pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

खेल

अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा थाहानगरको पहिलो जित


हेटौंडामा संचालन भइरहेको अन्तरपालिका मकवानपुर जिल्ला स्तरिय फूटबल प्रतियोगितामा थाहा नगरपालिका फुटबल टिमले पहिलो जित हाँसिल गरेको छ। हेटौंडाको हुप्रा चौरमा सोमबार भएको प्रतियोगितामा थाहा नगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गरेको हो । 

मकवानपुर गढी विरुद्ध थाहानगरको तर्फबाट राजन गोलेले ह्याटि्रक गर्नुभएको थियो भने सन्देश बलले १ गोल गर्नुभएको  थाहा नगरपालिका सामिजिक बिकास शाखा प्रमुख अनिलन लामिछानेले बताउनुभयो ।

आजको प्रतियोगिताका म्यान अफ द म्याच थाहानगरका राजन गोले घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले ट्रफी हस्तान्तरण गरे । 

प्रतियोगिताको विजेता तथा उपविजेता टिमले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा विधागत अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ३/३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यहि मंसिर १८ गतेबाट संचालन भएको प्रतियोगितामा मकवानपुरका १० वटै पालिकाको फुटबल टिमको सहभागिता रहेको छ । नकआउट चरणका  आधारमा संचालन भएको प्रतियोगिता २५ मंसिरसम्म संचालन हुनेछ ।

प्रतियोगिता जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र जिल्ला खेलकुद बिकास समिति मकवानपुरको ब्यवस्थापनमा संचालन गरिएको हो ।

default.png
सराेज रायमाझी
rmjsaroj2018@gmail.com

सराेज थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9849475993

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg