pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

१ हजार भिटिएम आएपछि थाहामा कोरोना परीक्षण सहज

6-1597736205.jpg

डोटेरा हिलिङ ह्याण्ड्स र डोटेरा को–इम्प्याक्टको सहयोगमा च्वाइस नेपालले एक हजार थान भिटिएम उपलब्ध गराए पछि अब थाहा नगरपालिकामा कोरोना परीक्षणको दायरा बढाउन सहज भएको छ । 

नगरमा हाल तीन सय थानमात्र भिटिएम बाँकी रहेको अवस्थामा च्वाइस नेपालमार्फत् प्राप्त सहयोगले थाहामा समुदाय स्तरमा पिसिआर परीक्षण गर्न सहज भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । 

नगरपालिकाले प्रत्येक वडामा ७० जनाको हाराहारीमा पिसिआर परीक्षण गर्ने निर्णय गरिसकेको छ । कोरोना संक्रमण भए नभएको बारे पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम प्रयोग हुन्छ । 

तस्वीर सौजन्य : च्वाइस नेपाल

च्वाइसले थाहा नगरपालिकालाई एक हजार थान भिटिएमसहित ५ हजार थान सर्जिकल मास्क, ३ सय एनके मास्क, ५० थान पिपिई सेट लगायत सामग्री उपलब्ध गराएको छ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुवोध चापागाईंले च्वाइस नेपालको कार्यालय बानेश्वर पुगेर सहयोग सामग्री बुझ्नु भएको हो । 

सामग्री हस्तान्तरण कार्यक्रमपछि थाहापाटीसित कुरा गर्दै डा. चापागाईंले थाहामा कोरोना रोकथाम र नियन्त्रण गर्न च्वाइस नेपालको सहयोगले निकै सहज भएको बताउनु भयो । 

तस्वीर सौजन्य : च्वाइस नेपाल

त्यसैगरी, च्वाइस नेपालका राष्ट्रिय कार्यकारी निर्देशक प्रतिक शर्माले कोरोना नियन्त्रणका लागि थाहा नगरपालिकालाई केही सहयोग गर्न सकेको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘थाहामा खानेपानीमा काम ग¥यौं, शिक्षामा काम ग¥यौं, अब कोरोना नियन्त्रणमा पनि केही गरौं भनेर सानो सहयोग गरेको हो, शुरुमा १ हजार थान भिटिएमको कुरा आएकोले त्यही अनुसार व्यवस्थापन गरियो, पछि थप आवश्यक प¥यो भने केही सोचौंला,’ उहाँले भन्नु भयो । च्वाइस नेपालले थाहानगरमा निर्माण हुन लागेको प्रस्तावित १५ सैया अस्पताललाई पनि सहयोग गरेको जानकारी दिनुभयो । 

अहिलेसम्म थाहा नगरपालिकामा गरिएको सहयोग सार्थक सावित भएको भन्दै डोटेराका नेपाल प्रतिनिधि राजेश अधिकारीले थाहा नगरपालिकाको कार्यशैलीको प्रशंसा गर्नुभयो । 

च्वाइस थाहा नगरपालिकाको नगरसभाबाट पुरस्कृत संस्था हो । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...