himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

बाम एकता बारे के भन्छन थाहा नगरका बाम नेताहरु?

राष्ट्रिय राजनितिमा वाम एकताको बहस अगाडी बढे सँगै स्थानिय स्थरमा पनि यसको प्रभाव देखिन शुरु गरेको छ । केन्द्र र प्रदेशको निर्वाचनकालागि उमेद्वार चयनको प्रक्रियामा रहेका दलहरु लागि परिरहंदा यतीखेर पछिल्लो तालमेल र गठबन्धनको विषयलाई स्थानिय स्तरमा पनि चासोसाथ  हेरीएको छ । गएको स्थानिय निकायको निर्वाचनमा मेयर जितेको माओवादी केन्द्र, एमाले र नयाँ शक्तिका नेताहरुले पनि वाम तालमेलको विषय सकारात्मक कदमको रुपमा लिएका छन् ।

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि इन्चार्ज बिष्णु विष्ट आदर्शले सिङगो कम्युनिष्ट केन्द्र एक भई अगाडी नबढे नेपाली जनताले राजनैतिक स्थायीत्व महशुस गर्न नसक्ने भएकोले यो सकारात्मक कदम भएको वताउनु भयो । उहाँले चुनावी तालमेल यस अभियानको सुरुवात भएकोले मुख्य उद्देश्य एउटै रहेको कम्युनिष्ट घटक समेत एक भइ अगाडी वढ्दा राष्ट्र र नेपाली जनताको समृद्विका लागि यो अभियान एतिहाँसीक कोशे ढुङगा सावित हुने विश्वास व्यक्त गर्नु भयो । नेकपा माओवादी केन्द्र नगर कमिटि अध्यक्ष अरुण रायमाझीले कम्युनिष्टहरु विच भएको एकताको प्रयासले नेपालको राजनीतिले सकारात्मक कोल्टे फेर्ने भएकोले यस्लाई सफल वनाउन सक्रिय भइ लाग्ने र पार्टीको निर्देशन वमोजिम नगर पाटीलाई अगाडी वढाउने वताउनु भयो ।

राष्ट्रिय स्तरमा सहमतीलाई नेकपा एमाले थाहा नगर संयोजक बिष्णु प्रसाद ढकालले वाम शक्तिहरुले देश परिवर्तनका लागि धेरै राजनितक परिर्वन गरे अव गर्नु नपर्ने गरि देश समाजवाद तर्फ उन्मुख भैरहेको अवस्थामा देशको समृद्विको लागि वाम तालमेल देश र जनताले चाहे अनुसारको आवस्यक्ता पुरा भएको वताउनु भयो । सामाजिक, आर्थिक परिवर्तन जनताको जिवन जनताको स्तर उकास्नका लागि एमाले, माओवादी केन्द्र, नयां शक्ति लगायत वाम घटकहरुको एउटै लक्ष्य समाजवाद उन्मुख वनाउने जिम्मेवारी भएकोले अलग अलग भएर जाँदा प्राप्त गर्न कठिन भएको तथ्यलाई बुझि  हाल भएको वामतालमेल सही समयमा भएको वताउनु भयो । उहाँले राजनितिक उद्देश्य पद भन्दा जनता र जनचाहाना प्रधान हुने भएकाले अलग अलग बसेर पुरा गर्न नसकिने भएकाले हाल भएको एकतालाई सफल वनाउनु पर्नेमा जोड दिनु भयो । पुँजिवाद अंगालेको नेपाली काँग्रेसले वामसक्ति अलग अलग वनाएर कम्जोर वनाउने र फाईदा लिने अवस्थालाई चिर्न यो तालमेल अति आवस्यक रहेको वताउदै यो तालमेलले वाम सक्तिहरुले दुई तिहाई बहुमत ल्याउने आधारसिला तयार भएको र मुलुक समाजवाद तर्फ उन्मुख हुने दावी गर्नु भयो ।

जारी अभियानलाई नयां शक्ति पार्टीका संघिय परिषद सदस्य ज्योति रायमाझीले ठूलो हर्ष मान्नु पर्ने अवस्था नरहेको र विष्मात पनि नभएको वताउनु भयो । एकतानै भए राम्रो तर हार जितमा कुठारा घात भए के हुने भन्ने प्रश्न आम कार्यकर्ता माझ वाँकी रहेकोले कार्यकर्ता माझ दलहरुले प्रष्ट पार्नु पर्ने आवस्यक्ता औंल्याउनु भयो । नेपाली जनता संधै कम्युनिष्ट हुने , जनता एकता चाहाने तर नेता कम्युनिष्ट नहुने जस्तो खालको प्रवृत्तिले सतप्रतिशत विस्वास गर्न नसकिएको अवस्था रहेको वताउंदै २०४५ सालमै जनताले खोजेको सवै वाम, एक ठाम भन्ने चाहाना तत्कालीन समयमा वैदेशिक सक्ति लगायत नेताहरुको दम्भले पुरा हुन नसकेको भए पनि तर अहिले राजनितिक संक्रमणको समयमा आएर देश र जनताले चाहे अनुसारको ध्रुवीकरण भएकोमा भने सही हुने वताउनु भयो । 

रायमाझीले जनता अझै २० बर्ष कम्युनिष्ट रहने देखिएकाले एकतामा खुशि नहुने त कुरा भएन, तर जनता कार्यकर्ता भए पछि पद लगायतका कुराले विग्रने समस्या रहेकोले परिवर्तन, राहत र साथ खोज्नका लागि विभिन्न पार्टीमा विभाजन भएको तितो यर्थाथ भोगेका हाम्रा लागि अव त्यो परिवर्तन एकै ठाउंमा बस्दा देशको राजनैतिक संक्रमण समाधान हुनेमा विस्वत हुन सवै सँग आव्हान गर्नु भयो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg