jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

वाईसिएल (युवक संघहरु)का कार्यहरु– भ्लादिमिर इल्यिच लेनिन

DISCIPLINE-MODERN-COMMUNI-1698464588.jpg

(२ अक्टोबर १९२० को रसियाली कम्युनिष्ट युवक संघको तेश्रो अखिल रसियाली महाधिवेशनमा दिइएको भाषण)– १४
(अधिवेशनमा तुमुल करतलध्वनिद्धारा लेनिनको स्वागत गरियो)

साथीहरु आज मेरो चर्चाको विषय हुनेछ कम्युनिष्ट युवक संघका मुख्य कार्यहरु के हुन् र समाजवादी गणतन्त्रमा युवक संगठन आमरुपमा कुन किसिमको हुनुपर्दछ ।
यस प्रश्नमा सविस्तार विचार गर्नु यस कारणले पनि जरुरी छ र निश्चित अर्थमा के पनि भन्न सकिन्छ भने साम्यवादी समाजको निर्माण गर्ने वास्तविक कार्य नवयुवकहरुले नै गर्नु पर्नेछ । किनभने पुँजिवादी समाजमा हुर्केका कार्यकताहरुको पुस्ताले गर्नसक्ने सबभन्दा ठूलो काम नै शोषणमा आधारित पुरानो पुँजीवादी व्यवस्थाको जग भत्काउनु हो भन्ने कुरा स्पष्ट छ । यस पुस्ताले ज्यादाभन्दा ज्यादा यस्तो सामाजिक व्यवस्थाको निर्माणको कार्य सम्पन्न गर्न सक्नेछ जस्ले सर्वहारा तथा श्रमिकवर्गहरुलाई सत्ता आफ्नो हातमा कायम राख्न र यस्तो जगत तयार पार्न मद्दत गर्नेछ जसमाथि निर्माणको काम केवल त्यस पुस्ताले मात्र गर्न सक्तछ जस्ले नयाँ अवस्थाहरुमा, त्यस्तो वाताबरणमा काम गर्न शुरु गरेको हुन्छ जुन बेला मानिसहरुको वीचमा शोषण सम्बन्ध समाप्त भैसकेको छ ।
यो केवल एक शब्द भन्ने कुरा त सपष्ट छ । यस शब्दबाट के सिक्ने र कसरी सिक्ने भन्ने मुख्य र ठोस प्रश्नको उत्तर पाउन सकिंदैन । तर यहाँ सारा कुरा के हो भने पुरानो पुँजिवादी समाजको पुनर्गठनको साथै साम्यवादी समाजको निर्माण गर्ने नयाँ पुस्ताहरुको पढाई, अनुशासन र शिक्षाको काम पुरानो ढर्रा अनुसार हुनसक्तैन । युवकहरुको पढाई, अनुशासन र शिक्षाको काम त्यसै सामग्रीको आधारमा सम्पन्न हुनुपर्दछ, जुन हामीले पुरानो समाजबाट उत्तराधिकारको रुपमा पाएका छौं । हामीले त्यस ज्ञानराशिद्धारा, संगठनहरु र संस्थाहरुको त्यस समुच्चयद्धारा, मानवीय बल र साधनहरुको त्यस भण्डारद्धारा मात्र साम्यवादको निर्माण गर्न सक्तछौं जुन हामीले पुरानो समाजबाट प्राप्त गरेका छौं । नवयुवकहरुको शिक्षा, संगठन र अनुशासनको काममा आमूल परिवर्तन ल्याएर मात्रै हामीले यस्तो कुरा प्राप्त गर्न सक्नेछौं जहाँ युवा पुस्ताका प्रयत्नहरुको फलस्वरुप यस्तो समाज निर्मित हुनेछ । जुन पुरानो समाजबाट भिन्न हुनेछ अर्थात त्यो साम्यवादी समाज हुनेछ । तसर्थ हामीले नवयुवकहरुलाई के सिकाउनुु पर्दछ र यदि वास्तवमा कम्युनिष्ट युवकको नाम सार्थक तुल्याउन चाहन्छन् भने उनीहरुले कुन प्रकारले सिक्नुपर्दछ तथा हामीले जुन काम शुरु गरेका छौं, त्यसलाई उनिहरुले पूरा गर्न र टुंग्याउन सकुन् भन्नाको लागि उनीहरुलाई कसरी प्रशिक्षित गर्नुपर्दछ भन्ने प्रश्नमा हामीले सबिस्तार विचार गर्नु जरुरी छ ।
म तपाईहरुलाई के भन्न चहान्छु भने युवक संघ र आमरुपमा ती सबै युवकहरु , जो साम्यवादतर्फ अग्रसर हुन चहान्छन्् , तिनले साम्यवादको शिक्षा हासिल गर्नु पर्दछ भन्ने नै यसको सर्बप्रथम र सबभन्दा ज्यादा स्वभाविक उत्तर प्रतित हुन्छ ।
परन्तु “साम्यवादको शिक्षा हासिल गर्नुपर्दछ” भन्नु ज्यादै नै आम उत्तर हो । साम्यवादको शिक्षा हासिल गर्नको लागि हामीले कुन कुराको आवश्यक्ता छ ? साम्यवादको ज्ञान प्राप्त गर्नको लागि हामीले सामान्य ज्ञानराशिबाट कुन कुन कुरा छानेर लिनुपर्दछ ? यहाँ हाम्रो सामुन्ने धेरै यस्ता खतराहरु हुन्छन् जुन त्यस बेला ज्यादा जसो देखा पर्दछन् जब साम्यवादको शिक्षा हासिल गर्ने काम गलत ढंगले पेश गरिन्छ अथवा ज्यादै नै एकलकाँटे रुपमा त्यसको व्याख्या गर्न थालिन्छ ।
संभवतः साम्यवादको शिक्षा हासिल गर्नु भनेको साम्यवादका पाठ्यपुस्तकहरु, पुस्तिकाहरु तथा कृतिहरुमा उल्लिखित सारा ज्ञानराशिलाई हृदयंगम गर्नु हो भन्ने कुरा नै सबभन्दा पहिले दिमागमा चढ्छ । तर साम्यवादको यस्तो परिभाषा ज्यादै भद्दा र अधुरो हुनेछ । यदि साम्यवादको अध्ययन साम्यवादसम्बन्धी कृतिहरु, किताबहरु र पुस्तिकाहरुमा लेखिएका कुराहरु कण्ठाग्र पार्नमा नै सीमित हुँदो हो त हामीले साम्यावादका घोकुवाहरु अथवा घमण्डीहरु सजिलैसित पाउन सक्ने थियौं । तर यसबाट हामीलाई अक्सर ठूलो क्षति र नोक्सान पुग्न जानेछ । किनभने यी मानिसहरु साम्यावाद सम्बन्धी पुस्तकहरु र पुस्तिकाहरुमा उल्लिखित कुराहरु घोकिरटिकन पनि त्यस ज्ञानको समुचित प्रयोग गर्न असमर्थ हुनेछन् र यसरी काम गर्न पनि सक्नेछैनन् जुन वास्तवमा नै साम्यवादको माग अनुसार हुनेछ ।
पुरानो पुँजिवादी समाजले हामीलाई छोडेर गएको एउटा सबभन्दा ठूलो अनिष्ट र दुर्भाग्य हो व्यवहारिक जीवन र पुस्तकको वीचको गहिरो खाडल । हामीसित यस्ता पुस्तकहरु थिए जसमा सारा कुरा ज्यादै दर्शनीय रुपमा उल्लिखित गरिएका हुन्थे, किन्तु अधिकांशतः ती किताबहरु धूर्ततापूर्ण र घृणास्पद असत्यहरुले भरिएका हुन्थे जस्ले पुँजिवादी समाजको गलत चित्रण गर्दथे ।
तसर्थ साम्यवादको बारेमा जे कुरा किताबहरुमा लेखिएका छन् त्यसलाई मात्र हृदयंगम गर्नु ज्यादै ठूलो गल्ति हुनेछ । हामी आफ्ना वक्तव्यहरु र लेखहरुमा अब केबल ती कुराहरु मात्रै दोहोर्याउँदैनौ । जुन साम्यवादको सम्बन्धमा पहिले भनिन्थ्यो, किनभने आज हाम्रा वक्तव्यहरु र लेखहरु दैनिक तथा सर्वतोमुखी कामहरुसित सम्बनिधत हुन्छन् । कामविना र संघर्ष बिना साम्यवादसम्बन्धी पुस्तिकाहरु र कृतिहरुबाट प्राप्त गरिने साम्यवादको किताबी ज्ञान बिलकुलै बेकम्मा हुन्छ, किनभने त्यसले सिद्धान्त र व्यवहारको बीचको पुरानो अन्तरलाई अर्थात त्यस पुरानो अन्तरलाई कायमै राख्नेछ जुन पुरानो पुँजीवादी समाजको सबभन्दा घृणित लक्षण थियो ।
हामीले केवल कम्युनिष्ट नाराहरुलाई हृदयंगम गर्न थाल्नु अझ बढी खतरनाक हुन जानेछ । हामीले यथासमयमा यस खतरालाई नबुझेको भए, त्यसलाई हटाउँनको निम्ति हामीले आफ्नो पूरा शक्ति नलगाएको भए यसरी साम्यवादको ज्ञान हासिल गरेपछि आफूलाई कम्युनिष्ट भन्ने पाँच वा दश लाख युवक युवतिहरुले साम्यवादको काममा ज्यादै नै नोक्सान पुर्याउन सक्ने थिए ।
अब हाम्रो सामुन्ने प्रश्न उठ्छ– साम्यवादको शिक्षा हाँसिल गर्न हामीले यी सारा कुराको तालमेल कसरी मिलाउनु पर्दछ ? पुरानो शिक्षा प्रणाली र पुरानो विज्ञानबाट हामीले कुन कुन कुरा ग्रहण गर्नुपर्दछ ? पुरानो शिक्षा प्रणालीले त्यसले सर्वतोमुखी शिक्षा प्राप्त मानिसको सृष्टि गर्न चहान्छ र सामान्य रुपले विभिन्न विज्ञानहरुको शिक्षा प्रदान गर्दछ भन्ने दावा गरेको थियो । यो पच्चीसै आना झूठो कुरा थियो भन्ने हामीलाई थाहा छ, किनभने त्यस बेला सारा समाज नै शोषकहरु र शोषितहरुको वर्ग विभाजनमा आधारित तथा निर्भर थियो । स्वाभातः पुरानो शिक्षा प्रणाली पूर्णतया वर्गभावनाद्धारा लिप्त र तसर्थ पूँजिजीविवर्गका केटाकेटीहरुलाई मात्र ज्ञान प्रदान गर्दथ्यो । त्यसको हरेक शब्द पूँजिजीविवर्गको हितानुकूल मोडिएको हुन्थ्यो । यस शिक्षा प्रणाली अन्तरगत मजदुरहरु तथा किसानहरुको युवा पुस्तालाई सुसंस्कृत बनाउनमा होइन कि पूँजिजीविवर्गकोे हितानुकूल उस्लाई तालिम गर्नमा बढी ध्यान दिइन्थ्यो । पुँजीजीविवर्गको निम्ति उपयोगी सेवक तैयार पार्ने किसिमबाट उस्लाई अनुशासित तुल्याईन्थ्यो जसले पूँजिजीविवर्गको शान्ति तथा आराममा कुनै बिघ्न बाधा नपुर्याइकन उसको निम्ति मुनाफा कमाउन मद्दत गर्न सक्थ्यो । यसैउसले, पुरानो शिक्षा प्रणालीलाई अस्वीकार गर्दैै हामीले त्यसबाट केवल ती कुराहरु मात्र ग्रहण गर्ने लक्ष्य राखेका छौं जुन वास्तविक साम्यवादी शिक्षा हासिल गर्नको निम्ति हामीलाई आवश्यक छ ।
अब म पुरानो शिक्षा प्रणालीमाथि थोपरिएका ती भत्र्सनाहरु दोषारोपणहरुको चर्चा गर्दछु जुन बराबर सुनिन्छन् र जसले प्रायशः बिलकुलै गलत निष्कर्षतर्फ डोर्याउँछन् । पुरानो शिक्षा प्रणाली लेखपढको शिक्षाप्रणाली थियो, रफत र सुगारटाईको शिक्षा प्रणाली थियो भन्ने मानिसहरुको भनाई छ । यो सही कुरा हो, तर पुरानो शिक्षा प्रणालीमा के खराबीहरु थिए र त्यसमा हाम्रो निम्ति उपयोगी कुराहरु के के छन् भन्ने छुट्याउन सक्नु पर्दछ, अनि पुरानो शिक्षा प्रणालीबाट यस्ता कुराहरु छानेर लिनुपर्दछ जुन साम्यवादको निमित्त आवश्यक छन् ।
पुरानो शिक्षा प्रणाली किताबी पढाईको शिक्षा प्रणाली थियो । त्यसले मानिसहरुलाई यस्ता थुप्रै अनावश्यक, अनुपयोगी र निर्जीव ज्ञान प्राप्त गर्न विवश तुल्याउँथ्यो, जो दिमागमा खाँदिएर रहेको हुन्थ्यो र जसले युवा पुस्तालाई एउटै साँचोमा ढालिएका कर्मचारीहरुमा परिणत गरिदिन्थ्यो । तर मानव–ज्ञानद्धारा सञ्चित निधिलाई हृदयंगम नगरीकन कम्युनिष्ट बन्न सकिन्छ भन्ने यसबाट निष्कर्ष निकाल्न खोज्नुभयो भने तपाईंले ठूलो भूल गर्नुहुनेछ । स्वयम् साम्यवाद जसको परिणाम हो सो समग्र ज्ञान आत्मसात नगरीकनै केवल कम्युनिष्ट नाराहरु र साम्यवादी विज्ञानका निष्कर्षहरु मात्र रट्नु पर्याप्त छ भन्ने सोच्नुपनि ठूलो गल्ती हुनेछ । मानव–ज्ञानको निधिबाट साम्यवादको प्रादुर्भाव कसरी भएको थियो भन्ने उदाहरण हो–माक्र्सवाद ।

………………………………………टिप्पणीहरु……………………..

१४. रसियाली कमयुनिष्ट युवक संघको तेश्रो अखिल रसियाली महाधिवेशन-

सन १९२० को २ देखी १० अक्टोबरसमम मास्कोमा भएको थियो । यस महाधिवेशनमा झण्डै ६०० प्रतिनिधिहरुले भाग लिएका थिए । यस महाधिवेशनको पहिलो बैठकमा जुन अक्टोबरको साँझ भएको थियो, भ्ला. इ. लेनिनले भाषण गर्नुभएको थियो ।
लेनिनको निर्देशानुसार महाधिवेशनले कार्यक्रमसम्बन्धी निम्न प्रस्थापनामा जोड दिएको थियो –“रसियाली कम्युनिष्ट युवक संघको प्रमुख लक्ष्य श्रमजीवि युवाहरुलाई साम्यवादी विचारधारा अनुसार प्रशिक्षित गर्दै जानु हो, यस प्रशिक्षणको सिलसिलामा प्रदान गरिने सैद्धान्तिक शिक्षा जनसाधारणको जीवन, कार्य, संघर्ष तथा सृजनात्मक प्रयासमा सक्रिय सहभभागितासंग घनिष्ठ रुपमा सम्बन्धित हुनेछ । युवाहरुलाई साम्यवादी प्रशिक्षण दिनु,उनीहरुलाई समाजवादी अर्थव्यवस्थाका उत्साही तथा कुशल निर्माताहरु, समाजवादी गणतन्त्रका संरक्षकहरु तथा नयाँ समाजका संगठकहरुको रुपमा तालीम गर्दै जानु नै समस्त क्षेत्रहरुमा रसियाली कम्युनिष्ट युवक संघका व्यवहारिक गतिविधिहरुको मुख्य कार्यभार हो ।”

१६. प्रोलेत्कुल्त–

संस्कृति र शिक्षाको विकाससम्बन्धी संस्थाको यो छोटकरी नाम हो । सेप्टेम्बर १९१७ मा एक स्वतन्त्र ऐच्छिक मजदुर संगठनको रुपमा यस संस्थाको प्रादुर्भाव भएको थियो । प्रोलेत्कुल्तले अक्टोबर समाजवादी क्रान्तिपछि पनि आफ्नो स्वाधिनता कायम राख्न खोज्यो र यसप्रकारले आफूलाई राज्यको विपक्षमा खडा गर्न खोज्यो । वास्तवमा चाँही प्रोलेत्कुल्तवादीहरु अतितको साँस्कृतिक देनको अस्वीकार गर्थे, साँस्कृतिक एवम् व्यापक क्षैक्षिक कार्यबाट आफूलाई अलग राख्न चहान्थे र जीवनबाट अलग्गिएर प्रयोगशाला तरिकाले कुनै विशेष सर्वहारा संस्कृतिको सिर्जना गर्न चहान्थे । प्रोलेत्कुल्तमा सबै एकै किसिमका सदस्यहरु थिएनन् । यस संस्थामा बुर्जुवा बुद्धिजीविहरुका साथसाथै, जसले प्रोलेत्कुल्तका थुप्रै निकायहरुमा आधिपत्य जमाएका थिए, श्रमिक युवाहरु पनि सम्मिलित थिए, जो सोभियत राष्ट्रको साँस्कृतिक उत्थानमा वास्तविक सहयोग पुर्याउन चाहान्थे । सन १९१९ मा प्रोलेत्कुल्त संस्थाहरु आफ्नो विकासको चरम सीमामा पुगे, सन १९२० को शुरुमा यिनीहरुको पतन शुरु हुन थाल्यो । सन १९३२ मा प्रोलेत्कुल्तले पूर्णतः आफ्नो अस्तित्व गुमायो ।

भ्ला.लेनिन संकलित रचना भाग ८ प्रगति प्रकाशन मास्को १९८३
कम्युनिष्ट अनलाइनको अक्टुबर क्रान्ति विशेषकालागि जय कार्कीद्धारा प्रस्तुत

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...