pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

बाम एकता बारे के भन्छन थाहा नगरका बाम नेताहरु?

राष्ट्रिय राजनितिमा वाम एकताको बहस अगाडी बढे सँगै स्थानिय स्थरमा पनि यसको प्रभाव देखिन शुरु गरेको छ । केन्द्र र प्रदेशको निर्वाचनकालागि उमेद्वार चयनको प्रक्रियामा रहेका दलहरु लागि परिरहंदा यतीखेर पछिल्लो तालमेल र गठबन्धनको विषयलाई स्थानिय स्तरमा पनि चासोसाथ  हेरीएको छ । गएको स्थानिय निकायको निर्वाचनमा मेयर जितेको माओवादी केन्द्र, एमाले र नयाँ शक्तिका नेताहरुले पनि वाम तालमेलको विषय सकारात्मक कदमको रुपमा लिएका छन् ।

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि इन्चार्ज बिष्णु विष्ट आदर्शले सिङगो कम्युनिष्ट केन्द्र एक भई अगाडी नबढे नेपाली जनताले राजनैतिक स्थायीत्व महशुस गर्न नसक्ने भएकोले यो सकारात्मक कदम भएको वताउनु भयो । उहाँले चुनावी तालमेल यस अभियानको सुरुवात भएकोले मुख्य उद्देश्य एउटै रहेको कम्युनिष्ट घटक समेत एक भइ अगाडी वढ्दा राष्ट्र र नेपाली जनताको समृद्विका लागि यो अभियान एतिहाँसीक कोशे ढुङगा सावित हुने विश्वास व्यक्त गर्नु भयो । नेकपा माओवादी केन्द्र नगर कमिटि अध्यक्ष अरुण रायमाझीले कम्युनिष्टहरु विच भएको एकताको प्रयासले नेपालको राजनीतिले सकारात्मक कोल्टे फेर्ने भएकोले यस्लाई सफल वनाउन सक्रिय भइ लाग्ने र पार्टीको निर्देशन वमोजिम नगर पाटीलाई अगाडी वढाउने वताउनु भयो ।

राष्ट्रिय स्तरमा सहमतीलाई नेकपा एमाले थाहा नगर संयोजक बिष्णु प्रसाद ढकालले वाम शक्तिहरुले देश परिवर्तनका लागि धेरै राजनितक परिर्वन गरे अव गर्नु नपर्ने गरि देश समाजवाद तर्फ उन्मुख भैरहेको अवस्थामा देशको समृद्विको लागि वाम तालमेल देश र जनताले चाहे अनुसारको आवस्यक्ता पुरा भएको वताउनु भयो । सामाजिक, आर्थिक परिवर्तन जनताको जिवन जनताको स्तर उकास्नका लागि एमाले, माओवादी केन्द्र, नयां शक्ति लगायत वाम घटकहरुको एउटै लक्ष्य समाजवाद उन्मुख वनाउने जिम्मेवारी भएकोले अलग अलग भएर जाँदा प्राप्त गर्न कठिन भएको तथ्यलाई बुझि  हाल भएको वामतालमेल सही समयमा भएको वताउनु भयो । उहाँले राजनितिक उद्देश्य पद भन्दा जनता र जनचाहाना प्रधान हुने भएकाले अलग अलग बसेर पुरा गर्न नसकिने भएकाले हाल भएको एकतालाई सफल वनाउनु पर्नेमा जोड दिनु भयो । पुँजिवाद अंगालेको नेपाली काँग्रेसले वामसक्ति अलग अलग वनाएर कम्जोर वनाउने र फाईदा लिने अवस्थालाई चिर्न यो तालमेल अति आवस्यक रहेको वताउदै यो तालमेलले वाम सक्तिहरुले दुई तिहाई बहुमत ल्याउने आधारसिला तयार भएको र मुलुक समाजवाद तर्फ उन्मुख हुने दावी गर्नु भयो ।

जारी अभियानलाई नयां शक्ति पार्टीका संघिय परिषद सदस्य ज्योति रायमाझीले ठूलो हर्ष मान्नु पर्ने अवस्था नरहेको र विष्मात पनि नभएको वताउनु भयो । एकतानै भए राम्रो तर हार जितमा कुठारा घात भए के हुने भन्ने प्रश्न आम कार्यकर्ता माझ वाँकी रहेकोले कार्यकर्ता माझ दलहरुले प्रष्ट पार्नु पर्ने आवस्यक्ता औंल्याउनु भयो । नेपाली जनता संधै कम्युनिष्ट हुने , जनता एकता चाहाने तर नेता कम्युनिष्ट नहुने जस्तो खालको प्रवृत्तिले सतप्रतिशत विस्वास गर्न नसकिएको अवस्था रहेको वताउंदै २०४५ सालमै जनताले खोजेको सवै वाम, एक ठाम भन्ने चाहाना तत्कालीन समयमा वैदेशिक सक्ति लगायत नेताहरुको दम्भले पुरा हुन नसकेको भए पनि तर अहिले राजनितिक संक्रमणको समयमा आएर देश र जनताले चाहे अनुसारको ध्रुवीकरण भएकोमा भने सही हुने वताउनु भयो । 

रायमाझीले जनता अझै २० बर्ष कम्युनिष्ट रहने देखिएकाले एकतामा खुशि नहुने त कुरा भएन, तर जनता कार्यकर्ता भए पछि पद लगायतका कुराले विग्रने समस्या रहेकोले परिवर्तन, राहत र साथ खोज्नका लागि विभिन्न पार्टीमा विभाजन भएको तितो यर्थाथ भोगेका हाम्रा लागि अव त्यो परिवर्तन एकै ठाउंमा बस्दा देशको राजनैतिक संक्रमण समाधान हुनेमा विस्वत हुन सवै सँग आव्हान गर्नु भयो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg