एक घटकको नेतृत्व गरिरहे । जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा वकालत गरेर भ्रम दिए । जब जनमत संग्रहमा पञ्चायतले जित्यो, रायामाझीले उनको नेतृत्वको पार्टी नै विघटन गरे । र, राजसभाको सभापतिसम्म बने । ओलीको यो यात्रा पनि त्यतै दिशातर्फ केन्द्रित छ । उनी बयल गाडे सिद्धान्तमार्फत् थापा मार्ग हुँदै एमालेको विघटन गर्न उद्धत भएका हुन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीको त उनी गर्भे विरोधी हुँदै हुन् । यी सबै परिवर्तन खारेज गर्न सामन्त कुमार गोयलकै निर्देशनमा ओलीले दुई दुई पटक संसद विघटन गरेर सुरुवात गरेका थिए तर, असफल भए । फेरि पनि ओली परम्परागत यथास्थितिवादी दक्षिणपन्थी प्रतिगामी तत्वहरुसँग साँठगाँठ गरेर परिवर्तनको किल्ला भत्काउन चाहन्छन् । यसका निम्ति उनले पशुपतिमा सुनको झलारी चढाउँदै, राम जन्मभूमिको ठोरी जगाउँदै, हलेसीमा भेटीघाटी र पाती चढाइसकेका छन् ।
 
  


 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg