Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

इन्द्रायणी चौरलाइ राम्रो खेल मैदान बनाउन सहयोग गर्छु :- मन्त्री ढकाल।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले थाहा नगरको खेलकुद बिकासको लागि भौतिक पुर्बाधार आबश्यक रहेकोले नगरको इन्द्रायणी चौर खेल मैदानलाई राम्रो खेल मैदानको रूपमा बिकास गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयको छ।आज थाहा नगरमा आयोजित तेस्रो थाहा गोल्डकपको समापन तथा पुरस्कार बितरणको अबसरमा आफ्नो भनाइ राख्दै मन्त्री ढकालले सो कुरा बताउनुभयो ,मन्त्री ढकालले यस्तो मैदानमा पनि खेल खेलेको देख्दा नगरलाइ मैदानको आबश्यकता देखेको बताउदै नगरपालिकाले प्रस्ताब लियर आय उचित खेल मैदानको रुपमा इन्द्रायणी चौरलाइ बिकास गर्न आफुले पहल गर्ने तेस्कोलागी नगरपालिका सङ समन्वय गरेर अगाडि बढ्ने बताए ,वहाँले थाहा आन्दोलनका धरोहर रुपचन्द्र बिष्टको स्मृतिमा नगरले खेल आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै खेलकुदका कार्यक्रमलाई तिनै तहका सरकारले प्राथमिकतामा राखेको बताउदै मन्त्री ढकालले संघको कतिपय खेलकुद नितिहरु प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण नहुदा स्थानीय तहमा खेलकुद बिकाशमा बाधा परिरहेको बताउनुभयो।साथै वहाले यश अगाडिको बागमती प्रदेश सरकारले खेल क्षेत्रको बजेटमा कटौती गरेकोले खेलकुदमा आयको बजेट कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो मन्त्री ढकालले स्थानियस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल र खेलाडीको दिगो बिकाशमा टेवा पुग्ने बताउदै भौतिक पुर्बाधारको बिकास ले मात्र खेल क्षेत्रको बिकाश संभव रहेको औल्याउँदै खेल ,खेलाडी तथा युवा लक्ष्य कार्यक्रमलाई प्रदेश सरकारले महत्त्वका साथ राख्दै खेलाडीको क्षमता बिकासमा लागिपर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता सम्म पुर्याउन स्थानिय स्तरमानै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।
तेसैगरी बिजेता तथा उपबिजेता टोलिलाइ बधाई तथा शुभकामना दिदै थाहा नगरका प्रमुख लबशेर बिष्टले थाहा गोल्डकपलाई नगरले निरन्तर संचालन गर्ने बताउनुभयो।
थाहा नगर खेलकुद बिकाश समितिका संयोजक राजेस केसि को अध्यक्षतामा सम्पन्न समारोहमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशी ,थाहा नगरपालिका का प्रशासकीय अधिकृत हरिलाल पुरी ,थाहा नगर उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान ,नेकपा एकीकृत समाजबादिका बागमती प्रदेश सदस्य कल्याण बिक्रम घलान,थाहा नगरपालिकाका राजनैतिक सल्लाहकार बिस्णु बिष्ट आदर्श ,नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी ,माओवादी केन्द्र थाहा नगरका नेता अरुण रायमाझी ,नेकपा एमालेका नगर उपसचिव सुजन रायमाझी ,इप्रका पालुङ का प्रमुख श्रीराम तिमिल्सिना ,पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष पुर्शोत्तम कार्की ,फरक सोचका अध्यक्ष यादव रायमाझी थाहा नगरका जनप्रतिनिधि हरु लगायतको उपस्थिति रहेको थियो।
गत पुस २६ गते देखि संचालित प्रतियोगिता मा २६ टिमको सहभागिता रहेकोमा फाइनलमा अङ्गारा युवा क्लब थाहा नगरले एम के सि बारा ११ फुटबल क्लबलाइ १-० गोलले पछि पार्दै उपाधी चुमेको हो।प्रतियोगिता संचालन गर्न सहयोग गर्ने सस्था ,ब्यक्ती ,आयोजक अफिसियल मिडिया ,निर्णायक हरुलाइ सम्मान गरियको थियो।
प्रतियोगिताको प्रथम पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरण बहादुर जोशी ले १ लाख रुपैया प्रायोजन गरेका थिय भने दोस्रो पुरस्कार ५० हजार रुपियाँ स्वच्छन्द निर्माण प्राली का जयराम लामिछाने ले गरेको तथा अन्य आर्थिक सहयोग च्वाइस नेपाल,नेपाल बैंक ,कृषि बिकाश बैंक ,पालुङ बहुउद्देश्यीय सहकारी सस्था,महालक्ष्मी बिकास बैंक ले गरेको प्रतियोगिताका ब्यबस्थापक अनिल लामिछाने ले बताउनुभयो।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg