pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

प्रलोपा मकवानपुरको अध्यक्षमा थाहाका ढकाल

InShot_20260117_170132920-1768648777.jpg

प्रगतिशील लोकतान्त्रिक पार्टी मकवानपुरले इञ्चार्ज र जिल्ला अध्यक्ष चयन गरेको छ । हेटौंडामा शुक्रबार केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्जएवम सदस्यहरूको उपस्थितिमा भएको बैठकले जिल्ला इञ्चार्ज, जिल्ला अध्यक्ष र उम्मेदवारको टुंगो लगाएको हो ।

प्रदेश कमिटीको पुस २० गतेको परिपत्र अनुसार जिल्लाको इन्चार्जको जिम्मेवारीमा राजेन्द्र सिम्खडा (दारिबा) र जिल्ला अध्यक्षमा ध्रुवराज ढकाललाई जिम्मेवारी प्रदान गरेको हो। बैठकले जिल्लामा संगठन सुदृढीकरणका लागि छिट्टै जिल्ला एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

फागुन २१ गते हुन लागेको संघीय निर्वाचन क्षेत्रका उम्मेदवारहरुको पनि सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा संघीय निर्वाचन क्षेत्र नं.१ को लागि तेजप्रसाद उप्रेती (रमेश) र तुफान बिक्रम क्षेत्री (दिपशक्ति) तथा निर्वाचन क्षेत्र नं.२ को लागि सन्तोष विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको निवाचन क्षेत्र इन्चार्जको जिम्मेवारी तोक्ने र आसन्न निवाँचनको लागि परिचालन कमिटी पनि छिट्टै निर्माण गर्नेलगायतका रणनीतिक निर्णयहरू पनि बैठकबाट पारित गरिएको छ।

बैठक पार्टीका केन्द्रीय सदस्य एवम स्कुलिङ विभाग प्रमुख सोनामसिं स्यान्ताङ (विजय) रहेको प्रमुख आतिथ्यतामा बसेको थियो । उनले पार्टीको आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएका यी निर्णयहरूले संगठनलाई एकताबद्ध र मजबुत बनाउने विश्वास व्यक्त गरे ।

जिल्ला इञ्चार्ज सिम्खडाको अध्यक्षतामा भएको बैठकमा विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य एवम बागमती प्रदेश सहइन्चार्ज अनिल शर्मा, केन्द्रीयय सदस्य एवम विशेष प्रदेश सहइन्चार्ज सन्तोष विष्ट,केन्द्रीय सदस्य एवम युवा विभाग इन्चार्ज प्रकाश पाण्डे (परलोक) केन्द्रीय सदस्य एवम मुस्लिम मोर्चा इन्चार्ज इजाहार आलाम, केन्द्रीय सदस्य बिष्णुहरि ढकाल,तुफान बिक्रम क्षेत्री,निर्बाचन क्षेत्र २ नम्बर इन्चार्ज तेजप्रसाद उप्रेती (रमेश)लगायतको उपस्तिथि रहेको थियो।

यस्तै बैठकमा बगमती प्रदेश कमिटी सदस्यहरु प्रकाश मैनाली,दुर्गा कुमारी रमौली मगर,निखिल उप्रेती,राम पुडासैनी,सन्दिप ढुङाना,गोपाल तामाङ,नरेश महर्जनलगायतको उपस्थि रहेको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg