jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

भीमफेदीमा वडा-वडामै अपाङ्गता परिचय पत्र वितरण

भीमफेदी गाउँपालिकाका जनप्रतिनिधि र कर्ममचारीहरु वडा कार्यालयमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेका छन् । स्थानीय सरकार स्थापित भएसँगै अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी पाएकाले साविकको महिला तथा बालबालिका कार्यालयले वितरण गरेको अपाङ्गता परिचयपत्र कार्डलाई अद्यावधिक समेत गर्ने गरी गाउँपालिकाले वडा वडामा पुगेर नयाँ कार्ड वितरण गर्ने र परिचयपत्र पाइसकेका अपाङ्गता भएका व्यक्तिको अहिलेको अवस्थाका आधारमा परिचयपत्र अद्यावधिक गर्ने कार्य गरिएको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिनुभएको छ ।

निश्चित समयपछि अपाङ्गता भएका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउने या अवस्था थप जटिल बन्ने भएकोले पालिकाले अपाङ्गताको अवस्थालाई अद्यावधिक गर्ने र नयाँ परिचयपत्र वितरणको कार्य पनि गरिएको उपाध्यक्ष रानाले बताउनुभयो । कार्तिक ५ गते भीमफेदी गाउँपालिकाको वडा नम्बर ६ मा १६ जनालाई परिचयपत्र वितरण गरेको भीमफेदी गाउँपालिकाले कार्तिक १९ गते ९ नम्बर वडामा तीन जनालाई परिचयपत्र वितरण गरिएको छ । यस्तै सोमबार ४ नम्बर वडामा १३ जनालाई परिचयपत्र वितरण गरिएको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष रानाले बताउनुभएको छ ।

गाउँपालिकाले सबै वडामा परिचयपत्र अद्यावधिक तथा वितरण गर्ने कार्य गर्ने जनाएको छ । अपाङ्गता परिचयपत्र वितरण तथा अद्यावधिक गर्दा सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिले पनि राज्यले प्रदान गर्ने सुविधा प्राप्त गर्ने अवस्था रहनेछ । गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वको समितिले अपाङ्गताको अवस्थाका आधारमा परिचयपत्र वितरण गर्नेछ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...