Sunday, 05 May, 2024
विचार / अन्तरवार्ता

शिक्षक आन्दोलन ,सहमति र पक्षीकरण बारे :सानोभाइ कार्की

sanobhai-11-1669284478-1698817817.jpg

सानोभाइ कार्की
शिक्षा बिकासको पूर्वाधारहरुको पनि पूर्वाधार हो । विकासका लागि पूर्वाधार आफैमा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरामा कसैको बिमत हुनै परेन ।अझै हरेक पक्षलाई शिक्षाले नै सकारात्मक प्रभाव पार्ने भएको हुदा यस्लाई पूर्वाधारको पनि पूर्वाधार भनिएको कुरा मननीय छ । यस सन्दर्भमा कोही कसैले वा केहीले पदवी पाउनु ठूलो कुरा होइन ।यस्को अर्थ शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार को उपाधी दिनुमात्र ठूलो पटक्कै होइन ।उपाधी अनुसार कति प्राथमिकता दिईन्छ वा प्रथमिकताको आधारमा गन्तब्य ( उपलब्धि )सहितको योजना निर्माण गरिएको छ वा छैन ? योजनामा छ भने कार्यान्वयनमा कत्तिको दिलचस्पी राखिएको छ ? योजना कार्यान्वयन पछिको प्राप्तिलाई सम्बन्धित पक्षले के कसरी गाम्भीर्यता लिएको छ ? यी  महत्वपूर्ण पक्षहरु हुन ।सबै कुरा गरिरहदा ध्यान केन्द्रित गर्नु पर्ने पक्षको सारमा सेवारतहरुको सुरक्षा ,मर्यादा ,सम्मान र आकर्षण एउटा सवाल हो ।जुन अधिकारसङ सम्बन्धित छ ।अर्को पक्ष हामी ती क्षेत्रहरुमा सुनिश्चित भैरहदा लगानीकर्ता राज्यले पाउने उपलब्धि नै हो ।जस्ले राज्यका सेवाग्राहीहरुले सेवाप्रदायीबाट पाउने सेवा ,सुबिधा ,सुनिश्चितताको सरलीकृत ,विधिवत माध्यमबाट प्राप्त गर्ने ग्यारेन्टी हो । जुन पेशाकर्मीहरुको कर्तब्य र सेवाग्राहीहरुको अधिकार हो ।यसरी विश्लेषण गर्दा के बुझिन्छ भने प्राप्तिको लागि लडाई लड्नु अधिकार हो ।प्राप्त अधिकारबाट कर्तब्य पूरा गर्नु अर्कोकोलागी अधिकार हुन जान्छ ।तेसैले भनिन्छ :-कर्तब्यबिनाको अधिकार फिका हुन्छ ।
    प्रसङ्ग शिक्षक आन्दोलनको रह्यो ।नेपालमा शिक्षा विकासको ईतिहास खासमा लामो छैन ।औपचारिक शिक्षाको कुरा गर्दा देवशम्सेरले चहाना राखेपनी सफलता प्राप्त गर्न सकेनन।२००७ सालको  ब्यबस्था परिवर्तन पछिमात्र औपचारिक शिक्षाको प्रारम्भ मान्न सकिन्छ ।यसो हुँदा पढ्नु आवश्यक ठानिएकोमात्र हो ।स्कुल खुल्दैछ ,केटाकेटी पढ्दैछन ।पढ्ने पढाउने सवालमा नीति विधि बन्ने बनाउने आयोगको निर्माण ,समितिको जिम्मेवारी आदि बारेमा बहस ,छलफल ,निर्माण ,संशोधन आदि पहल मानियो ।तत क्षणका समाजसेवी अगुवाहरुको कीर्ती ठानियो र पनि शिक्षा ऐन २०२८ ले एउटा गति लिएको मानियो ।यद्यपि शिक्षा बिकासको माध्यमबाट मुलुकको आवश्यकताको उद्देश्य किटान त गर्‍यो तर विद्यालय शिक्षाकर्मीहरुको बारेमा बोलेन ।कि त आवश्यक ठानेन वा शिक्षकहरुको मूल्य तोक्न सकेन ।शिक्षकहरुलाई रीशिमुनिको  दर्जामा मुल्यांकन गर्दा मूल्य तोक्न नसकेको पनि हुन सक्छ । शिक्षाको फैलावटसङै शिक्षाकर्मीहरुको पनि आवश्यकता बढ्दै गयो ।