pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

‘जनगणना-२०७८’ का केही फरक विशेषता

jangadana-1636593363.jpg

आज देखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा भोलिदेखि मंसिर ९ गतेसम्म मूल गणना हुन लागेको हो ।

घर तथा घरपरिवार सूचीकरणकै आधारमा जनगणना गरिने तथ्याङ्क विभागले जनाएको छ । यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ ।

राष्ट्रिय जनगणनाबाट कृषि क्षेत्रको विवरण, बैंकमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइ लगायतका विवरण पनि आउनेछ । यस वर्षको जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ।

यसअघि भदौ ३० गतेदेखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण भएको थियो । देश सङ्घीय संरचनामा गइसकेपछि हुन लागेको पहिलो जनगणना भएको हुनाले पनि यो विगतका जनगणनाभन्दा फरक छ ।

यस्ता छन् जनगणना २०७८ का विशेषता

शिक्षकको सट्टा विद्यार्थी

विगतका जनगणनामा शिक्षकलाई खटाउने गरिन्थ्यो । तर, यस पटक भने दश जोड दुईका विद्यार्थीलाई गणकका रुपमा खटाइएको छ ।

यस पटक शिक्षकलाई सुपरिवेक्षकको रुपमा खटाइएको छ । युवालाई अस्थायी रोजगार हुन्छ भनेर पनि विभागले यसपटक गणकका लागि युवा छनोट गरेको हो।

घरको विस्तृत विवरण

जनगणनामा यस पटक घरको विस्तृत विवरण सङ्कलन गरिनेछ । अर्थात अब घर कति तलाको, छाना कस्तो तथा कुन प्रयोजनको लागि हो त्यसको समेत विवरण सङ्कलन गरिनेछ ।

घरको जग के ले बनेको, घरको बाहिरी गारो कस्तो खालको हो, घरको भुइँ कस्तो खालको हो समेत जनगणनामा समावेश गरिएको छ ।

घर केवल बसोबासका लागि मात्र हो वा कुनै व्यापारिक प्रयोजनको लागि त्यसको विवरण समेत यस पटक उल्लेख गरिनेछ । सरकारी अनुदानमा निर्माण भएका घरको समेत विवरण सङ्कलन गरिँदैछ । त्यसका कारण भूकम्पपछि सरकारी अनुदान लिएर निर्माण भएका घरको समेत तथ्य विवरण प्राप्त हुनेछ ।

यसबाट भूकम्पपछि कति घर निर्माण हुनु पर्ने हो र त्यसमा कति घर निर्माण भए लगायतका विवरण आउनेछ ।

आर्थिक विवरण

यस पटक आर्थिक विवरण समेत आउने गरी प्रश्नावली तयार गरिएको छ । जसमा व्यक्तिहरुले बैंक खाता खोलेको वा नखोलेको तथा परिवारका सदस्यले बैंकबाट ऋण लिए नलिएको विवरण समेत आउने गरी प्रश्नावली तयार गरिएको छ ।

प्राविधिक शिक्षाको विवरण

यस पटकको जनगणनामा प्राविधिक शिक्षाको बारेमा समेत विवरण सङ्कलन गरिनेछ । कस्ता कस्ता प्राविधिक योग्यता तथा दक्षता भएका प्राविधिक जनशक्ति भन्ने कुराको जानकारी पनि यस पटकको जनगणनाले दिनेछ ।

यसबाट देशमा कस्ता किसिमका प्राविधिक जनशक्ति रहेछन् र उनीहरु के गर्दै रहेछन् भन्ने कुराको पनि तथ्याङ्क आउनेछ ।

जन्मदर्ताको यथार्थ विवरण

विगतका जनगणनामा जन्मदर्ताको विवरण सङ्कलन गर्ने गरिँदैनथ्यो । तर, यस पटक भने कति परिवारले कति बच्चाको जन्मदर्ता गरेका रहेछन् त्यसको समेत लगत सङ्कलन गरिनेछ । यसले गर्दा जन्म दर्ताको अवस्था कस्तो रहेछ बुझ्न समेत मद्दत गर्छ ।

साथै यसपटक अपाङ्गता सम्बन्धी विवरण पनि पूर्ण रुपमा आउनेछ । कस्तो किसिमको अपाङ्गता भएको हो, शारीरिक अपाङ्गता, बहिरोपन सुस्तश्रवण, पूर्ण दृष्टिविहीन, अनुवंशीय रक्तश्राव, अटिजम, बौद्धिक अपाङ्गता, मनोसामाजिक अपाङ्गता, बहुअपाङ्गता आदिका बारेमा पूर्ण जानकारी पनि यस पटक प्राप्त हुनेछ ।  

मृत्युदरका बारेमा जानकारी

परिवारमा कसैको मृत्यु भएमा उसको सम्पूर्ण विवरण पनि यसपटक सङ्कलन गरिने भएको छ । मृत्यु भएको व्यक्तिको लिङ्ग, उमेर, कारण समेत खुलाउनु पर्नेछ । त्यस्तै १५ देखि ४९ वर्षको महिलाको मृत्यु भएमा मृत्यु हुँदा कस्तो अवस्था थियो त्यो पनि खुलाउनु पर्नेछ ।

मृतक महिला, गर्भवती, प्रसूति, सुत्केरी आदि विवरण पनि खुलाउनु पर्नेछ । यदि सुत्केरी भए बच्चा जन्मेको कति हप्ता हो त्यसको विवरण पनि उल्लेख गर्नुपर्नेछ । मृत्युदरका साथै जन्मका बारेमा पनि यस पटकको जनगणनामा विवरण आउनेछ ।

