Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

जीवनशैली

आज कुशे औंसी,बुवाको मुख हेरिदै।

Screenshot_20220827-08002-1661566646.png

हिन्दु धर्मशास्त्रअनुसार शनिबार घरको मूलढोकामाथि कुश सिउरेर कुसे औंसी पर्व मनाइँदै छ। चान्द्रमासअनुसार प्रत्येक संवत्सरको भाद्र कृष्णपक्ष औंसीका दिन मनाइने यस पर्वलाई पिता सम्मान दिवस वा बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ।  

यस दिन शास्त्रीय विधिद्वारा ब्राह्मण–पुरोहितहरूले बिहानको नित्यकर्मपछि बगैंचा वा फूलबारीमा गई कुशको पूजा गरी जरैसहित उखेलेर यजमानका घरको मूलढोकामाथि वा दलिनमा सिउरिदिने चलन छ । घरमा कुश राख्नाले वा भिœयाउनाले वर्षभरि घरभित्र दूषित वायु, विद्युतीय तरङ्ग तथा भूतप्रेतको प्रवेश नहुने र परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ। हिन्दु धर्ममा उल्लेख गरिएका जन्मदेखि मृत्युपर्यन्तका सम्पूर्ण सोह्र संस्कारसम्बन्धी पूजामा कुशको प्रयोग गर्नुपर्ने शास्त्रले नै विधान गरिदिएको छ। वैदिक परम्परादेखि नै कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको रूप मानेको पाइन्छ।

अथर्व वेद, शिवपुराण, गरुडपुराण, विष्णुपुराण, श्रीमद्भागवत महापुराणलगायत शास्त्रमा कुशको उल्लेख पाइन्छ। यस दिन राखिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ। देवकार्यमा दाहिने हातको काँहिली (अनामिका) औंलामा र पितृकार्यमा माहिली (तर्जनी) औंलामा कुशको औंठी बनाएर लगाउने चलन छ। यसले वातावरणमा भएका खराब तरङ्ग वा विकिरणहरूलाई निस्तेज पार्ने र कार्य गर्दा कर्तालाई संयम बनाउने धार्मिक तथा वैज्ञानिक मान्यता रहेको छ।  

त्यसैगरी यसै दिन पितृसम्मान दिवस पनि मनाइन्छ। यस दिन जन्म दिने पिताको सम्मान गरी जन्यजनक भाव सम्बन्धलाई प्रगाढ बनाउने परम्परा रहेको छ। श्रुतिस्मृतिमा ‘आत्मा वै पुत्रः’ अर्थात् कुनै पनि सन्तान व्यक्तिको आफ्नो स्वरूपको रूपमा जन्मिएको हुन्छ भनिएको छ। साथै ऋणत्रयमध्ये पितृऋण तिर्नु हरेक मनुष्यको कर्तव्य हो भनेर शास्त्रले उल्लेख गरेको छ भने मनोवैज्ञानिकहरूले पनि यस कुरालाई स्वीकार गर्दै बाबुपट्टि सात पुस्ता र आमापट्टि सात पुस्तादेखि वंशाणुगत गुण आउने तथ्य स्वीकार गरेका छन्। तसर्थ यस दिन पिताकै स्वरूपमा जन्म लिएका हरेक सन्तानले पिताको सम्मान गर्ने वैदिक कालदेखि नै परम्परा विकसित भएको पाइन्छ।

यस दिन पिता जीवित हुनेले मीठामीठा पक्वान्न तयार पारी खुवाउने, उपहारका रूपमा न्याना कपडा तथा गरगहना दिने, बुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ। त्यस्तै, पिताको देहावसान भइसकेकाहरूले चाहिँ पितृमुक्तिको कामना गर्दै औंसीको अघिल्लो दिन एक छाक मात्र सात्विक भोजन गर्ने र औंसीको दिन बिहानै बुवाको तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय, संगमस्थलआदि तीर्थमा गएर स्नान गर्ने, पितृ–पितामह–प्रपितामहलगायत पितृलाई तर्पण गर्ने, पिण्डदान गर्ने र ब्राह्मणहरूलाई दानदक्षिणा दिने धार्मिक मान्यता रहेको छ। साथै, यस दिन काका, बडाबा, कर्म दिने ससुराबुवालगायतको मुख दर्शन गर्ने र सम्मान गर्नेसमेत चलन रहेको छ।

‘माता गंगा समा तीर्थ पिता पुष्करमेव च

गुरुः केदारकं तीर्थ माता तीर्थ पुनः पुनः।

भरणं पोषणञ्चैव भोजनं रससंयुतम्  

कारितामेव भो तात पितृदेव नमोऽस्तुते।

शास्त्रमा आमा गंगासमान र पिता पुस्कर क्षेत्रसमान तीर्थ हुन् भनिएको छ। ‘यहाँले भरणपोषण गर्नुभयो, मीठामीठा रसयुक्त पक्वान्न तयार पारेर खुवाउनुभयो, लौकिक तथा पारलौकिक खुसी एवं सुख वहन गर्ने सक्षम पात्र बनाउनुभयो तसर्थ म हजुरको सदासदा ऋणी छु’ भनेर मातापितालाई नमन गरेको प्रसंग धर्मशास्त्रमा उल्लेख छ। पिताको स्मृतिमा कतिपयले यसै दिन गुरुकुल, पाठशााला, मठमन्दिरमा रहेका पराश्रित बटुक, ब्राह्मण र साधुसन्तलाई भोजन गराउने, वस्त्रदान गर्ने, त्यस्तै पिताको नाममा अक्षयकोष खडा गर्ने, धारा, पाटीपौवा, चौतारा, धर्मशाला आदि निर्माण गर्नेजस्ता सुकार्य गर्ने परम्परासमेत रहेको पाइन्छ ।  

त्यस्तै ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण, दानदक्षिणा गरेमा पुण्य मिल्नुका साथै आफ्नो वंशमा सुखसन्तति वृद्धि हुने धर्मग्रन्थमा उल्लेख छ। आजकै दिन काठमाडौंको गोकर्ण, सुनसरीको वराहक्षेत्र, विष्णुपादुका, देवघाट आदि क्षेत्रमा पितृश्राद्ध गरे पितृहरूको मोक्ष हुने र पितृको आशिष लाग्ने शास्त्रीय मान्यताका आधारमा यी क्षेत्रमा भिड लाग्ने गरेको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...