Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

इजरायलमा सिकेको सिप आफ्नै माटोमा पोख्दै थाहाका युवा
वार्षिक १५ लाखको आम्दानी

FB_IMG_1693303637039-1693303651.jpg

विदेशमा सिकेको सीपलाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । यसलाई पुष्टि गरेका छन्  थाहा नगरपालिका वडा न ९ चित्लाङका पुरुषोत्तम लामिछानेले। उनले इजरायलमा सिकेको कृषि ब्यवसाय सम्बन्धी सीप जन्मभूमि फर्केर ब्यवहारमा प्रयोग गरे । उनले गाउँमा व्यवसायिक र आधुनिक कृषि व्यवसाय थालनी गरेका छन्  ।

लामिछाने बि.स.२०७४ मा साना किसान कृषि सहकारी संस्था चित्लाङबाट कृषि सम्बन्धी तालिम लिन इजरायल पुगेका थिए । त्यहाँ १२ महिनाको प्राविधिक कृषि तालिमपश्चात स्वदेश फकिएका लामिछानेले आफ्नै जन्मभूमिमा केही गर्नुपर्छ भन्नेहेतुले आफ्नै घरबाट ३ लाख लगानीमा व्यवसाय सुरु गरेका हुन् ।

इजरायलको मरुभूमिमा चमत्कारिक कृषि व्यवसाय देखेका लामिछानेले त्यहाँबाट फर्केलगत्तै आधुनिक टनेल निर्माण गरी गोलभेडाको खेतीबाट सुरु गरेका हुन। हाल ६ रोपनी जग्गामा १९ वटा टनेलमा व्यावसायिक कृषि कर्म गरिरहेका लामिछानेले यस बर्ष अहिले सम्ममा ११ टन गोलभेडा बेचिसकेका छन। यस बर्ष गोलभेडाको बजारमा भाउ राम्रो भएकोले गोलभेडा बाट मनग्य आम्दानी भएको उनको अनुभव छ ।

उनले आधुनिक तवरबाट टनेल निर्माण गरी गोलभेँडा खेती गर्दै आएका छन् । उनले बारीमा मौसमअनुसारको आलु, काउली,अकबरे खुर्सानी ,भेडेखुर्सानी, वन्दालगायतको तरकारीसमेत उत्पादन गर्दै आाएका छन् । बिऊसमेत आफैले उत्पादन गर्दै आएका बस्नेतले बार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए ।

लामिछानेले अहिले आफ्नो खेर गैरहेको १७ रोपनी पाखालाइ थाहा नगरपालिकाको अनुदानमा विभिन्न फलफुलले सजाएका छन। अहिले लामिछानेले चार सय तेह्रथुमे स्थानीय जातको कागती सहित किवि र दाते ओखरको समेत खेती गरि सफल भएका छन। "यो कागतीको पहिलो बर्ष भएकोले १५ सय केजि कागती उत्पादन हुने" भन्दै उनले आगामी बर्ष ७ टन सम्म कागती उत्पादन हुने बताए। आधुनिक कृषि व्यवसायमा लागेका लामिछाने उत्पादित सामानको बजारको समस्या नरहेको तर बजारसम्म आफ्ना उत्पादन पुर्याउन बाटोघाटोको समस्या र कामदारको समस्या झेल्नु परेको उनले गुनासो गरे ।

लामिछानेका अनुसार "आधुनिक कृषि खेती गर्नको लागि दक्ष कामदार चाहिन्छ तर हामीकहाँ दक्ष कामदारको अभाव हुदा सबै काम आफैले गर्नुपर्ने हुन्छ"अहिले श्रीमती र आफुले गरिरहेको बताउदै चाहिएको बेला बीउ, मल र प्राविधिक जनशक्ति पाएमा र बिचौलिया नरहेमा कृषि कामबाटै मनग्ये दाम कमाउन सकिने बताउँछन् । लामिछानेले  उत्पादन गरेका तरकारी काठमाडौ लगायत नेपालको तराइ र स्थानीय खपत हुँदै आएको छ ।

स्थानीय व्यवसायी र साना किसान सहकारी मिलेर गाउँमा भएको उत्पादनलाई नियमित राजधानी लैजाने  सरवारी साधन र बजारको व्यवस्था मिलाउने गरेको उनले सुनाए । बर्खाको समयमा पनि सवारी सधान हिड्न सक्ने बाटो र बजारको राम्रो व्यवस्था भए थाहामा धेरै युवा कृषिमा आकर्षित हुने उनको दावी छ ।

इजरायलमा सिकेको सिप गाउँमै लगाएर बार्षिक रुपमा लाखौ रुपया आम्दानी गर्न सफल हुँदा छुट्टै खालको आनन्द र सन्तुष्टि मिलेको उनले बताएका छन् ।  हिजोआज कृषि व्यवसायको बारेमा सल्लाह सुझाव लिन लामिछाने कहाँ जाने युवाहरु पनि धेरै छन् । आफूले सिकेको कुरा अरुलाई पनि सिकाउँदै आएका लामिछाने भन्छन् ‘श्रम गर्न सके देशकै मोटोमा रोजगारी मिल्ने रहेछ ।’ हाम्रो देश कृषि प्रधान देश भए पनि सरकारले किसानको हितका लागि खासै सहयोग नगरेको उनको गुनासो छ ।

युवाहरुलाई व्यवसायिक कृषि पेसामा लाग्न सरकारले अनुदानको व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ । ‘सरकारले कृषिकलाई अनुदान दिए विदेश जाने युवाहरु स्वदेशमै कृषि व्यवासय गरेर बस्ने थिए, आज किन गाउघरको खेतियोग्य जमिन बाँझो हुन्थ्यो ?’ लामिछानेले प्रश्न गरे, ‘आफ्नै देशको माटोमा श्रम  गरे यही मनग्य आम्दानी गर्न सकिने भएपछि खाडी मुलुक किन जानु ?’ । उनले युवाहरुलाई कृषि व्यवसायमा लाग्न आग्रह गरे ।  स्वदेशमा रोजगारी नपाएर दैनिक हजारौँ नेपाली युवाहरु रोजगारीको लागि खाडीलगायतका देश जाने गर्दछन् । आफ्नै देशको माटोमा श्रम गरे यही मनग्य आम्दानी गर्न सकिने उदाहरण लामिछाने आफैं छन् । उनलाई हेरेर आजैदेखि अरु युवाले पनि कृषि व्यवसाय अपनाउने कि ?

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...