pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

राप्रपा मकवानपुरको क्षेत्रीय अधिवेशन थाहामा सम्पन्न

FB_IMG_1753538385608-1753538408.jpg

थाहा, मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको निर्वाचन क्षेत्र न २ र प्रदेश सभा २(क) को क्षेत्रीय अधिवेशन थाहाको शंकर होटलमा  सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता क्षेत्रीय अध्यक्ष राम बहादुर घलेले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात समितिका सभापति तथा राप्रपाका सांसद दीपक बहादुर सिंह हुनुहुन्थ्यो।
‎
‎कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य राम बहादुर थोकर, रामहरी न्यौपाने, प्रदेश सचिव गुन्जन बहादुर न्यौपाने, प्रदेश सदस्य खुशी कार्की, जिल्ला कार्यवाहक अध्यक्ष सागर थापा, जिल्ला सदस्य दीपक थापा, तिर्थ मोक्तान, निर्वाचन समितिका संयोजक गोपी न्यौपाने, सह-संयोजक महेन्द्र इटनी, संघीय निर्वाचन क्षेत्र १(क) का अध्यक्ष सिताराम बर्तौला, २(ख) का अध्यक्ष नरहरी सुवेदी, हेटौंडा उपमहानगर अध्यक्ष अरुण लामा, थाहा नगर अध्यक्ष कुलमान तामाङ लगायतका भातृ संगठनका नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
‎
‎प्रमुख अतिथि सिंहले २०४६ साल पछिका सबै काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले देशमा सुशासन र संविधान संशोधन गर्ने भन्दै एमाले–कांग्रेस मिलेको भए पनि प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन पछि भ्रष्टाचारको पहिरो झनै बढेको आरोप लगाउनुभयो। उहाँले अहिले त ‘भिजिट भिसा’ मा युवाहरू नै बेचिन थालेको अवस्थामा मुलुक गइरहेको दुखेसो पनि गर्नुभयो।
‎
‎सिंहले राप्रपाले संसदीय छानबिनको माग गर्दै दुई महिना सदन अवरुद्ध गरिसकेको जनाउँदै अहिले अन्तर्राष्ट्रिय दबाबपछि मात्र संवादमा बस्ने संकेत देखिएको बताउनुभयो। देशको विकास र सुशासन राप्रपाले मात्र दिन सक्ने दाबी गर्दै, आफूले थाहा नगरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि निरन्तर संसदमा आवाज उठाइरहे पनि सरकारमा रहेका दलका सांसदहरूले सहयोग नगरेको गुनासो गर्नुभयो।
‎
‎अधिवेशनले मकवानपुर क्षेत्र नं. २(क) मा नवीन रायमाझीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति र २ मा राम थोकरको अध्यक्षतामा अर्को १६ सदस्यीय कार्यसमिति चयन गरेको छ। बाँकी पदाधिकारीहरू अर्को बैठकमार्फत चयन गरिने जनाइएको छ।
‎
‎
‎

FB_IMG_1753538382989-1753538408.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg