Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

“एकता नै बल हो, राष्ट्रिय एकताबाटै समृद्ध नेपाल सम्भव छ” : नारायणकाजी श्रेष्ठ

FB_IMG_1765803355657-1765803369.jpg

थाहा नगरपालिका, मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको बिस्तारित एकता भेला पालुङ जेसीजको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। भेलाका प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै राष्ट्रिय एकताको आधारमा मात्र देशलाई समृद्धि र समाजवादको दिशामा अघि बढाउन सकिने बताउनुभयो।
श्रेष्ठले पार्टी एकता कुनै पद, शक्ति वा तात्कालिक स्वार्थका लागि नभई देश र जनताको हित, राष्ट्रिय स्वाधीनता र समृद्धिको दीर्घकालीन लक्ष्यका लागि गरिएको स्पष्ट पार्नुभयो। जुन क्रान्तिकारी उद्देश्यका साथ पार्टी एकता गरिएको हो, त्यसलाई हरहालतमा पूरा गर्ने दृढ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताउँदै उहाँले त्यससम्बन्धी संकल्प प्रस्ताव पारित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि कुनै पनि प्रकारको खतरा उत्पन्न हुन नदिन सबैभन्दा पहिला राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो। राजनीतिक परिवर्तनका मुख्य चरणहरू सम्पन्न भए पनि शान्ति प्रक्रियाको अभिन्न अंगका रूपमा रहेको संक्रमणकालीन न्याय अझै टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगका कामहरू छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। द्वन्द्वपीडितलाई न्याय दिलाउँदै समग्र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु अहिलेको ऐतिहासिक जिम्मेवारी भएको उहाँको भनाइ थियो।
श्रेष्ठले हाल सम्पन्न पार्टी एकतालाई ऐतिहासिक उपलब्धि भए पनि अझै पूर्ण नभएको उल्लेख गर्नुभयो। समाजवादको दिशातर्फ इमान्दारितापूर्वक अघि बढ्न चाहने अन्य वामपन्थी शक्तिहरू सच्चिएर आए सबैलाई एउटै केन्द्रमा समेट्नुपर्नेमा जोड दिँदै, अहिलेको एकतालाई त्यसैको प्रारम्भिक बिन्दुका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
भेलामा नेकपाकी नेता मुनु सिग्देलले संविधान जोगाउन पार्टीले खेलेको भूमिकाको चर्चा गर्दै, जेनजी आन्दोलनपछि संविधान नै खारेज हुने अवस्थासम्म पुगेको बेला पार्टी नेतृत्वको पहलमा संविधान जोगिएको बताउनुभयो। उहाँले संविधान र लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्न पार्टीको योगदानलाई आम जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो।
त्यसैगरी नेकपाका नेता रामनारायण बिडारीले पञ्चायतकाल र बहुदलीय शासनकालमा आफू आक्रमणमा नपरेको तर गणतन्त्र स्थापनापछि आक्रमणमा परेको अनुभव सुनाउँदै सत्य र सहीको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेताहरूको कार्यशैलीमा आत्मसमीक्षा र सुधार आवश्यक रहेकोमा विशेष जोड दिनुभयो।
नेकपा थाहा नगरका संयोजक बिनोदकुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरू कुमारी मोक्तान, ललित घलान, विष्णु बिष्ट आदर्श, लवशेर बिष्ट, सानुकाजी गोपालीलगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png