pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्द्रसरोवरमा वक्तृत्वकला 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा 'लैंगिक हिंसा न्यूनीकरणमा महिला समुहको भुमिका' विषयक वक्तृत्वकलामा प्रतियोगिता सम्पन्न भएको छ । "महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार" भन्ने मुल नारालाई आत्मसात गर्दै गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा यहि फाल्गुन २१ गते गाउँपालिकाको प्रांगणमा प्रतियोगिता भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न महिला सहकारीका महिलाहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा सक्रिय महिला साकोसका सञ्जुमाया लामा प्रथम, सृजना महिला साकोसका विमला शाही द्वितीय र श्रमजीवी महिला साकोसका रञ्जना तिमल्सिना तृतिय हुन सफल भएको निर्णायक मण्डलका ठुलीमैया बलामीले बताइन् ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: ७ हजार,५ हजार र ३ हजार नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको महिला तथा बालबालिका शाखाको प्रमुख कमला देवी शर्माले जानकारी दिए । प्रतियोगितामा महाचुनी मा.वि. का प्र.अ. शान्तलाल लामा, कालिकाका सहायक प्र.अ. ठुलीमैया बलामी र पञ्चकन्या मा. वि. का शिक्षक बिरोस माया थिङले निर्णायक मण्डलको भुमिका निर्वाह गरेका थिए । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, कार्यपालिका सदस्यहरु, कर्मचारी, विद्यालयका शिक्षक तथा महिला सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...