Monday, 13 May, 2024
राजनीति

माओवादी केन्द्र वडा नं.२ अधिवेसन सम्पन्न
दुई जना विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी प्रदान

नेकपा माओवादी केन्द्रको वडा नं. २ को अधिवेसन आज सम्पन्न भएको छ । थाहा नगरपालिका इन्चार्ज विष्णु विष्ट अादर्शकाे प्रमुख आतिथ्यता तथा थाहा नगर प्रमुख लवशेर विष्टको विशेष आतिथ्यतामा २ नं. वडा कार्यालयको सभाहलमा भएको अधिवेसनले शंकर लामाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ ।

कार्यक्रममका विशेष अतिथि, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज विष्णु विष्ट ‘आदर्श’ले नव गठित वडा कमिट कार्यकाल सफलताको शुभकामना दिंदै गणतन्त्र मन नपराउनेहरु माओवादी विरोधमा लागि परेकोले कार्यकर्ता लाई सजग हुन आग्रह गर्नु भएको थियो । उहाँले पार्टीको धारण राख्दै पार्टिले गरेको उपलव्धि जनतामाझ पु¥याउन सबै लाग्नु पर्ने बताउनु भयो ।

तेस्रो संविधान दिवसको शुभकामना दिदैं उन्नत समाज विकासको लागि भेदभाव र स्वार्थ रहित भएर लागे समाजमा परिवर्तन ल्याउन समय नलाग्ने कार्यक्रम विशेष अतिथि थाहा नगरपालिका प्रमुख लवशेर विष्टले बताउनु भयो । 

यसै गरि कार्यक्रमका अतिथि थाहा नगर कमिटि सचिव विनोद कुमार लामाले एकतामा शक्ति हुने भएकोले पार्टिका सम्पूर्ण सदस्यहरुको एकतामा जोड दिंदै, जनमुखि अभियानको आर्थिक अभियानमा साथ दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा नं. २ का सक्रिय सदस्य स्व.ध्रुव थापाको २ छोरालाई वडा कमिटीको तर्फबाट स्कुल ड्रेस र स्टेशनरी प्रदान गरेको छ । भेलाले १० जना नगर प्रतिनिधि र ५ जना पर्यवेक्षक चयन गरेको छ । 

२ नं. वडा कमिटी अध्यक्ष कविराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निवर्तमान वडा सचिव नवराज विष्टले गर्नुभएको थियो भने निवर्तमान कोषध्यक्ष शंकर लामाले स्वागत मन्तव्य राख्नु भएको थियो ।


world-link-1690434568.jpg
चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...