haija2-1723182882.jpg
Wednesday, 11 Sep, 2024
jkmv-1721483934.jpg

जीवनशैली

आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

IMG_20240902_090609_361-1725247830.jpg

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । 

यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।  

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको छ । अरू दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । 

 प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेका छन् ।

palung-campus-1723207434.jpg
haija1-1723182927.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो बिश्व आत्महत्या रोकथाम दिवस
FB_IMG_1725978614623-1725982242.jpg

थाहा नगरपालिकामा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा थाहा नगरपालिकाको...

कर्मचारीलाई नगरप्रमुख बिष्टको निर्देशन:-प्राप्त उपलब्धिको संरक्षण गर्दै काम गर्नु।
1725980376866-1725980406.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले पालिकाका उपलब्धि हरुलाई संस्थागत गर्दै काम गर्न निर्देशन दिएका...

माओवादी भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न
1725891257328-1725891283.jpg

हेटौंडा । भाद्र २४ गते/ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो...

बाबू छोरीको कथामा ‘रंगी’ बनाउँदै सलोन !
FB_IMG_1725857178095-1725857539.jpg

थाहा नगर,२४ भाद्र/ सलोन-सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत...

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
1725759919053-1725759937.jpg

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र...

पत्रकार ढुंगानालाई दुर्व्यवहार
1725732175009-1725759278.jpg

काेल्हबी न्युजका सञ्चालक/अध्यक्ष तथा बारा जिल्लाका पत्रकार अशेष ढुङ्गानालाई कोल्हबीको नेवारी खाजा घर एण्ड लजका...

अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छ : नगर प्रमुख बिष्ट 
FB_IMG_1725726852846-1725727098.jpg

थाहा नगर, २२ भदौ/नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको थाहा नगरपालिकाका नगर प्रमुख...

थाहामा खानेपानीको ‘हाउस कनेक्शन’ सुरु, प्लम्बरहरु सूचीकृत
1725633447843-1725633555.jpg

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको ‘हाउस कनेक्शन’ अर्थात घरमा...

प्रिमियम सिरिज ओ ! सासुजी भाद्र २१ गते शुक्रबारबाट प्रसारण हुने
1725539682805-1725539780.jpg

सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ सासुजी अब टेलिभिजनमा प्रसारण हुने भएको छ । हिन्दु महिलाहरुको महान...