pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

अहिलेको मौसम र स्वास्थ्यमा ख्याल गर्नुपर्ने कुरा

hqdefault-1611210008.jpg

हिजोआज देशभर नै तापक्रम घटबढ भैरहेको छ । कहिले बिहान बेलुकी चिसो र दिउँसो गर्मी हुन्छ भने कहिले चाहिँ दिउँसो पनि चिसो हुन्छ । छिनछिनमा हुने तापक्रमको फरकले विभिन्न स्वास्थ्य समस्या हुन सक्छ । नेपालमा मात्र नभएर अरु देशहरुमा पनि यस्तो समस्या देखिने गरेको छ ।


उदाहरणको रुपमा साउदी अरेबियालाई लिन सकिन्छ ।  त्यहाँ  बाहिर एकदमै गर्मी हुन्छ । अनि कोठामा चिसो हुने भएकाले धेरैमा स्वास्थ्य समस्या देखिने गरेको छ । तापक्रममा फरक परेर एक्कासी चिसो हुँदा मुटु र दमका रोगीहरुमा धेरै समस्या पार्न सक्छ ।  

नेपालमा पनि कहिलेकाहीँ छिनमै एकदमै चिसो र छिनमै तातो हुन्छ । केही दिनअघि पनि यस्तै भएको थियो । जसले मुटु र दमका बिरामीलाई धेरै नै समस्यामा पार्यो । बिहान बेलुका चिसो र दिउँसो गर्मी हुँदा श्वासप्रश्वासमा समस्या हुन सक्छ । 

तापक्रममा हुने फरकले कोरोनाका बिरामीलाई पनि असर पार्छ । कोरोना भाइरस चिसोमा धेरै बेरसम्म बस्न सक्छ भनेर विभिन्न अध्ययनले देखाएका छन् । केही दिनअघि दिउँसोको समयमा २० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम पुगेको थियो भने बिहान ३ देखि ४ डिग्रीको हाराहारीमा थियो ।  चिसो समयमा कोरोना भाइरस सतहमा धेरै बेर बस्न सक्छ । त्यही भएर सङ्क्रमण बढ्ने सम्भावना हुन्छ । 

अहिलेको अवस्थामा हाम्रो कोरोनासँग लड्न सक्ने क्षमता १४ देखि १५ प्रतिशत देखिएको छ । फेरि भाइरसले रुप परिवर्तन गरेमा धेरैलाई सार्न सक्छ भनिएको छ । अहिले रुघाखोकीका बिरामी बढेका छन् । मौसममा हुने परिवर्तन र प्रदूषणका कारण रुघाखोकीका बिरामी बढेका हुन सक्छन् ।

परीक्षण नगरि रुघाखोकी मात्र हो वा कोरोना भएको भन्ने छुट्याउन गाह्रो हुन्छ । के भएको हो भन्ने जान्नका  लागि परीक्षण गर्नु पर्छ । डेङ्गी, रुघाखोकी र कोरोनाको लक्षण उस्तै हुन्छ । यीमध्ये जे भएको भए पनि शरीर दुख्ने, मांसपेशीमा असर पार्ने त हुन्छ नै ।

कोरोना हुँदा अलि धेरै ज्वरो आउँछ । तर कतिपयलाई लक्षण नदेखिने भएकाले कोरोना भएमा धेरै ज्वरो आउँछ नै भन्ने चाहिँ होइन । कतिपयमा कोरोना लागेको बेला  सुख्खा खोकी  लाग्ने गरेको पनि पाइएको छ । तर पनि हेरेर छुट्याउन भने सकिँदैन । परीक्षण गरेर मात्रै छुट्याउन सकिन्छ ।     

चिसो भएको बेला बालबालिकाहरुमा रोटा भाइरसका कारण डाइरिया हुने सम्भावना धेरै हुन्छ । कोरोना चाहिँ १५ वर्ष उमेरभन्दा कमका बालबालिकामा कम नै देखिएको छ । कोरोना भाइरसले ५५ वर्ष उमेर समूहभन्दा माथिकालाई बढी समस्या देखिन्छ । त्यस्तै  विभिन्न खालका दीर्घरोगी क्यान्सर भएका, मृगौलाको डायलाइसिस गराइरहेका र गर्भवतीहरु पनि जोखिम  समूहमा  नै पर्छन् । उमेर पुगेका तर अरु रोग नभएकाहरुमा पनि कोरोनाको जोखिम धेरै हुने गर्छ ।   

अब पनि बिहान बेलुका चिसो र दिउँसो गर्मी हुन सक्छ । अझ अहिले त मौसम बदली मात्र होइन प्रदूषण पनि बढेको छ । त्यस कारणले गर्दा मुख्य रुपमा खानपिनमा नै ध्यान दिनुपर्छ । चिसोबाट बच्ने उपायहरु अपनाउनुपर्छ ।  मास्क लगाउन छोड्नै  भएन । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्छ ।  

कोरोना सङ्क्रमितको संख्या कम हुँदै जानु खुशीको कुरा हो ।  कोरोना मात्र होइन अरु रोगका बिरामी पनि अहिले कम नै छन् । रुघाखोकीका बिरामी बढेका छन् । चिसो र प्रदूषणको कारणले गर्दा रुघाखोकीका बिरामी बढेका हुन सक्छन् । तर गएका वर्षहरुमा जस्तो धेरै निमोनियाका बिरामी अहिले देखिएका छैनन् । 

पछिल्लो समय मानिसहरुले सरसफाइमा ध्यान दिन थालेका छन् । स्वास्थ्य मापदण्डको पालना गर्न थालेका छन् भने उनीहरुमा चेतनाको स्तर पनि बढेको छ । त्यही कारणले गर्दा पनि अरु रोगका बिरामीहरु गएका वर्षको तुलनामा कम भएका हुन सक्छन् । तर सावधानी चाहिँ अपनाउनुपर्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...