himalen-2083-1778725505.jpg
Tuesday, 26 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

राप्रपा मकवानपुरको क्षेत्रीय अधिवेशन थाहामा सम्पन्न

FB_IMG_1753538385608-1753538408.jpg

थाहा, मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको निर्वाचन क्षेत्र न २ र प्रदेश सभा २(क) को क्षेत्रीय अधिवेशन थाहाको शंकर होटलमा  सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता क्षेत्रीय अध्यक्ष राम बहादुर घलेले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात समितिका सभापति तथा राप्रपाका सांसद दीपक बहादुर सिंह हुनुहुन्थ्यो।

‎कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य राम बहादुर थोकर, रामहरी न्यौपाने, प्रदेश सचिव गुन्जन बहादुर न्यौपाने, प्रदेश सदस्य खुशी कार्की, जिल्ला कार्यवाहक अध्यक्ष सागर थापा, जिल्ला सदस्य दीपक थापा, तिर्थ मोक्तान, निर्वाचन समितिका संयोजक गोपी न्यौपाने, सह-संयोजक महेन्द्र इटनी, संघीय निर्वाचन क्षेत्र १(क) का अध्यक्ष सिताराम बर्तौला, २(ख) का अध्यक्ष नरहरी सुवेदी, हेटौंडा उपमहानगर अध्यक्ष अरुण लामा, थाहा नगर अध्यक्ष कुलमान तामाङ लगायतका भातृ संगठनका नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

‎प्रमुख अतिथि सिंहले २०४६ साल पछिका सबै काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले देशमा सुशासन र संविधान संशोधन गर्ने भन्दै एमाले–कांग्रेस मिलेको भए पनि प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन पछि भ्रष्टाचारको पहिरो झनै बढेको आरोप लगाउनुभयो। उहाँले अहिले त ‘भिजिट भिसा’ मा युवाहरू नै बेचिन थालेको अवस्थामा मुलुक गइरहेको दुखेसो पनि गर्नुभयो।

‎सिंहले राप्रपाले संसदीय छानबिनको माग गर्दै दुई महिना सदन अवरुद्ध गरिसकेको जनाउँदै अहिले अन्तर्राष्ट्रिय दबाबपछि मात्र संवादमा बस्ने संकेत देखिएको बताउनुभयो। देशको विकास र सुशासन राप्रपाले मात्र दिन सक्ने दाबी गर्दै, आफूले थाहा नगरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि निरन्तर संसदमा आवाज उठाइरहे पनि सरकारमा रहेका दलका सांसदहरूले सहयोग नगरेको गुनासो गर्नुभयो।

‎अधिवेशनले मकवानपुर क्षेत्र नं. २(क) मा नवीन रायमाझीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति र २ मा राम थोकरको अध्यक्षतामा अर्को १६ सदस्यीय कार्यसमिति चयन गरेको छ। बाँकी पदाधिकारीहरू अर्को बैठकमार्फत चयन गरिने जनाइएको छ।


FB_IMG_1753538382989-1753538408.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png