dandajariwana-1728132545.jpg
Friday, 11 Oct, 2024
Thaha-nagarpalika-1728306703.jpg

जीवनशैली

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

1725759919053-1725759937.jpg

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका तिजको व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको प्रा डा भट्टराईले बताए ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

khanepani-1727872240.gif
degu-1728178833.jpg

world-link-1690434568.jpg
आग्रा बाट ल्याइएको फुलपाती,पालुङको दशैं घरमा भित्र्याईयो।
462594637_144946831907600-1728564992.jpg

पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित...

नवरात्रको सातौं दिन:-आज पुजा कोठा वा दशैघरमा फुलपाती भित्र्याइँदै
FB_IMG_1728519047294-1728519337.jpg

बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ।   नौ दुर्गामध्येकी...

थाहामा भेटिएको दुई वटा बिषालु सर्प किङ कोब्राको उद्दार।
1728313180167-1728313298.jpg

थाहा नगरपालिकाको वडा न ४ र वडा न १ बाट तीन दिनमा २ वटा अति बिषालु सर्प किङ कोब्रा जातको सर्पको उद्दार गरिएको...

बाढी पहिरोबाट थाहानगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढि क्षति
1728227712548-1728227801.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । गत...

हेटौंडा काठमाडौं छोटोदुरिको सडक नौ दिनपछि संचालनमा
FB_IMG_1728226042054-1728226172.jpg

हेटौंडाबाट काठाण्डौं जोड्ने तीन वटा छोटो दुरीको सडक नौ दिनपछी आजबाट सञ्चालनमा आएका छन् । प्रदेश राजधानी जोड्ने...

हेटौंडामा टिभिएसको ‘महा एक्सचेन्ज मेला’
1728142194910-1728142301.jpg

हेटौंडा १९ असोज/जगदम्बा मोटर्सले हेटौंडामा ‘महा एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । टीभीएस मोटर्सको...

स्वच्छन्द भैरव डोजोका १४ खेलाडि ब्ल्याक बेल्ट पाउन सफल
k1-1728134296.jpg

स्वछन्द भैरव सितेरियो कराते डोजो चित्लाङले १४ जना खेलाडिको ब्लाकबेल्ट टेष्ट गरेको छ। १९ असोजमा चित्लाङको...

दिव्यतारा बहुउद्देश्यीय पालुङ इकाईको साधारणसभा सम्पन्न
1728131514188-1728131535.jpg

हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको छैटौं...

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण
1728088372314-1728088403.jpg

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस...