Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

रुदानेको अभियान साकार पार्छुः रणसंग्राम विष्ट

मंसिर २१ गते हुन गईरहेको प्रदेश शभा निर्वाचनमा जनमुखी राजनितिको प्रतिनिधित्व गर्दै आम मतदाता माझ मत मागिरहेका रण संग्राम विष्ट २०२१ सालमा थाहा उर्भरभूमीमै जन्मनुभएको हो । २०३६ साल देखि विद्यार्थी आन्दोलनबाट राजनिती शुरु गर्नु भएको विष्ट ले आई.ए. सम्मको अध्ययन गर्नु भएको छ । खेलकुद क्षेत्रमा २० वर्षे नोकरी पूरा गरि २ वर्ष देखि जनमुखी राजनितिमा लागेको दावी गर्ने विष्ट जनमुखी अभियानलाई सार्थक बनाउन मत मागिरहेको पनि दावी गर्नु हुन्छ । मत माग्ने क्रममा मकवानपुर  प्रतिनिधि शभाकाे  उमेद्वार बन्नु भएका विष्ट सँग जनमुखी साप्ताहिक र थाहापाटी सँग भएको कुराकानी ।

  • तपाइँको उमेद्वारी किन ?

रुपचन्द्र विष्टले शुरु गरेको जनमुखी राजनितिलाई अभियानका रुपमा अगाडी लैजान मैले उमेद्वारी दिएको हुँ । रुदानेले एउटा अभियान शुरु गरे त्यो अभियान अलपत्र प¥यो उहाँले देखेको जनमुखी राजनितिक अभियान आज सबैको लागि आवश्यक छ र त्यो सफल बनाउनु छ । मेरो उमेद्वारी किन तपाई यसै बाट बुझ्नुस् ।

राष्ट्रघात–सन्धिखोर–भ्रष्ट–लुट–हामे–लिखे, सुत्केरीभत्ता–लेखासमिति –लुटेरा– जुवाड–बिखे,

रुपचन्द्र रुदाने  विरुद्ध झुटको सहाराले बिष बमन गरेको इतिहास सचेत जनताले 'थाहा' पाउनुपर्ने ,भ्रष्ट अपराधीलाई न्यायीक जनताले सजाय दिनैपर्ने, लुकेर,भागेर र जुधेर जनमुखी हुन छोडनै नहुने । हो कि होइन थाहा चाहियो रु महल पजेरो लुट हो –कानुन बनाउने चुनाबमा,बिकासे नारा झुट हो ।

  • जनमुखी अभियान चलाउन चुनावै लड्नु पर्छ र ?

निर्वाचन एउटा माध्ययम हो जँहा जनमत थाहा पाईन्छ । रुपचन्द्र विष्ट पनि जित्न कहिल्यै निर्वाचन लडेनन् । तर उनको पछाडी ठूलो जनमत थियो जुन आज पनि अभियानको रुपमा अगाडी बढीरहेको  छ । रुदानेको मृत्यु मात्रै होईन, ँथाहादर्शन र जनमुखी राजनीतिको अपराधीलाई सजाय दिने मौका न्यायीक जनताहरु माझ आएको  छ ।

  • तपाईको पनि चाहना त जनमुखीको नामबाट संसदनै   बन्ने त हो नी ?

निर्वाचनमा जिते पछि संसद बन्ने त पक्कै हो । तर संसद कस्तो बन्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । जनताको संसदले जनविरोधी काम गर्दैन जो हिजो जनविरोधी काम गरेर निर्वाचनका समयमा अहिले जनता झुक्याई रहेका छन् । म जनताको जनमत कदर गर्छु रुपचन्द्रको सपना साकार पार्छु । जनता झुक्याउने कुनै काण्ड मच्चाउदिन, जनता झुक्यादिन ।

  • कुनै दलले नपत्याएर जनमुखी बन्नु भएको त होईन ?

म रुप चन्द्र विष्टको परिवार भित्रको मान्छे रुदाने सँग जुन रगत थियो त्यही रगत बोकेर जन्मीएको म कुनै दल सँग लागेर जनता झुक्याउने राजनिति गर्न मलाई कहिल्यै मन लागेन । दल सँग लागेर रुदानेको अभियानलाई सार्थक बनाउन नसकिने देखेर म यो अभियान मार्फत जनता सम्म पुगेको हुँ ।

  • तपाईलाई जनताले मत किन दिने नि रु सरकारी जागिर पकाएर अहिले जनमुखीका कुरा गर्दा जनताले पत्याउलान ?

   जागिर जिवनको एउटा पाटो हो । जनमुखी राजनितिको उद्देश्य ईमान्दारिता हो जो मैले कहिल्यै गुमाईन । थाहा दर्शन देखाउन बुझाउन जागिरे जिवनमा पनि रुदानेको प्रचार प्रसारमा मैले गरेको मेहनत यो समाजले देखेको छ ।

  • रुपचन्द्र त पर्चा बेचेर खर्च बटुल्थे, तपाईको निर्वाचन प्रचार खर्चिलो छ खर्च कहाँबाट आयो नी ?

थाहा अभियन्ता र रुदानेका प्रशंसक जनता मेरा सहयात्री बनेका छन् । एउटा साथीले गाडी भाडामा खोजिदिए, प्रचार प्रसारमा साथीहरु उत्साह साथ लागेका छन् । कोण सभामा मेरा कुरा सुनेका छन् । जनतामा जनताको प्रतिनिधि बन्ने मान्छे आयो भनेर उत्साह जागेको छ । हामी जनताको राजनिति गर्ने मान्छे हामी जनताको घरमा जे पाक्छ तेहि खाएर राजनितिमा लागेको ।

  • कति खर्च गर्नु हुन्छ नि ?

म ७ देखी ८ लाख खर्च गरेर निर्वाचन सक्छु । यो  स्रोत सवै साथीहरुको सहयोग हो ।

  • प्रचार प्रशार गाडी लिएर हिड्नु भएको छ , माईक छ अरु र तपाईमा के फरक छ र ?

जनतालाई सवै कुरा बुझाउने हो । आफ्ना कुरा भन्ने हो त्यो गर्न हिड्नै प¥यो तर अरु भोज भतेर मा लाग्छन म जनताई कुरा सुनाउँछु ।

  • ठूला दल गठबन्धन बनाएर चुनावमा  लागेका छन् तपाईलाई कसले साथ देला ?

यो वाम गठबन्धन होईन हाम गठबन्धन हो । हिजो चिनेका उमेद्वारलाई कसले भोट दिन्छ र जनता हामी सग छन् । म जनताको मन जितेर मत माग्ने हो ।

  • अन्त्यमा मतदातालाई केहि भन्नु छ की ?

उमेद्वार चिनेर मत हाल्नुहोस् । रुदानेको सपना साकार बनाउन म आएको हुँ क्षेत्रमा रुदानेलाई माया गर्ने मतदाताले मलाई मत दिन्छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg