Monday, 06 May, 2024
पर्यटन

प्रदेश भ्रमण बर्षको सुरुवात संगै थाहा पर्यटकीय फोटो प्रदर्शनी

FB_IMG_1704128865913-1704206360.jpg

बागमती प्रदेश भ्रमण वर्ष, २०२४ को शुभारम्भ गरिएकै साता हेटौंडामा थाहा फोटो प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियानको व्यवस्थापनमा हेटौंडामा पर्यटन प्रवद्र्धनका लागि यहि २० र २१ पुसमा फोटो प्रदर्शनी गरिन लागेको हो । प्रदर्शनी बुद्धचोकमा गरिने भएको छ ।

प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले जनवरी १ अर्थात १६ पुसमा पर्यटन वर्षको सुरुवात गरेका छन् । हेटौंडामा पत्रकार सम्मेलन गर्दै यो वर्ष धेरै भन्दा धेरै पर्यटक भित्रयाएर मुलुकमा समृद्धी ल्याउन टेवा पुर्याउने प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले बताए । साँस्कृतिक सम्पदाको विविधता, मनोरम प्राकृतिक परिदृश्य र ऐतिहासिक महत्व बोकेको बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्बर्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने र सो को माध्यमबाट बागमती प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउदै अर्थतन्त्रलाई समेत गतिशिल बनाउने उद्देश्यले पर्यटन वर्ष घोषणा गरिएको हो ।

अघिल्लो वर्षबाट थाहानगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनीका कार्यक्रम गर्दै आएको थाहाले यस वर्ष बागमती प्रदेशको राजधानी हेटौंडामा फोटो प्रदर्शन गर्न लागिएको व्यवस्थापक फरक सोच अभियानका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । थाहानगरमा पर्यटक भित्र्याउन पालिकाले शहरहरुमा प्रचारात्मक गतिविधि पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थाहा नगरपालिका पर्यटन शाखा प्रमुख सुरज कुमार भुजेलले जानकारी दिए । भुजेलले भने–‘कतिपय पर्यटकहरु घुम्ने ठाउँ खोजीमा हुन सक्छन् हामीसंग ठाउँ छ तसर्थ उनीहरुलाई आकर्षण गर्न फोटो प्रदर्शनी महत्वपूर्ण हुन सक्छन ।’

प्रदर्शनीमा थाहानगरका करिब पाँच दर्ज पर्यटकीय गन्तव्यहरुको फोटोहरु राखिने व्यवस्थापक संस्थाका संयोजक रायमाझीले जानकारी दिए । प्रदर्शनीमा राखिने फोटोहरु गणेश विष्ट, श्रीकृष्ण श्रेष्ठ, रामकुमार कार्कीलगायतले खिचेका छन् । थाहानगरको आयोजनामा यसअघि पनि काठमाण्डौं चितवनलगायतका स्थानहरु फोटो प्रदर्शनी गरिएको थियो ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...