pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

अन्तिम समयमा थापाको साथ छाडेका दुई नेता “लिङ्देन क्याम्प”मा सफल,

lingdel-1673711523.jpg

थाहानगर । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग अलग भएर २०६४ सालमा राप्रपा नेपाल स्थापना गर्दाको समयबाट कमल थापाको निकट रहेर काम गरेका दुईजना नेताहरु अन्तिम समयमा थापालाई छाडेर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ‘क्याम्प’मा आएसँगै संसदीय राजनीतिमा सफलता हाँसिल गरेका छन् ।  थापालेका राप्रपा नेपालको स्थापना गरेर २०७० को संविधानसभामा २५ सिट प्राप्त गर्दा समेत उनको सबैभन्दा निकट रहेका मकवानपुरका दिपकबहादुर सिंह र काठमाण्डौँका भुवन पाठकले अवसर पाएका थिएनन् । तर अवसर नपाएपनि पाठक र सिंहले थापाको हरेक कदममा साथ दिए ।
थापा पटक–पटक मन्त्री हुँदा पनि कुनै राजनीतिक नियुक्ती नलिएका पाठक र सिंहले २०७८ बाट भने थापा क्याम्प छाडे । अर्थात राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका थापाले पुनः राप्रपा नेपाललाई विउँझाए पनि उनकै प्यानलबाट महामन्त्री जितेका पाठक र सदस्य भएका सिंह भने मुल पार्टी अर्थात लिङेदेन नेतृत्वको राप्रपामानै रहे ।  यो पटक थापा छाडेका उनका निकट दुबै जना संसदीय राजनीतिमा प्रवेश गर्ने पहिलो अवसर प्राप्त गर्न सफल भएका छन् । संयोग के छ भने थापाको नेतृत्वमा रहेको समयमा दुबै नेता संसदीय राजनीतिमा सफल भएका थिएनन् तर लिङ्देन क्याम्पमा उनिहरुले सफलता प्राप्त गरे ।

पाठक सभामुख भए, सिंह मन्त्री या सचेतक बन्ने संभावना  थापा क्याम्प छाडेर लिङ्देनलाई साथ दिएका पाठक शुक्रबार बागमी प्रदेशको सभामुख निर्वाचित भएका छन् । संसदीय राजनीतिमा बागमती प्रदेशमा राप्रपाले पाएको सबैभन्दा उच्च तहको पद पाठकले प्राप्त गरे । अबको पाँच वर्ष बागमतीको सांसदको घरको चाबी पाठकको हातमा हुनेछ ।
थापाका अर्का निकट मकवानपुरका दिपकबहादुर सिंह पनि थापा छाडेपछि पहिलो पटक जननिर्वाचित प्रतिनिधि बने । मकवानपुर क्षेत्र नंबर १ बाट उनै थापा लाई पराजित गर्दै सांसद बनेका उनी केन्द्रीय मन्त्री या राप्रपाको प्रमुख सचेतक बन्ने संभावना रहेको बताईएको छ । थाहापाटी,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg