pani-1786865868.jpg
Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

जीवनशैली

आज साउन १५ खीर खाने दिन, कसरी चल्यो खीर खाने चलन ?

khirrrr-1627614166.jpg


 १५ साउन । साउनको १५ गते अर्थात खीर खाने दिन । हाम्रो नेपाली परम्परामा ऋतुअनुसार आउने पर्व र त्यही पर्वअनुसार खाने खानाहरु छन्। असार १५ मा हामी दहि च्यिूरा खान्छौ भने साउन १५ गते खीर ।

माघे सक्रातिमा तरुल, चाकु खान्छौ भने जनै पूर्णिमामा क्वाटी खाने गर्दछौ । हामीले मान्दै आएका यस्ता पर्वहरु छन् जस्को सांस्कृतिक मूल्यमान्यता सँगै खानपानका समेत छुट्टै विशेषता रहिआएका छन्।

आजका दिन हामीहरुले गाईभैँसीको दूधमा मिल्ने स्थानीय जातका चामल, सख्खर वा चिनी, नरिवल, छोकडा, बदाम, किसमिस, ल्वाङ, सुकुमेल, मरिच र दालचिनीजस्ता मसला मिसाएपछि स्वादिलो र पोषिलो खीर बनाएर खान्छौं ।

साउन १५ मै खीर खाने चलन कसरी चल्यो ?

हरियालीको महिना साउन । वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली हुने गर्छ। प्रशस्त घाँसपात हुने भएकाले गाईभैँसीले प्रशस्त दूध दिन्छन्। गाँउघरमा पहिले पहिले दूध बेच्ने प्रचलन थिएन । अब दूधको गर्ने के रु प्रशस्त दूध भएपछि उपयोग त गर्नैपर्‍यो। मुखको स्वाद फेर्न, असारभरि र साउनको आधाआधीसम्म खेतबारीमा खट्दा लागेको चिसो भगाउन पनि खीर खाने चलन चलेको विज्ञहरुको दाबी छ ।

असार( साउन महिनामा धेरै वर्षा हुने र पानीले भिज्दा विभिन्न किसिमका रोग(व्याधिहरु लाग्ने तथा बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउन खिर खान उपयुक्त हुने आयुर्वेदले बताउँछ ।

आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् । खिरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ। ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। खिरले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा मानव स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।

वर्षायाममा विभिन्न संक्रमण भइ रोग लाग्ने गर्दछन् । त्यसैले रोग नलागोस् र संक्रमण नहोस्, थकान नलागोस् , फुर्ति प्रदान होस् भन्ने हेतुले खिर खाने गरिन्छ । गर्मी महिना भएको कारणले शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ। यी र यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन साउन महिनामा दुध र दुधजन्य पदार्थको बढी नै सेवन हुने गरेको पाइन्छ ।

शाहाकारी महिनाको रूपमा चिनिने साउनका लागि खीर उपयुक्त परिकार मानिन्छ। त्यसो त साउन १५ लाई खीर खाने पर्वको रूपमा लिइन्छ। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ।

साउनमा खीरलाई प्रसादको रूपमा प्रयोग गर्नुका साथै व्रत बसेको दिन बेलुका कतिपयले खीर खाने गर्छन्। व्रत बसेको दिन नुन खानु हुन्न भन्ने मान्यता एकथरीमा रहेकाले यस्तो अवस्थामा रात्रिकालीन भोजनको रूपमा खीर उपयुक्त मानिन्छ। खीर हामी सबैलाई मन पर्नेमध्येको परिकार हो।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...