जीवनभरको लगानी शिक्षण पेशामा लगाएपछी पछिल्लो अशक्त अवस्थामा जीवन  सरलताको बारेमा पनि चिन्तनमनन शुरु भयो ।बिरामी हुदा औषधि उपचार,बालबालिकाहरुको भरणपोषण आदिइत्यादिमा देशभरका शिक्षकहरुको एकाकार हुँदै जादा २०३६ सालको आगमन भयो र आन्दोलनको माध्यमबाट नेपाल राष्ट्रिय शिक्षक संगठनको जन्म हुन पुग्यो ।जस्ले शिक्षकहरुलाई एकत्रित हुने सवालमा ,अब पेशाको सुरक्षा र निवृत जीवनमा पनि निवृतिभरणको माध्यमबाट सहज हुन पुग्यो ।शिक्षा सुधारको थुप्रै पक्षहरुमा शिक्षक संगठन एउटा शक्तिको रुपमा स्थापित हुन पुग्यो ।निरङ्कुश पन्चायत कालमा जन्मिएर निरङकुशता बिरुद्धको आन्दोलनमासमेत आफ्नो क्रियाशिलताका कारण जश बटुल्न सक्यो ।बिडम्बना जहाँ धान ,त्याहा पुतली भने झै पेशागत आन्दोलनमा जन्मेको ,हुर्केको र काम गरेको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन अब दलीय विचारमा बिभाजित भएको आरोप प्रत्यारोपमा मुछियो ।यद्यपि शिक्षकहरुको सहभागितामा समेत  बहुदलीय ब्यबस्थाको पूनर्स्थापना भयो ।प्रजातन्त्रको पुनर्स्थापनामा उनिहरुले पन्चायत कालमा उठाएका थुप्रै शिक्षा र शैक्षिक समस्याहरुको समाधानमा एकत्रित हुन पर्ने ततक्षणमा  वारि डाडामा स्याल करायो ,पारी डाडामा सिङारी बाख्रो हरायो भने झै शिक्षक संगठन आस्थाका आधारमा झुण्डमा बदलियो ।जस्ले शिक्षक एकता र उपलब्धिहरुमा गम्भीर क्षति पुग्यो ।२०४६ बाट शुरु भएको बिखण्डन मा थुप्रै संघ सङठन ,परिषद ,मंच तथा मोर्चाहरु बन्दै गए ।बिधानहरुको निर्माण ,नेतृत्वको चयन ,कार्यालयको स्थापना र उदघाटन ,भाषणभिषण ,तुलनात्मक रुपमा पुराना भन्दा नया शक्तिले शिक्षक कर्मचारीहरुको हित र कल्याण गर्ने ,शैक्षिक उन्नयनकालागि समर्पित हुने ,नयाँ शीराबाट देश बिकासमा योगदान पुराउने सबै सबैको आवाजले गुन्जमान बन्यो ।नेताहरुले अल्मल्याए शिक्षक कर्मचारीहरु अल्मलिए । रमाइलो कुरा त ठाउँ भएसम्म बाडिए ,टुक्रीए ।सारमा बर्गीय संघ सङठन त बन्यो तर पेशा मर्यादित बन्नुको साटो आलोचित बन्दै गयो । एकै स्वरमा जनमानसमा छाप पर्यो यी शिक्षकहरु  राजनीति दलका पक्षपोषण गर्ने कार्य  कर्ताहरु हुन ।जुन अमिट छाप बन्यो ।
     हरेक कालखण्डमा परिवर्तन  हुन्छ ।परिवर्तन समयको माग हो ।चेतनाको उपज हो ।तदनुरुप शिक्षक कर्मचारीहरु बिशुद्द विचार र आस्थाको आधारमा बिभाजित भएकोमा अब विचार मिल्नेहरुको बिच पहिचान गरि नजिकिनेक्रमको थालनी भयो ।फलत नेपाल शिक्षक युनियन ,शैक्षिक गणतान्त्रिक मन्च ,मधेशी शिक्षक फोरम आदिका नाममा मोर्चाहरु बन्न थाले ।२०६०/०६१ मा शुरु भएको यो अभियान --पेशागत उपलब्धिमा शक्ति बिभाजनबाट आएको गिरावट र अन्तर्राष्ट्रिय दवावको उपज नै थियो ।