pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

अहिलेको मौसम र स्वास्थ्यमा ख्याल गर्नुपर्ने कुरा

hqdefault-1611210008.jpg

हिजोआज देशभर नै तापक्रम घटबढ भैरहेको छ । कहिले बिहान बेलुकी चिसो र दिउँसो गर्मी हुन्छ भने कहिले चाहिँ दिउँसो पनि चिसो हुन्छ । छिनछिनमा हुने तापक्रमको फरकले विभिन्न स्वास्थ्य समस्या हुन सक्छ । नेपालमा मात्र नभएर अरु देशहरुमा पनि यस्तो समस्या देखिने गरेको छ ।


उदाहरणको रुपमा साउदी अरेबियालाई लिन सकिन्छ ।  त्यहाँ  बाहिर एकदमै गर्मी हुन्छ । अनि कोठामा चिसो हुने भएकाले धेरैमा स्वास्थ्य समस्या देखिने गरेको छ । तापक्रममा फरक परेर एक्कासी चिसो हुँदा मुटु र दमका रोगीहरुमा धेरै समस्या पार्न सक्छ ।  

नेपालमा पनि कहिलेकाहीँ छिनमै एकदमै चिसो र छिनमै तातो हुन्छ । केही दिनअघि पनि यस्तै भएको थियो । जसले मुटु र दमका बिरामीलाई धेरै नै समस्यामा पार्यो । बिहान बेलुका चिसो र दिउँसो गर्मी हुँदा श्वासप्रश्वासमा समस्या हुन सक्छ । 

तापक्रममा हुने फरकले कोरोनाका बिरामीलाई पनि असर पार्छ । कोरोना भाइरस चिसोमा धेरै बेरसम्म बस्न सक्छ भनेर विभिन्न अध्ययनले देखाएका छन् । केही दिनअघि दिउँसोको समयमा २० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम पुगेको थियो भने बिहान ३ देखि ४ डिग्रीको हाराहारीमा थियो ।  चिसो समयमा कोरोना भाइरस सतहमा धेरै बेर बस्न सक्छ । त्यही भएर सङ्क्रमण बढ्ने सम्भावना हुन्छ । 

अहिलेको अवस्थामा हाम्रो कोरोनासँग लड्न सक्ने क्षमता १४ देखि १५ प्रतिशत देखिएको छ । फेरि भाइरसले रुप परिवर्तन गरेमा धेरैलाई सार्न सक्छ भनिएको छ । अहिले रुघाखोकीका बिरामी बढेका छन् । मौसममा हुने परिवर्तन र प्रदूषणका कारण रुघाखोकीका बिरामी बढेका हुन सक्छन् ।

परीक्षण नगरि रुघाखोकी मात्र हो वा कोरोना भएको भन्ने छुट्याउन गाह्रो हुन्छ । के भएको हो भन्ने जान्नका  लागि परीक्षण गर्नु पर्छ । डेङ्गी, रुघाखोकी र कोरोनाको लक्षण उस्तै हुन्छ । यीमध्ये जे भएको भए पनि शरीर दुख्ने, मांसपेशीमा असर पार्ने त हुन्छ नै ।

कोरोना हुँदा अलि धेरै ज्वरो आउँछ । तर कतिपयलाई लक्षण नदेखिने भएकाले कोरोना भएमा धेरै ज्वरो आउँछ नै भन्ने चाहिँ होइन । कतिपयमा कोरोना लागेको बेला  सुख्खा खोकी  लाग्ने गरेको पनि पाइएको छ । तर पनि हेरेर छुट्याउन भने सकिँदैन । परीक्षण गरेर मात्रै छुट्याउन सकिन्छ ।     

चिसो भएको बेला बालबालिकाहरुमा रोटा भाइरसका कारण डाइरिया हुने सम्भावना धेरै हुन्छ । कोरोना चाहिँ १५ वर्ष उमेरभन्दा कमका बालबालिकामा कम नै देखिएको छ । कोरोना भाइरसले ५५ वर्ष उमेर समूहभन्दा माथिकालाई बढी समस्या देखिन्छ । त्यस्तै  विभिन्न खालका दीर्घरोगी क्यान्सर भएका, मृगौलाको डायलाइसिस गराइरहेका र गर्भवतीहरु पनि जोखिम  समूहमा  नै पर्छन् । उमेर पुगेका तर अरु रोग नभएकाहरुमा पनि कोरोनाको जोखिम धेरै हुने गर्छ ।   

अब पनि बिहान बेलुका चिसो र दिउँसो गर्मी हुन सक्छ । अझ अहिले त मौसम बदली मात्र होइन प्रदूषण पनि बढेको छ । त्यस कारणले गर्दा मुख्य रुपमा खानपिनमा नै ध्यान दिनुपर्छ । चिसोबाट बच्ने उपायहरु अपनाउनुपर्छ ।  मास्क लगाउन छोड्नै  भएन । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्छ ।  

कोरोना सङ्क्रमितको संख्या कम हुँदै जानु खुशीको कुरा हो ।  कोरोना मात्र होइन अरु रोगका बिरामी पनि अहिले कम नै छन् । रुघाखोकीका बिरामी बढेका छन् । चिसो र प्रदूषणको कारणले गर्दा रुघाखोकीका बिरामी बढेका हुन सक्छन् । तर गएका वर्षहरुमा जस्तो धेरै निमोनियाका बिरामी अहिले देखिएका छैनन् । 

पछिल्लो समय मानिसहरुले सरसफाइमा ध्यान दिन थालेका छन् । स्वास्थ्य मापदण्डको पालना गर्न थालेका छन् भने उनीहरुमा चेतनाको स्तर पनि बढेको छ । त्यही कारणले गर्दा पनि अरु रोगका बिरामीहरु गएका वर्षको तुलनामा कम भएका हुन सक्छन् । तर सावधानी चाहिँ अपनाउनुपर्छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg