himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

कृषि

उत्पादनको उचित मुल्य नपाउदा थाहाका किसान चिन्तित ।

FB_IMG_1687226002131-1687226016.jpg

राजकुमार केसी। थाहा नगर/ तरकारी खेतीको उर्वर क्षेत्र मकवानपुरको थाहा नगरपालिकाका किसानहरु उत्पादनको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउँदा उनीहरु चिन्तित बनेका हुन् ।
थाहा नगरपालिका वडा नं. ३ का किसान भुवन सेढाईले ७ हजार बन्दाको बेर्ना रोपेका थिए । अहिले बिक्रीका लागि तयार भैसक्यो । सामन्यतया उक्त बन्दा १० टन उत्पादन हुन्छ । १० रुपैंया प्रति किलोमा बेच्न पाउँदा १ लाख आम्दानी हुन्छ । सेढाईले भने, ‘तीन महिना मेहनत गर्दा १ लाख आम्दानी हुन्थ्यो ।’ उनले थपे, ‘२५ हजार लगानीमा खर्च हुँदापनि ७५ हजार बचत हुन्थ्यो । कुनै समय ५० रुपैंया किलोमा समेत बिक्री हुनगरेकोे बन्दा यसपाली प्रति किलो ३ रुपैयामा पनि बिक्न मुस्किल छ ।’

त्यस्तै थाहा नगरपालिका वडा नं. ४ फापरबारीका कृषक कुमारी तामाङले उत्पादन गरेको करिब ३ टन मुला ५÷६ रुपैयामा बिक्री हुन पनि मुस्किल छ । तामाङले भनिन्, ‘लगानी नै १० हजार भन्दा बढी लाग्छ । जम्मै मुला बेच्दा २० हजार पनि आउँदैन कसरी जीवन धान्नु ?’

सेढाई र तामाङ प्रतिनिधि पात्र मात्रै हुन । उनीहरु जस्ता सयौं किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउँदा चिन्तित भएका छन् । अन्य तरकारीको तुलनामा बन्दा र मुलाको खेती बढी भएको अवस्थामा बिक्री मूल्य निकै कम हुँदा लगानी डुबेर नोक्सानी हुने अवस्था आएको बताउँछन ।

बर्सेनी आफूले उत्पादन गरेका तरकारीले मूल्य नपाएपछि कृषकहरु बिकल्पको रुपमा बैदेशिक रोजगारी रोज्नुपर्ने बाध्यतामा परेको स्थानीय कृषक तोकबहादुर लो ले दुखेको पोखे । थाहा नगरमा काउली, मुला, बन्दा, गाँजर, खुर्सानी, धनियाँ लगायतको तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन हुने तरकारी मध्य बन्दा र मुलाको बिक्री मूल्य निकै कम भएको किसानहरुको गुनासो छ ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...