jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

राजनैतिक नेतृत्वले गरेको निर्णय,प्रशासनिक नेतृत्वले रोक्ने गरेको छ:-प्रमुख सचेतक बर्तौला

FB_IMG_1736263135956-1736263150.jpg

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको आरोप लगाएका छन् । उद्योग संघ मकवानपुरको २३औँ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख सचेतक बर्तौलाले प्रशासनिक नेतृत्वको कारणले नागरिकलाई विकास निर्माण तथा सेवा प्रवाहमा समस्या भइरहेको दावी गरे ।

‘प्रशासनिक नेतृत्वको कारण डेलिभरिमा समस्या छ । राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको छ,’ उनले भने । मध्यवर्ती क्षेत्रको नाममा हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र निर्माणको काममा रोक्ने काम गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘९ वर्षदेखि मयुरधाप औधोगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । उद्योग मन्त्रालयले समस्या हटाउन फाइल उठाउने पेश गर्ने काम गर्‍यो तर वनको विभिन्न कारणले औद्योगिक क्षेत्रको काम हुन सकेको छैन,’ बर्तौलाले भने ।

उद्योग मैत्री वतावरण निर्माण राज्यले गर्नुपर्ने भन्दै उनले राजनीतिक अस्थिरताका कारण उद्योगमैत्री वातावरण निर्माण हुन नसकेको बताए । आर्थिक संकटका कारण हेटौंडा सिमेन्ट उद्योग कोमामा पुगेको उनको भनाइ छ ।

ुलगानीमैत्री वातावरण निर्माण गर्न राज्यले कच्चा पदार्थमा कम राजस्व लगाएको उल्लेख गर्दै राज्यले प्रशासनिक समस्या हल गर्दै उत्पादित वस्तुको बजार राज्यले गर्नु जरुरी रहेको उनको बताए । 

उद्योगहरुको समस्याका बारेमा नीति संवादका माध्यमबाट छलफल गरी बलियो अर्थतन्त्र, रोजगारी सृजना तथा आयात प्रतिस्थापनका लागि काम गर्नुपर्नेमा उनले जोड दिए ।
वर्तमान एमाले–कांग्रेस गठबन्धनको सरकारले केही गर्ने प्रयत्न गरिरहेको उनको दावी छ । अघिल्लो सरकारले बनाएको बजेटमा काम गर्नुपर्ने अवस्था रहेकाले केही असहज अवस्थाहरु आइपरेको उनले वताए । 

कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले राजस्व वृद्धिमा सरकारको ध्यान जाँदा आयात बढिरहेको र सरकार आयातमुखी बन्दा उद्योगमैत्री वातावरण बन्न नसकेको उनले बताए । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...