Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा थाहानगरको पहिलो जित


हेटौंडामा संचालन भइरहेको अन्तरपालिका मकवानपुर जिल्ला स्तरिय फूटबल प्रतियोगितामा थाहा नगरपालिका फुटबल टिमले पहिलो जित हाँसिल गरेको छ। हेटौंडाको हुप्रा चौरमा सोमबार भएको प्रतियोगितामा थाहा नगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गरेको हो । 

मकवानपुर गढी विरुद्ध थाहानगरको तर्फबाट राजन गोलेले ह्याटि्रक गर्नुभएको थियो भने सन्देश बलले १ गोल गर्नुभएको  थाहा नगरपालिका सामिजिक बिकास शाखा प्रमुख अनिलन लामिछानेले बताउनुभयो ।

आजको प्रतियोगिताका म्यान अफ द म्याच थाहानगरका राजन गोले घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले ट्रफी हस्तान्तरण गरे । 

प्रतियोगिताको विजेता तथा उपविजेता टिमले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा विधागत अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ३/३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यहि मंसिर १८ गतेबाट संचालन भएको प्रतियोगितामा मकवानपुरका १० वटै पालिकाको फुटबल टिमको सहभागिता रहेको छ । नकआउट चरणका  आधारमा संचालन भएको प्रतियोगिता २५ मंसिरसम्म संचालन हुनेछ ।

प्रतियोगिता जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र जिल्ला खेलकुद बिकास समिति मकवानपुरको ब्यवस्थापनमा संचालन गरिएको हो ।

default.png
दिलिप कुमार श्रेष्ठ
dilipshrestha592@gmail.com

दिलिप कुमार श्रेष्ठ थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9843277126

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...