himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

खेल

आठौं संस्करणको विनयबाबु बस्नेत स्मृति भलिबल आजबाट सुरु १२ टिमको सहभागिता

FB_IMG_1760885671085-1760885777.jpg

मकवानपुर थाहा नगरपालिकामा आज बिहानबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
 विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान थाहा नगरपालिका वडा नम्बर २ को आयोजनामा आठौं संस्करणको प्रतियोगिता फाँटवजारमा सुरु भएको हो। खेलको वडा न २ का अध्यक्ष बम बहादुर सिन्तानवाट उद्घाटन गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बम बहादुर सिन्तानले कुनै पनि खेलहरुको आयोजनाले नगरको प्रवर्धनमा सहयोग पुग्नुका साथै राम्रा राम्रा खेलाडी पहिचान हुने वताउँदै वडा न २ यस्ता कार्यक्रम गर्नका लागि सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रम आयोजना निरन्तरताको लागि संस्थाले  अक्षयकोषको व्यवस्था गर्नु पर्ने वताउँदै खेलाडीहरुलाई अनुशासित भई खेल सम्पन्न गर्न अनुरोध गर्नु भयो ।
     शेखर कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा बिकेशबाबू बस्नेतले स्वागत मन्तव्य राख्नु भएको उद्घाटन समारोहमा जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । 
    कार्यक्रममा प्रतिष्ठानका संरक्षक स्वर्गिय अर्जुन बहादुर कार्की र विनय बाबु बस्नेतको तस्विरमा माल्यार्पण सहित मौन धारण गरिएको थियो ।  १२ टिमको सहभागिता रहेको यप्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।
     सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक कार्कीले जानकारी दिए । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २८ हजार ८ सय ८८रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र सहित बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित मेडल तथा प्रमाणपत्र  पाउने प्रतिष्ठानले जनाएको छ । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...