Monday, 06 May, 2024
पर्यटन

पर्यटन प्रबर्द्धनका लागि हेटौंडामा थाहा फोटो प्रदर्शनी हुने

1703952272134-1703952357.jpg


हेटौंडा,१४ पौष/थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि हेटौडामा फोटो प्रदर्शनी हुने भएको छ ।

थाहा नगरपालिकाको आयोजनामा पौष २० र २१ गते हेटौंडाको बुद्धचोकमा फोटो प्रदर्शनी हुने थाहा नगरपालिकाले जनाएको छ ।

थाहा नगरका करिब एक दर्जन फोटोग्राफरहरुले खिचेका थाहा नगरको पर्यटन नगरको प्राकृतिक, धार्मिक स्थल, सभ्यता, सस्कृति र जीवनशैली समेटिएका करिब ६० ओटा फोटोहरुको प्रदर्शनी गरिने फरक सोचका संयोजक यादब जंग रायमाझीले बताउनुभयो ।


हेटौडा उपमहागरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा, मकवानपुर फोटो पत्रकार संघको सहकार्यमा फोटो प्रदर्शनीको ब्यवस्थापन फरक सोच र शिखर क्लबले गर्नेछन् ।


पर्यटनको प्रसस्तै सम्भाबना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले थाहा नगर लगायत आसपासको क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले बताउनुभयो ।


बागमति प्रदेशको राजधानी हेटौंडा र संघिय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजक रायमाझीले बताउनुभयो ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...