कति जना जीवित बच्चालाई जन्म दिइन तथा जीवित जन्मेका मध्ये कतिको मृत्यु भयो भन्ने बारेमा पनि खुलाउनु पर्नेछ । यसबाट देशमा भएको मातृ मृत्युदरका बारेमा यथार्थ विवरण समेत आउनेछ ।

भाषागत विवरण

विगतका जनगणनामा व्यक्तिको मातृभाषा र चलनचल्तीको भाषाको विवरण मात्र समावेश गरिन्थ्यो।

यस पटक भने लोपोन्मुख मौलिक भाषालाई जोगाउने उद्देश्यले पनि पुर्खाले के भाषा बोल्थे भन्ने बारेमा समेत प्रश्न सोधिने छ । पुर्खाले बोल्ने गरेको भाषा, मातृ भाषा तथा दोस्रो भाषाको बारेमा पनि यस पटकको जनगणनामा प्रश्नावली समावेश गरिएको छ ।

जसबाट कुन कुन भाषा लोपोन्मुख छन् त्यसको विवरण प्राप्त भएपछि त्यसलाई संरक्षण तथा सम्वर्द्धन गर्न पनि मद्दत पुग्नेछ ।

विदेश गएका व्यक्तिको जानकारी

यस पटक विभागले विदेश गएका व्यक्तिको बारेमा पनि विवरण सङ्कलन गर्ने गरी प्रश्न तयार गरेको छ ।

परिवारबाट कोही विदेश गएका कारण अनुपस्थित हो भने त्यस व्यक्तिको नाम, थर, लिङ्ग, विदेश जाँदाको उमेर तथा के कारणले विदेश गएको हो त्यो पनि खुलाउनु पर्नेछ । साथै विदेश कहाँ गएको हो त्यो देशको नाम समेत जनगणनामा उल्लेख गर्नुपर्नेछ ।

वडा तहको जानकारी

यस पटक पहिलो पटक जनगणनामा वडाको सबै जानकारी समेत सङ्कलन गर्न लागिएको छ । यसअघिका जनगणनामा व्यक्तिगत विवरणहरु मात्र सङ्कलन गर्ने गरिन्थ्यो ।

यसपटक वडाको आर्थिक, सामाजिक, धार्मिक, पूर्वाधारका बारेमा समेत लगत सङ्कलन गरिनेछ । साथै त्यस क्षेत्रमा रहेका बाढी, पहिरो, नदी कटान, भूक्षय जस्ता प्राकृतिक प्रकोपको अवस्थाको बारेमा पनि जानकारी सङ्कलन गरिनेछ।

तुलनात्मक अध्ययन

यस पटकको जनगणनामा वडाबाट समेत घर परिवारको जाति, धर्म, लिङ्गबारे पनि तथ्याङ्क सङ्कलन गरिने छ । जसबाट जनगणनाका बेला परिवारले उपलब्ध गराएको विवरण र वडाले दिएको विवरणमा के कस्तो अन्तर छ, त्यसको तुलनात्मक अध्ययन गरी तथ्याङ्कलाई अझ विश्वस्त तथा भरपर्दो बनाउने विश्वास पनि विभागले लिएको छ ।

सबै परिवारलाई सबै प्रश्न

विगतका जनगणनामा एउटा प्रश्नावली सबै परिवारमा सोधिन्थ्यो भने अर्को प्रश्नावली भने छनोट भएका नमुना परिवारमा मात्र सोध्ने गरिन्थ्यो । तर, यसपटक भने सबै प्रश्न सबै परिवारलाई सोध्ने गरी ८० वटा प्रश्न तयार गरिएको छ ।

ग्याजेटको प्रयोग

विगतका जनगणनामा हातैले विवरण भर्ने गरिन्थ्यो भने यस पटक ट्याबलेटको प्रयोग गरिने भएको छ । तर, ट्याबलेटको प्रयोग भने सबै जिल्लामा नभएर काठमाण्डौमा मात्र गरिने विभागले जानकारी दिएको छ । सबै जिल्लाका लागि ५० हजार ट्याबलेट आवश्यक पर्ने भएकोले अहिलेलाई काठमाण्डौमा मात्र प्रयोग गर्न लागिएको हो ।

हरेक १०र१० वर्षमा जनगणना गर्ने गरिन्छ । यसअघि २०६८ सालमा जनगणना गरिएको थियो । नेपालमा पहिलो जनगणना राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा १९६८ सालमा थालनी भएको थियो । नेपालमा पहिलो आधुनिक जनगणना भने २००९ तथा २०११ सालमा सम्पन्न भएको थियो ।

यस पटकको जनगणनामा घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरिएको छ । जनगणनामा सामान्यतया ‘डिफ्याक्टो विधि’ तथा ‘डि जुरे विधि’ अपनाउने गरिन्छ ।

निश्चित अवधिमा गरिने गणनाको समयमा कुनै व्यक्तिलाई बसोबास गरेकै ठाउँबाट गणना गर्ने विधिलाई ‘डिफ्याक्टो विधि’ भनिन्छ भने बसोबासको कानुनी आधार जहाँ हुन्छ, उसलाई त्यहीँबाट गणना गर्ने विधिलाई ‘डि जुरे विधि’ भनिन्छ ।

नेपालमा भने जनगणनाका लागि सामान्यतया व्यक्तिको बसोबास गर्ने ठाउँका आधारमा गणना गर्ने प्रचलन रहेको ‘मोडिफाइड डि जुरे विधि’ अपनाउने गरिएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...