Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

बागी उम्मेद्वारलाइ फकाउँदा नमाने कडा कारबाही

७ कात्तिक, काठमाडौं । प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् ।प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि असफल भए कारबाही गर्नेगरी मातहतका कमिटीलाई निर्देशनसमेत दिएका छन् ।

नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । एमालेले उम्मेदवारी फिर्ता लिन चेतावनी दिँदै फिर्ता नलिए आगामी दिनमा कुनै पनि जिम्मेवारी नदिने गरी कारबाहीको चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका बागी उम्मेदवारसहित उसका समर्थक र प्रस्तावसमेत पाँच वर्षका लागि निष्कासित हुने भएका छन् । ‘पार्टीबाट कसैले बागी उम्मेदवारी दिएमा उम्मेदवारसहित प्रस्तावक, समर्थक पाँच वर्षका लागि स्वतः निष्कासित हुनेछन्,’ कांग्रेस अनुशासन समिति संयोजक रमेश रिजालले भने, ‘त्यसका लागि तल्लो कमिटीले केन्द्रलाई जानकारी दिनुपर्नेछ, तर केन्द्रलाई थाहा भएको खण्डमा स्वतः निष्कासित गर्नेछ ।’

कांग्रेसले यसअघि नै बागी उम्मेदवार दिएमा सदस्यतासमेत खारेज हुनेगरी निर्णय गरेको थियो ।

नेकपा माओवादी केन्द्रले पनि वाम गठबन्धनविपरीत बागी उम्मेदवारी फिर्ता लिन आफ्ना नेता–कार्यकर्तासँग आग्रह गरेको छ । माओवादी केन्द्रले उम्मेदवारी फिर्ता नलिए कारबाहीको चेतावनीसमेत दिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png