jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

लोकतन्त्र राजालाई बुझाउनेबाट लोकतन्त्रको रक्षा हुँदैनः पूर्व मन्त्री पाण्डे

नेकपा एमाले केन्द्रिय सदस्य तथा पूर्व स्थानिय बिकास मन्त्रि राजेन्द्र पाण्डेले लोकतन्त्र राजालाई बुझाउनेले लोकतन्त्रको रक्षा नगर्ने बताउनु भएको छ । हिजो थाहा नगरपालिका ७, आग्राको डाँडावासमा थाहा नगरपालिका वडा नम्वर ७ र ८ को संयुक्त चुनावि सभामा कार्यक्रमका प्रमुख अतिथि पाण्डेले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पछि जनताको हितमा काम गर्ने वामपन्थिहरुको सरकार बन्ने भएकोले नेपाली काँग्रेसले वामपन्थिले चलाएको सरकार टुलुटुलु हेरेर पश्चाताप गर्दै बस्नु पर्ने दिन आउने बताउनु भयो । पटक पटक पाएको बहुमतले देश वर्बाद गर्नेहरुले आत्तिएर मनलाग्दो बोल्दै हिँडेको बताउनु भएको छ । उहाँले भन्नु भयो– जनता सचेत छन्, कोही रोएर हिंडेर केही हुँदैन । नेपाल आमाले गरिब निमुखा जनताको पक्षमा काम गर्ने कम्युनिष्ट दुई ठूला पार्टि एउटै हुनु पर्ने आवश्यकता भएकोले अहिलेको चुनाबि तालमेल भएको भन्दै प्रमुख अतिथि पाण्डेले एउटै बिषय र मुद्घामा यो देश परिवर्तनका लागि पटक पटक लडेका दुई दल ११ बर्षको प्रयन्न पछि यो अबस्थासम्म आइपुगेको र अब एउटै पार्टि बन्नेमा विश्वस्त हुन आग्रह गर्नु भएको छ । यो तालमेल एकताको विन्दुमा पुग्नेछ कसैको रमाइलाका लागि नभइ राष्ट्रको लागि भएकोले संङका नगर्न अनुरोध गर्नु भयो । संविधान संस्थागत गर्नका लागि ३ तहको निर्वाचन अन्तर्गत जनताले आफैले कानुन बनाउने र आवश्यक निर्णय आफैले गर्ने जनतालाई सर्वाधिकार सहितको स्थानिय तहको निर्वाचन भैसकेको र अव बाँकी दुई निर्वाचन पछि देशमा वामपन्थिको स्पष्ट बहुमतिय सरकार बन्ने र देशमा विकासको लहर आउने बताउनु भयो । उहाँले स्थानिय तहको चुनावमा दुईदल छुट्टा–छुट्टै लड्दा पनि ६२ प्रतिसत जित हाँसिल गरेकोले जननताले कम्युनिष्ट मिलेर जानु पर्ने सन्देश दिएकोले वाम गठवन्धन भएको वताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथि एवम् मकवानपुर प्रतिनिधि सभा २ का उमेदवार विरोध खतिवडाले पवित्र गठबन्धन देखि डराएर भ्रष्ट र पञ्च मिलेर वनेको गठवन्धन अताल्लिन थालेको बताउनु भएको छ । चुनाव जित्ने जनताको मन छुने योजना नभएकोले चुनावको वेलामा डोजर र पैसा बोकेर गाउँ चाहर्दैमा लोकतान्त्रिक नहुने बताउनु भयो । जबसम्म गाउँ विकास हुँदैन तवसम्म देश बिकास नहुने भएकोले वामपन्थि सरकारले विकासनिर्माण देखि, जनताको आधारभुत आवस्यक्ता सबै सरकाले व्यहोर्ने खतिवडाले बताउनु भयो । कार्यक्रममा अतिथि मकवानपुर प्रतिनिधि सभा २ को ‘क’ की उमेद्वार कुमारी मोक्तानले वामपन्थि गठवन्धन एकसय रुपैंया बृद्घ भत्ता सुरु गरेको नेकपा एमालेको मनमोहन सरकार देखि माओवादी केन्द्रका प्रचण्ड सरकारको उज्यालो नेपालसम्मको यात्राबाटै प्रष्ट रुपमा जनताको पार्टी हो भन्ने प्रमाण रहेकोले वाम पन्थि गठवन्धनलाई जिताउन आवश्यक रहेको बताउनु भयो । उहाँले अव हरेक नागरीकले आफ्नै ठाउँवाट अधिकार प्राप्त गर्न सक्ने भएकोले सँदैव जनताको अधिकार र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नेकपा एमालेका नेता रामेश्वर रानाले हामीले गरेको विकास निर्माणमा चुनावको बेलामा आएर डोजर चलाउछु भन्दै हिँड्नेहरुको भ्रममा नपर्न अनुरोध गर्नुभयो । उहाँले भन्नु भयो– वाम गठवन्धनलाई सराप्दै हिंडिरहेका छन्, रुपचन्द्र बिष्ट जस्ता महान व्यक्तिले छाप्रे तथा गरिब जनताको चेतनाको दियो बालेको मकवानपुरमा झुटा कुरा गर्दै हिंड्ने नेपाली काँग्रेसको गठवन्धनलाई लाई कसैले नपत्याउने बताउनु भयो । कार्यक्रम अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष विजय गौतमले यो देशमा काँग्रेस र पञ्चहरु मिलेर आफ्नो पेट भर्ने मात्र काम गरे गरिव निमुखा जनतासँधै पछि पारिएको थियो र जनताको आन्दोलनको जोडमा आएको गणतन्त्र पछि जनताले पाएको अधिकारमा खुसि हुन नसकेर फेरी विभिन्न जालझेल गर्न लागि रहेकोले सचेत भएर वाम गठवन्धन जिताउन लाग्नु पर्ने बताउनु भयो । उहाँले काँग्रेसले नेपालमा अथाह विकासका सम्भावना हुँदा हुँदै पनि हरेक आवश्यकता विदेशीको भरमा पुरा गर्नु पर्र्ने अवस्थाको सिर्जना गरिरहेको बताउँदै अबको वामपन्थि स्थिर सरकारले आत्म निर्भर राष्ट्रको रुपमा नेपाल विश्वमा चिनीने बताउनु भयो ।

कार्यक्रममा हालै मात्र नेपाली काँग्रेस परित्याग गरि वाम गठवन्धनमा आउनु भएका पिताम्वर वास्तोलाले नेपाली काँग्रेस विपिको नाम बेचेर रुखमा भोट मागी रहेपनि अब यो काम नलाग्ने रुखमा परिणत भैसकेको र जनताको जहिले कुभलो मात्र गर्ने भएकोले लोकतान्त्रिक गठवन्धनमा लागि रहेकाहरुलाई वामपन्थि गठवन्धनमा आउन अनुरोध गर्नु भयो । वास्तोलाले तामाङ भाषमा गाएको गितले कार्यक्रममा आकर्षण थपेको थियो ।

थाहा नगरपालिकाका प्रमुख एवम् नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य लवसेर बिष्टले २००६ साल देखि निरन्तर देशको लागि क्रान्ति गर्दै आइरहेको कम्युनिष्ट पार्टि वेग्ला वेग्लै हिँड्दा अर्कोले शासन चलाउने भैरहेको हुँदा अब यो परिपाटिको अन्त हुने र देश समृद्घ बन्ने भएकोले वाम गठवन्धलाई जिताउनु पर्ने बताउनु भयो ।

थाहा नगरपालिका वडा नं। ७ का निर्वाचित सदस्य दिपेन्द्र कुमार थिङले संचालन गर्नुभएको कार्यक्रममा नेमराज थिङले स्वागत गर्नु भएको कार्यक्रममा वडा नंम्बर ८ का निर्वाचन परिचालन कमिटि अध्यक्ष डम्बर लामा, वडा नम्बर ८ का निर्वाचित वडा सदस्य सुमन कार्की लगायतले वामगठवन्धन जिताउनका लागि अनुरोध गरेका थिए । कार्यक्रममा निवर्तमान सभाषद् सुवाश ठकुरी, निर्वाचन परिचालन कमिटि प्रतिनिधिसभा क्षेत्र २ को ‘क’ का संयोजक बिष्णु विष्ट आदर्श, उप–संयोजक बिष्णु प्रसाद ढकाल, थाहानगरपालिका निर्वाचन परिचालन कमिटि अध्यक्ष अरुण रायमाझी लगायत दुबै पार्टिका जिल्ला स्तरिय नेताहरुको आतिथ्य रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...