यसरी संगठित शिक्षकहरुका संस्थाहरुले पनि संतोषजनक परिणाम निकाल्न नसक्नु ,प्रायः सबै शिक्षक संस्थाहरुको निकट दलहरु सत्तामा पुग्नु र उपलब्धि भाषणमा मात्र सिमित रहनु,शिक्षा र शैक्षिक अभियानमा उल्लेखनिय सुधार नहुनु लगायतको कारण अब सबै एकैठाउमा जम्मा हुनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भयो ।शिक्षक नेताहरुले बिकसित चेतका आधारमा मनन गरे र २०७२ फागुन २८ मा बिधिवत रुपमा नेपाल शिक्षक युनियनको विस्तारित स्वरुपमा नेपाल शिक्षक महासङको घोषणा तात्कालीन शिक्षामन्त्री को प्रमुख आतिथ्यतामा घोषणा भयो ,काम शुरु  भयो ।
सबै कामको सफलताको लागि बैचारिक स्पष्टता जरुरी पर्दछ ।लक्ष प्राप्तिको स्पष्ट योजना हुनु पर्दछ ।ने शि महासङमा पनि यस्को प्रभावले काम गर्‍यो ।कारण सन्लग्नता वैचारिक दलदलबाट संगठित भएको ,सत्ता र शक्तिको निकटताको लोभ र दवाव ,सदस्यसंख्याको दम्भ आदि यस्का मुख्य र सहायक कारक तत्वहरु थिए र अझै रहेका छन ।
   यद्यपि शिक्षक र विध्यालय कर्मचारीहरुको हालको सामुहिक सौदाबाजी ( Collective bargening )को मुल माध्यम नेपाल शिक्षक महासङ नै रहेको वर्तमान क्षणमा नेपाल शिक्षक महासङसङ  खास गरेर यी दुई चुनौतीमा  गम्भीर हुनु पर्ने  अवस्था रहेको छ।
जस्मा -
१) शिक्षक कर्मचारीहरुको पेशाको सुरक्षा ,सम्मान ,आकर्षण र मर्यादा कायम गर्ने ।
२) शिक्षाको सुधारबाट मुलुक सम्वृद्दीको मार्ग  तय गर्ने  ।
  यो अत्यन्त सुवर्ण अवसर हो कि यी दुई महत्त्वपूर्ण  पक्षलाई सङसङै सामना गर्ने ।किनकी शिक्षा ऐन २०२८ लाई ५२ वर्ष पछि शिक्षा  ऐन २०८० निर्माण हुदैछ ।हामीले हिजोदेखी रटान गर्दै आएको कुरा   निरंकुश पन्चायती कालरात्रीमा निर्मित शिक्षा ऐन २०२८ ले परिवर्तित विश्वको अपेक्षा अनुरुपको मुलुक परिवर्तन गर्न सकेन । देशलाई सम्वृद्द बनाउने प्रकृतिको पाठ्यक्रम निर्माण भएन ।शिक्षालाई रोजगार र उत्पादनसँग एकीकृत गर्न सकिएन ।शिक्षा उद्देश्य मुलक भएन ।यिनै हुन  नसकेको पक्षहरुलाई सकारात्मक परिणाममा निकाल्ने र दूरदृष्टि सहितको शिक्षा ऐन र तदनुरुपको नियमावली निर्माण को अवसर भएको हुँदा यस्लाई अवसरको रुपमा लिन सक्नु नै प्रमुख विजय हुनेछ ।उक्त अवसरलाई पहिलो प्राथमिकता मुलुकको सम्वृद्दी ,बिकास र प्रगतिसङ जोड्नु पर्छ ।
  यसै सन्दर्भमा नेपाल शिक्षक महासङको आह्वानमा बृहत् आन्दोलन भयो । काठमाडौ केन्द्रित शिक्षक आन्दोलन वास्तवमा उपस्थितिलाई आधार मान्दा पहिलो र ठूलो आन्दोलन मान्न सकिन्छ ।यो आन्दोलनले उठाएको माग र मुद्दाहरुले उपर्युक्त दुई बुदाहरु मुलत शिक्षाको बिकास र शिक्षाकर्मीहरुको स्थायित्वको बारेमा केन्दृत  छ ।यद्यपि जनमानसमा केबल शिक्षक कर्मचारीहरुको सेवासुबिधामा  मात्र आधारित भएको आरोप छ । आरोपका बारेमा तर्कबितर्कमा समय खेर फाल्नु हुदैन
अब के गर्ने ?
   माथि नै व्यक्त गरियो कि शिक्षा बिकासको पूर्वाधारको पनि पूर्वाधार हो ।वर्तमान समय २०२८ को शिक्षा ऐन भनौ शिक्षाको बिकासबाट मुलुक बदल्ने दृष्टिकोणको सट्टामा ल्याउने शिक्षाको सम्विधान हो ।यसर्थ यो अत्यन्तै महत्त्वपूर्ण अवसर हो ।यो अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्नु वर्तमानको चुनौती हो ।यस  सन्दर्भ र आवश्यकतालाई आत्मसात गर्नु हामी सबैको पहिलो कर्तब्य हो । कर्तव्यलाई परिणाममा लान यी पक्षहरु मननीय छन ।
१) वर्तमान नेपालको सम्बिधानमा समाजवाद उन्मुख राष्ट्र निर्माणको प्रतिबद्धता व्यक्त गरिएको छ । सत्तासिनहरुमा ६८ प्रतिशत बिधायकहरु कम्युनिस्ट पृष्ठभूमिका रहेकाहरु छन । ठूलो दल प्राजातान्त्रीक समाजवादको पक्षपाती छन । यो सोच र लक्ष भएका नीतिनिर्माताहरुको बाहुल्यता रहेको अवसरमा समाजवाद उन्मुख गन्तव्य  सम्विधानले बोलेको अवसरमा  समाजवादको मुल आधार र सारलाई पक्ड्नु र तदनुरुपको समाज निर्माणको अवसर मानिन्छ ।समाजवाद त्यो हो जहाँ  अर्थतन्त्रको उच्च बिकास गरी वर्गीय बिभेदको दूरीलाई कम गर्दै लानु  हो ।परिणाममा रोग ,भोक ,शोक ( चिन्ता ) वा खाना ,नाना र छाना मा समरुपता मुल  परिणाम हो ।
     यदि यो समाजवादमा मुलुकलाई पुराउने साझा लक्ष हो ,मनैदेखी उठेको नारा हो भने सर्वप्रथम शिक्षालाई तदनुरुपको वातावरणमा लानु महत्त्वपूर्ण हुनेछ।यस्को अर्थ शिक्षालाई उत्पादनसँग जोड्नु पर्छ ।उत्पादनले रोजगार बढाउछ ।रोजगारले श्रमिकको आय आम्दानीमा वृद्धि गर्छ ,जस्ले उपभोक्ताहरुको क्रय शक्ति बढाउछ ।उत्पादनले राजस्व वृदी गर्छ ,जस्ले मुलुकको सम्वृद्दिमा टेवा पुराउछ ।देशको सम्वृद्दी र जनताको सक्षमतामा बढवा हुनु भनेको विकास हो ।
     तर बिडम्बना वर्तमान समयमा दैनिक ४००० भन्दा बढी युवाशक्त्ती रोजगारको लागि बहिर्गमन हुनु ,देशमा बिगतमा सन्चालित उध्योगधन्दाहरु बन्द हुनु ,अत्यावश्यक उपभोग्य वस्तुहरुको समेत आयात गरिनु पर्ने बाध्यता हुनु राष्ट्रले प्राथमिकतामा पारेको कृषिको आधुनिकीकरण ,जलविद्युतको उत्पादन र बिक्री वितरण  र पर्यटन क्षेत्रको बिकास र प्रवर्द्धनले पनि उचित र योजनावद्द आकार पाउन नसकेको लगायत्का  परिस्थितिलाई बदल्नु सानो चुनौती छैन । यद्यपि यो अवस्था नबदल्ने हो भने हाम्रो लक्ष बदल्नु पर्छ ,नारा बदल्नु पर्छ । लक्ष बदल्नु भनेको गन्तव्य नभएको यात्रा नै हो ।यसर्थ यो मर्मलाई आत्मसात गरि शिक्षाको विकासलाई अब बन्ने ऐन नियमले तात्विक निष्कर्षमा लान दिशा निर्देशको अति जरुरी छ । विध्यालय शिक्षक कर्मचारीहरुको स्थायित्व ,मर्यार्दा र सुरक्षालाई यकिन गरिसकेपछि त्यो उत्पादक श्रमिकलाई कर्तव्यमा स्वचालित हुने वातावरण निर्माण गरिनु पहिलो पक्ष हो ।अहिलेको संचालित मनस्थितिलाई स्वचालित बनाउन स्वयं शिक्षक र राजनैतिक दलहरुको पहिलो दायित्व छ ।जस्मा राजनैतिक दलले आफ्नो पछि लगाउनु र शिक्षक कर्मचारीले निजि स्वार्थकालागी पछि लाग्नु भन्दा राष्ट्र ,राष्ट्रियता ,राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताको लागि समर्पित हुने जिम्मेवारी तोकिनु र कार्यान्वयनमा समर्पण पहिलो शर्त हो । दोश्रो तदनुरुपको पाठ्यक्रम निर्माण गरिनु पर्छ जुन हामीसँग सहज उपलब्ध हुने जल ,जमिन ,जङ्गल ,जडिबुटी र जनशक्तिमा आधारित हुनु पर्दछ ।पाठ्यक्रम श्रमको सम्मान गर्ने ,दक्षता र सीपसङ जोडिएको हुनु पर्दछ र राज्यले उत्पादित जनशक्तिलाई राष्ट्रको मुल सम्पती मान्ने हुनु पर्दछ ।रेमिट्यान्सले देश चलाउने सोचलाई पूर्ण रुओअमा त्याग गरि आफ्नै उत्पादनमा गौरव गर्ने र स्व उत्पादनलाई उपभोगको अनिवार्यतामा लान सक्नु पर्छ ।यस्कालागी उच्च पदस्थ र नवधनाड्यहरुको तीव्र असहमति हुन सक्छ र तर्क आउनसक्छ कि वर्तमान विश्व भुमण्डलिकरणको युगमा यो जंगली तर्क बहुलट्ठिपन हो ।तर सोचाइ के हुनु जरुरी छ र अत्यावश्यक हो भनेमुलुक एशिया महादेश कै गरिब भएको नतीजा सार्वजनिक भैरहदा र गरिबिको चओएटामा चओएटिएकाहरुको संख्या दिनानुदिन वृद्धि भैरहदा ,रोजिरोटिकोलागी युवाशक्ति रित्तिरहदा सिमित धनाड्यहरुको भलाइको लागी भन्दा बहुजनको भलो नै जगतको भलो हो भन्ने मान्यतालाई स्थापित गर्न सक्नुपर्छ किनकी पहिलो शर्त मुलुकको सम्वृद्दी हो ।जनताको शान्ती र सुखीपना नै हो ।जुन कुरा भाषणले आउदैन  काम नै गरिनु पर्छ ।यस्को लागि सबैले परावल्म्विता,पराधिनता त्याग नगरी र स्वतन्त्रता र स्वावकम्वितामा गौरव नगरी धरै छैन ।सम्मान सबैलाई गरिनु पर्छ तर पहिलो देशकोलागी सोच्ने र गर्ने भएनौ भने यस्को कुनै अर्थ रहन्न ।
    अत शिक्षकको पहिलो चरणको आन्दोलन पेशाको सुरक्षा ,स्थायित्व ,मर्यादा र सम्मानसङ जोडिएको छ जस्को सहमति भैसकेको छ भने अब निरन्तर रुपमा नेपाल शिक्षक महासङले पक्षीकरणको आन्दोलन जारी राख्नु पर्छ जस्को लक्ष मुलुकको समृद्धिमा लानु नै हुनुपर्छ ।यो महासङको नारा पनि हो जहाँ अधिकार र कर्तब्यकोलागी शिक्षक एकता नै स्लोगान छ । यस्कोलागी सरकारले बिश्वास गर्नु ,कर्तव्यपरायण बनाउनु ,दलले स्वतन्त्रताको परिवेश निर्माण गर्नु ,शिक्षक संस्थामा आवद्ध सदस्यहरुले महासङले तय गरेको अधिकार र कर्तव्यको लागि हाम्रो एकता ,मुलुकको समृद्धि हाम्रो प्रतिबद्धतालाई आत्मसात गर्न सक्नुपर्छ ।मेरो कुरो समेटियो कि समेटिएन होइन अब नवसन्ततिको प्रवेशको लागि शिक्षक पेशा आकर्षक बन्यो कि बनेन चिन्ताको विषय बन्नु पर्छ ।यदि यसो हुन सके नेपाली शिक्षकहरुको आन्दोलन ,सरकारसँगको सहमति र सहमति पछिको पक्षीकरणले सार्थकता पाउछ ।अन्यथा एकपक्षको जितले केही हुदैन मुलुककै बिकासकोलागि जुटौ गरौ र परिणाममा पुराउ बिकसित देशबाट सिकौ आफ्नो देशको बिकास आफैले गर्ने हो अरुले त होस्टेमा हैसेमात्र न हो।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...