pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपालको शानदार सुरुआत

icc-nepal-1698654100.jpg

कुशल भुर्तेलले विस्फोटक अर्धशतकीय पालिको सहयोगमा आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपालले शानदार सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपालले सिङ्गापुरलाई २१ बल बाँकी छँदै आठ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको सिङ्गापुरले नौ विकेटको क्षतिमा १४५ रन बनाएको छ । नेपालले १६.३ ओभरमा आठ विकेटको क्षतिमा १४७ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

भुर्तेलले ४८ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ७४ रन बनाउनुभयो । उहाँ अनन्थ वृफष्णको बलिङमा छक्का प्रहार गर्ने चक्कमा क्याच आउट हुनुभयो । भुर्तेलले आज आफ्नो सातौँ टी २० अर्धशतक पूरा गर्नुभएको हो । उहाँले २६ बलमै अर्धशतक छुनुभएको थियो ।

भुर्तेलले आसिफ सेखसँग मिलेर पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी गरेपछि नेपालको जित सहज बनेको थियो । अक्षय पुरीको बलिङमा आसिफ २७ रनमा आउट भएपछि सो साझेदारी भङ्ग भएको हो । कप्तान रोहित पौडेल २६ बलमा २७ र कुशल मल्ल छ रनमा अविजित रहनुभयो । मल्लले आफूले सामना गरेको पहिलो बलमा नै छक्का प्रहार गरी खेल समाप्त पार्नुभएको हो ।

यसअघि, सिङ्गापुरका लागि प्रारम्भिक ब्याट्सम्यान रोहन रङ्गराजनले ३० बलमा नौ चौका र एक छक्कासहित ४६ रनको विस्फोटक पालि खेलेपछि नेपालले ठुलै स्कोर पछ्याउनुपर्ने स्थिति बनेको थियो । तर लेग स्पिनर सन्दीप लामिछाने र अलरान्डर गुलसन झाले लगातार विकेट निकालेर सिङ्गापुरका मध्यक्रमलाई शान्त पार्नुभयो ।

सन्दीप ७.५ ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्किएको हो । यसअघि, सिङ्गापुरले पहिलो पावर प्लेमा एक विकेटका क्षतिमा ५१ रन बनाइसकेको थियो । त्यसपछि गुल्सन झाले आफ्नो पहिलो ओभरमा नै दुई विकेट निकालेपछि सिङ्गापुरले ५४ रन बन्दा चार विकेट गुमाएको थियो । तर पहिलो टी २० अन्तर्राष्ट्रिय खेल खेलिरहेका आर्यवीर चौधरीले २६ बलमा ३७ रन बनाएर सिङ्गापुरलाई प्रतिस्पर्धात्मक लक्ष्यसम्म पुर्‍याउनुभयो । उहाँको पालिमा पाँच चौका सामेल थियो ।

नेपालका लागि गुलसनले चार ओभरमा २१ रन, सन्दीपले ४ ओभरमा १८ रन र करण केसीले ४ ओभरमा ३६ रन खर्चेर समान दुई–दुई विकेट लिनुभयो ।  सुरुका दुई ओभरमा महँगो साबित भएका तेज बलर अविनाश बोहाेराले चार ओभरमा ४४ रन दिएर सर्वाधिक तीन विकेट हासिल गर्नुभयो ।

आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg