Wednesday, 08 May, 2024
बागमती प्रदेश

एक महिनाभित्र सडकका खाल्डा पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन,

rrrrrrrrrrrrrrr-1672762828.jpg

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको खाल्डोहरु पुर्न उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।  मंन्त्रालय मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ्ग कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन।’ यसको लागि राजनीतिज्ञ र कर्मचारीले शुसासन कायम गर्न आत्माआलोचना सहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य रहेकोमा उपप्रधानमन्त्री श्रेष्ठको जोड रहेको छ ।


झण्डै ४ घण्टा लामो ब्रिफिंगमा सडक बिभाग मातहतको सम्पूर्ण आयोजना र अवस्थितिको ब्रिफिंग गरिएको थियो । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अत्यन्त समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कारबाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको उपप्रधानमन्त्री श्रेष्ठको स्वकीय सचिव विजय गौतमले बताए ।

  जागिरे मानसिकताबाट माथि उठेर विकास निर्माणमा जिम्मेवार हुन कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले सञ्चालित सम्पूर्ण आयोजनाको अवस्था र भावी योजना ५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । साथै भौतिक पूर्वाधार केन्द्रीत कार्यदल बनाएर सुधारको परिणाममूखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...