pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

आठौं संस्करणको विनयबाबु बस्नेत स्मृति भलिबल आजबाट सुरु १२ टिमको सहभागिता

FB_IMG_1760885671085-1760885777.jpg

मकवानपुर थाहा नगरपालिकामा आज बिहानबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
 विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान थाहा नगरपालिका वडा नम्बर २ को आयोजनामा आठौं संस्करणको प्रतियोगिता फाँटवजारमा सुरु भएको हो। खेलको वडा न २ का अध्यक्ष बम बहादुर सिन्तानवाट उद्घाटन गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बम बहादुर सिन्तानले कुनै पनि खेलहरुको आयोजनाले नगरको प्रवर्धनमा सहयोग पुग्नुका साथै राम्रा राम्रा खेलाडी पहिचान हुने वताउँदै वडा न २ यस्ता कार्यक्रम गर्नका लागि सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रम आयोजना निरन्तरताको लागि संस्थाले  अक्षयकोषको व्यवस्था गर्नु पर्ने वताउँदै खेलाडीहरुलाई अनुशासित भई खेल सम्पन्न गर्न अनुरोध गर्नु भयो ।
     शेखर कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा बिकेशबाबू बस्नेतले स्वागत मन्तव्य राख्नु भएको उद्घाटन समारोहमा जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । 
    कार्यक्रममा प्रतिष्ठानका संरक्षक स्वर्गिय अर्जुन बहादुर कार्की र विनय बाबु बस्नेतको तस्विरमा माल्यार्पण सहित मौन धारण गरिएको थियो ।  १२ टिमको सहभागिता रहेको यप्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।
     सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक कार्कीले जानकारी दिए । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २८ हजार ८ सय ८८रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र सहित बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित मेडल तथा प्रमाणपत्र  पाउने प्रतिष्ठानले जनाएको छ । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg