Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

वडाको समग्र विकासको लागि मेरो उम्मेद्वारी : रविन प्रधान

1731920234476-1731920302.jpg

मकवानपुर ०३, मंसिर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२  को वडाअध्यक्ष पदका उम्मेद्वार रबिकुमार प्रधान (रविन)ले आफ्नो उम्मेद्बारी वडाको समग्र विकासको लागि भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)को तर्फवाट वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले हेटौंडा १२ लाई उपमहानगर भित्रको अब्बल वडा बनाउने उद्घोष समेत गर्नुभयो ।

वडाअध्यक्ष पदमा उम्मेद्वारी दिएपछि संचारकर्मीसंग प्रतिक्रिया दिँदै वडाका नगरिक, राजनैतिक दलहरुसंगको सल्लाह र सहकार्यमा विकासका योजनाहरु संचालन गरिने उम्मेद्वार प्रधानले बताए ।
वडामा प्रमुख रुपमा स्वरोजगारमुलक शिक्षाको विकास गरेर युवाहरूलाई आत्मनिर्भर बनाउने आफ्नो मुख्य एजेन्डा रहेको उम्मेद्वार प्रधानले बताए ।
प्रधानले स्वास्थ्य र पूर्वाधारको विकासमा पनि आफ्नो ध्यान रहेको बताए ।

प्रधानले समग्र वडाको बिकासमा आफु हिजोको दिनमा पनि चिन्तित थिए, आज पनि छु र भोलिको दिनमा पनि हुनेछु भन्दै समग्र वडाबासीहरुमा आफुलाई मतदान गर्न अनुरोध समेत गरे ।

निर्वाचन आयोगले बिभिन्न कारण रिक्त हुन आएको स्थानीय तहको ४४ पदहरुमा उपनिर्वाचन हुन लागेको हो ।
गत स्थानीय तह निर्वाचनमा हेटौंडा १२ को वडाअध्यक्ष पदमा माओवादी केन्द्रबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाअध्यक्ष पद रिक्त थियो ।

वडाअध्यक्ष पदमा माओबादी केन्द्रका प्रधानसंगै नेकपा एमालेका राजेश नगरकोटी, नेपाली काँग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एकीकृत समाजवादीका बलराम बल ,राष्ट्रिय प्रजातन्त्र पार्टीका  प्रेमबहादुर ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीले आशाविर बल, नेपाल मजदुर किसान पार्टीबाट फुलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबाले उम्मेद्वारी दिएका छन् ।
यसैगरी छत्रप्रसाद अधिकारी, गिताकुमारी नेवार, कुमार पोखरेल, अर्जुन घलान र युनेश लामा स्याङ्तानले पनि वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।

हेटौंडा १२ मा  ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष, १ अन्य गरी ८ हजार ५३ जना मतदाता रहेका छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg